९ आश्विन २०८१ बुधबार
image/svg+xml

कोभिड १९ः निको हुने बढे, संक्रमण घटेन

सदरमुकाम त्रियुगा नगरपालिकामा पछिल्लो समय नयाँ संक्रमित घट्दै गएको पाइएको छ भने बेलका, चौदण्डीगढी नगरपालिकाका पहाडी र गाउँबस्तीमा अहिले पनि संक्रमित भटाभट देखिने क्रम नरोकिएको स्वास्थ्यले जनाएको छ।

वीपीमा कालो ढुसी संक्रमित विरामीको जटिल शल्यक्रिया

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कालो ढुसी(ब्लाक फंगस) संक्रमित एक विरामीको जटिल शल्यक्रिया सफलतापूर्वक गरिएको छ ।

४ हजार ३ परीक्षण गर्दा १ हजार ९ सय संक्रमित

रोल्पामा पछिल्लो २४ घण्टामा १० जना कोरोना संक्रमित थपिएका छन्। यो संगै जिल्लामा सकृय संक्रमितको संख्या ३ सय ७४ पुगेको छ।

प्रदेश १ मा ३ सय ७१ संक्रमित थपिए

संक्रमितहरूमध्ये मोरङमा १ सय ५२, सुनसरीमा १ सय २, झापामा ७२, इलाममा ७, पाँचथर, तेर्हथुम र भोजपुरमा ५–५, संखुवासभामा ४, धनकुटामा २, ताप्लेजुङ र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका १५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

२७६८ नयाँ संक्रमित, थप ४४ को मृत्यु

मन्त्रालयले गएको २४ घन्टाको तथ्यांक अद्यावधिक गर्दै सो अवधिमा ४ हजार २४ जना संक्रमणमुक्त भएको र ४४ जनाको मृत्यु भएको जनाएको छ।

जुम्लामा कोरोना संक्रमितको मृत्यु

असार ३ गते अस्पताल भर्ना भएका उनको पहिलो दिन आइसोलेसन र दोस्रो दिन भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।

प्रदेश १ मा ३ सय ९३ संक्रमित थपिए

मोरङमा १ सय ४५, सुनसरीमा ९०, झापामा ६७, पाँचथरमा ३९, तेर्हथुममा १३, उदयपुरमा ९, इलाममा७, संखुवासभा र धनकुटामा ३–३, भोजपुरमा २, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ।

खोटाङमा सक्रिया संक्रमितभन्दा संक्रमण जित्नेको संख्या बढी

खोटाङमा कोभिड–१९ को सक्रिया संक्रमितको संख्यालाई संक्रमण जित्नेको संख्याले नाघेको छ । बुधबारसम्ममा सक्रिया संक्रमितको संख्या ६१० हुँदा संक्रमण जित्नेको संख्या ९०१ पुगेको स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ ।

गाउँका संक्रमितलाई महिला विकास मञ्चले दियो भाले

कोभिड–१९ बाट संक्रमित बिरामीको नजिक जो कोही जान हिच्किचाउँछन् । संक्रमितको नजिक जाँदा आफैलाई संक्रमण सर्ने त्रास छ । संक्रमितलाई नजिक गएर ‘बोलाउने, स्वास्थ्य अवस्थाबारे बुझ्ने र मनोवल उच्च बनाउन प्रोत्साहित गर्ने’ व्यक्ति विरलै छन् ।

प्रदेश १ मा १ हजार बढी संक्रमणमुक्त

प्रदेशमा आज ३ सय ९४ जना कोरोना संक्रमित थपिएका छन्। झापामा १ सय ४१, मोरङमा १ सय २५, सुनसरीमा ८३, उदयपुरमा १८, संखुवासभामा ६, धनकुटामा ५, ताप्लेजुङ, भोजपुर र इलाममा २–२, पाँचथर र तेह्रथुममा १–१ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

तथ्यांकमा जति घटेको छैन संक्रमण

एक सातायता संक्रमण दर दैनिक घटिरहेको देखिएको छ। तर कन्ट्याक्ट ट्रेसिङको अभावमा समुदायमा संक्रमणको अवस्था कस्तो छ, यकिन गर्ने अवस्था नभएकाले संक्रमण घटिहालेको भन्न नसकिने विज्ञले औंल्याएका छन्।

उदयपुरमा कोराेना घट्दैः २५ संक्रमित थपिदा १ सय ३७ जना निको

पछिल्लो समय उदयपुरमा कोभिड संक्रमित घट्दै गएका छन् भने निको हुने क्रम बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा २४ महिलासहित ४५ जना संक्रमित थपिदा निको हुनेको संख्या १ सय ३७ पुगेको छ ।

एभरेस्टबाट पाँच लाख

कोरोना संक्रमितको उपचारका लागि निर्माण गरिएको विराटनगरस्थित नागरिक केयर सेन्टरलाई एभरेस्ट बैंकले पाँच लाख रूपैयाँ सहयोग गरेको छ। शुक्रबार बैंकले नागरिक केयर सेन्टर विराटनगरका पदाधिकारीलाई उक्त रकमको चेक हस्तान्तरण गरेको हो।

संक्रमित हामी : ऊर्जा छोरी

अवश्य पनि हाम्रो तत्कालीन परिस्थितिमा यो सार्थक भएझैं लाग्छ। हामी चाल्र्स डार्विनको सिद्धान्त ‘जो जुध्न सक्छ, त्यही बाँच्छ‘ सार्थक पारिरहेका थियौं। हामी रोगसँग जुध्दै थियौं भने छोरी परिस्थितिसँग जुध्दै थिइन्।

'कोरोना भाइरसले मधुमेह निम्त्याउँछ'

दुई अध्ययनले मधुमेह हुनबाट बचाउने शरीरका कोषलाई कोरोना भाइरसले नष्ट गर्ने देखाएका छन्। कोरोना संक्रमण भइसकेपछि टाइप–१ मधुमेहमा शरीरले आवश्यक मात्रामा इन्सुलिनको उत्पादन गर्दैन भने टाइप–२ मा शरीरमा यथेष्ट इन्सुलिन भए पनि राम्रोसँग काम गर्न नसक्ने हुन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्