३ असार २०८१ सोमबार
image/svg+xml
समाज

सिक्रेदोभानको पहिरोमा अस्तायो पहरी परिवार

भोलि आउछु भनेर ससुराली गएको छोराको परिवार सदाका लागि अस्तायो। सिन्धुलीको हरिहरपुरगढी गाँउपालिका १ ककरेको एक पहरी परिवारलाई पहिरोले बगाएसंगै उनीहरुको परिवार सधैका लागि अस्तायो।

गत साउन २२ गते राती मकवानपुरको बागमती गाँउपालिका ५ सिक्रेदोभानमा गएको पहिरोमा परि सिन्धुलीको हरिहरपुरगढी गाँउपालिका स्थित ककरेका एकै परिवारको चार जना पहिरोमा परि बेपत्ता भएका थिए। बेपत्ता मध्ये दुई जनाको शव फेला परेपनि अझै दुई जनाको शव फेला नपरेको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ। 

सिक्रेदोभानका अक्कलबहादुर स्याङतानको घर पहिरोले बगाँउदा नीजको श्रीमती शन्तमाया स्याङतानको घट्नास्थलमै मृत्यु भएको थियो भने अक्कल बहादुर सहित सोही घरमा बास बसेका सिन्धुलीको हरिहरपुरगढी गाँउपालिका वडा नम्बर १ ककरे भन्ने स्थानका २६ वर्षिय जिवन पहरी उनकी श्रीमती २३ वर्षिय शिला स्याङतान ३ वर्षिय छोरा देव पहरी र ७ महिनाकी छोरी दिब्या पहरी बेपत्ता भएका थिए। जसमध्ये शिला र देवको शब फेला परेपनि जिवन र दिब्याको शब अझै फेला नपरेको सिन्धुली जिल्लाका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताइन्। जिवनको परिवारनै ससुराली गएको थियो। भोलि फर्कन्छु भनेर गएको छोराको परिवारनै फर्किएन, जिवनका बाबु रामबहादुर पहरीले भने बुहारी र नातीको शव फेला परेपनि छोरा र नातीनीको शव अझै फेला परेको छैन।  

गरिबीको चपेटामा रहेका पहरी परिवार झन्डै सत्र वर्ष अगाडी मकवानपुरकै राईगाँउबाट सिन्धुली बसाई सरेका थिए। सिन्धुली बसाई सरेपनि हाल बसेको स्थान समेत आफ्नो नभएको र आफू सुकुम्बासीनै भएको रामबहादुरको भनाइ छ। ससुरालीतिरै केहि काम पनि गर्छु भनेर केहिदिन अगाडी गएको थियो, पहिरोमा परेको दिन भोली आउछु भनेर फोन गरेको भएपनि कहिल्यै नफर्कने गरि अस्ताएको उनको भनाइ छ। रामबहादुरका नौ सन्तान मध्ये काइला छोरा थिए जिवन। छोराको परिवारनै पहिरोमा परि बेपत्ता भएको खबर सुनेदेखि हालसम्म जिवनकी आमाले केहि खाएकी छैनन्। छोराको पिरले अगाडी छोराको फोटो राखेर बसेकी सिता पहरी छोराको परिवारनै सकिएपछि चिन्तित बनेकी छिन्।

मदनभण्डारी राजमार्गस्थित सिन्धुलीको हरिहरपुरगढी गाँउपालिकाको गुर्जी बाट झन्डै नौ किलोमिटर कच्चि सडक पार गरेपछि पुगिने पहरी परिवारको आर्थिक अवस्था निकै दयनिय रहेको स्थानीय बताउँछन्।  

प्रकाशित: २९ श्रावण २०८० १२:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App