७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

भारतको हिमाञ्चल प्रदेशमा बाढी र पहिरोका कारण ६१ जनाको मृत्यु

भारतको उत्तरी पहाडी राज्य हिमाञ्चल प्रदेशमा भारी वर्षाका कारण आएको बाढी र पहिरोका कारण पछिल्लो दुई दिनमा मृत्यु हुनेको सङ्ख्या ६१ पुगेको छ।

सिक्रेदोभानको पहिरोमा अस्तायो पहरी परिवार

गत साउन २२ गते राती मकवानपुरको बागमती गाँउपालिका ५ सिझेदोभानमा गएको पहिरोमा परि सिन्धुलीको हरिहरपुरगढी गाँउपालिका स्थित ककरेका एकै परिवारको चार जना पहिरोमा परि बेपत्ता भएका थिए।

पहिरोका कारण देशभरका नौ राजमार्ग अवरोध

अविरल वर्षाका कारण पहिरो जाँदा देशभरका नौ स्थानमा सडक अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार अविरल वर्षाका कारण पहिरो जाँदा दार्चुला, सिन्धुपाल्चोक, मुगु, डडेल्धुरा, पाल्पा, रोल्पा र रूकुम (पूर्व) का विभिन्न नौ ठाउँमा सडक अवरुद्ध बनेका हुन्।

बाढीपहिरोले सास्ती

वर्षाका कारण मुलुकका विभिन्न भागको जनजीवन प्रभावित भएको छ। बाढी-पहिरोका कारण कतै डुबान त कतै सडक अवरुद्ध हुँदा जनजीवनमा प्रतिकूल असर परेको हो। बबईको बाढीले बगाएर तीनजना बेपत्ता भएका छन्।

दोलखामा निङ्ग्रो टिप्न गएका बाबुछोरा पहिरोमा बेपत्ता

आइतबार दिनभरको अविरल वर्षा पछि आएको पहिरोले बगाउदा जिल्लाको विगु गाउँपालिका ७ स्थित विगु गाउँमा निङ्ग्रो टिप्न गएका २ जना बेपत्ता भएका छन्।

वर्षाले कर्णालीका ठाउँ ठाउँमा पहिरो सडक अवरुद्ध

दुई दिनदेखि परेको वर्षाले कर्णालीका ठाउँ ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ। पहिरोले आइतबार बिहानदेखि कर्णाली राजमार्ग, सुर्खेत–दैलेख खण्ड, सुर्खेत–जाजरकोट खण्ड अवरुद्ध भएको हो।

तनहुँको आँबुखैरेनीमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरूद्ध

पहिरो खस्दा पृथ्वी राजमार्ग अवरूद्ध भएको छ। तनहुँको आँबुखैरेनीमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरूद्ध भएको हो।

अझै खुलेन कालीगण्डकी करिडोर

भारी वर्षासँगै झरेको पहिरोका कारण राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर पुनःअवरुद्ध भएको छ। आयोजानको बागलुङ–कुश्मीसेरा खण्डअन्तर्गत बागलुङ नगरपालिका–१० दब्ल्याङमा सडकमाथिबाट झरेको पहिरोले करिडोर अवरुद्ध बनाएको हो।

जङ्गलमा निगुरो टिप्न गएका तामाङकाे पहिरोमा पुरिएर मृत्यु

पहिरोमा पुरिएर भोजपुरमा एक जनाको ज्यान गएको छ। जङ्गलमा निगुरो टिप्न गएका भाेजपुर नगरपालिका–२ हेलौछाका स्थानीय ४७ वर्षीय पासाङ तामाङको पहिरोमा पुरिएर ज्यान गएको हो।

पहिरोमा पुरिएर बालकको मृत्यु

दोलखामा पहिरोमा पुरिएर एक बालकको मृत्यु भएको छ। बिगु गाउँपालिका-२ ओराङका १४ वर्षीय तिरिश तामाङको मृत्यु भएको हो।

मकवानपुर पहिरो: बेपत्ता दुईको शव भेटियो, तीन अझै बेपत्ता (अपडेट)

मकवानपुरको बागमती गाउँपालिका-५ सिक्रेदोभानमा पहिरामा परी बेपत्ता भएकामध्ये आज बिहान थप दुई जनाको शव फेला परेको छ।

भक्तपुरको हनुमन्ते आसपासबासीको चिन्ता : भोलिको सूर्योदय हेर्न पाउने हो कि होइन ?

प्रत्येक वर्ष बाढी पहिरोकै कारणले ज्यान गुमाउन बाध्य हुँदै आएका भक्तपुरबासीमा सोमबार राति देखिको निरन्तरको अविरल वर्षापछि त्रास छाएको छ।

मकवानपुर पहिरो: एकको मृत्यु, ५ बेपत्ता, एकको उद्धार (अपडेट)

मकवानपुरको बागमती गाउँपालिकामा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ। यस्तै एक जनाको उद्धार गरिएको छ भने ५ जना बेपत्ता भएका छन्। हराइरहेका मध्ये पासाङ घिसिङलाई जीवितै उद्धार गरिएको हो।

बाढी–पहिरोले देशभरका दर्जनौं सडक अवरुद्ध

गएराति देखि परेको अविरल वर्षा र त्यसपछि आएको बाढी–पहिरोका कारण देशैभर मुख्य राजमार्ग प्रभावित बनेका छन्।

गुइवनवासीलाई पहिरोले बनायो परदेशी

मतु धामीका ३ छोरा घर नफर्किएको वर्षौं भयो। उनीहरू भारतमा चौकीदारी गर्छन्। आमाबाहेक सपरिवार उतै बस्छन्। आमालाई चाडपर्वमा खानेकुरासहितको नासो र दाल–चामल, नुनतेन आदि किन्न बेलाबेलामा पैसा पठाउँछन्, तर आफू घर आउँदैनन्। छोराहरू घर नफर्कनुको एउटै कारण हो– गाउँमा बस्न योग्य ठाउँ अभाव र कमाइखाने जमिन अभाव।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्