coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रतिनिधिसभाको बैठक स्थगित

प्रतिनिधिसभाको आज बस्ने गरी तय भएको बैठक स्थगित भएको छ। आज दिउँसो १ बजे बस्ने तय भएको बैठक पुस २२ गतेसम्मका लागि स्थगित भएको संसद् सचिवालयले जनाएको छ।

सङ्घीय संसद्का महासचिव भरतराज गौतमले जारी गरेको सूचनामा ‘विशेष कारणवश’ प्रतिनिधि सभाको बैठक स्थगित भएको उल्लेख छ। सूचनामा लेखिएअनुसार प्रतिनिधिसभा नियमावली २०७५ को नियम(६) को उपनियम (३) बमोजिम प्रतिनिधिसभाको अर्को बैठक पुस २२ गते दिउँसो १ बजे बस्ने गरी निर्धारण गरिएको छ। आजका लागि बोलाइएको कार्यव्यवस्था समितिको बैठक पनि स्थगित भएको जनाइएको छ।

सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले महाधिवेशन जारी रहेकाले बैठक स्थगित गरिदिन आग्रह गरेपछि बैठक स्थगित भएको बताइएको छ। सो पार्टीको आठौं राष्ट्रिय महाधिवेशन पुस ११ गतेदेखि काठमाडौंमा जारी छ।

प्रकाशित: १८ पुस २०७८ ०५:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App