१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

बाढीपहिरोले सास्ती

बबईमा तीन सम्पर्क विहीन, तीन सय घरमा क्षति

उदयपुरमा पहिरोले अवरुद्ध सडक खुलाउँदै स्थानीय। तस्बिर: नागरिक

वर्षाका कारण मुलुकका विभिन्न भागको जनजीवन प्रभावित भएको छ। बाढी-पहिरोका कारण कतै डुबान त कतै सडक अवरुद्ध हुँदा जनजीवनमा प्रतिकूल असर परेको हो। बबईको बाढीले बगाएर तीनजना बेपत्ता भएका छन्।

बर्दियास्थित संवाददाता निर्मल घिमिरेका अनुसार बबई नदीको बाढीले बगाएर ल्याएका दाउरा बटुल्ने क्रममा आइतबार तीनजना बेपत्ता भएका छन्। दाउरा बटुल्ने क्रममा बाढीले बगाएर गुलरिया-८ का अक्षयकुमार चौधरी, भैसाहीका बालकृष्ण थारु र पण्डितपुर बैरियाका महेश चौधरी बेपत्ता भएका हुन्। उनीहरूको खोजी भइरहेको डिएसपी हिक्मतबहादुर बोहराले बताए।

यसैगरी बबईको बाढीले तीन सय घरमा क्षति पुर्‍याएको छ। बारबर्दियाका ७, ८ र ९ वडाका सय घरमा क्षति पुगेको हो। बारबर्दियाको रम्भापुरमा आइतबार दुई सय २६ मिलिलिटर पानी परेको रेर्कड भएको छ। २ सय मिलिमिटरभन्दा बढी वर्षा भएमा अति भारी वर्षा भनिन्छ। त्यसैगरी बाँसगढी नगरपालिकाका २ सय घरमा बाढीले क्षति पुर्‍याएको प्रहरीले जनाएको छ।

बर्दियास्थित संवाददाता निर्मल घिमिरेका अनुसार बबई नदीको बाढीले बगाएर ल्याएका दाउरा बटुल्ने क्रममा आइतबार तीनजना बेपत्ता भएका छन्।

बबई नदीमा पानीको बहाव बढ्दो क्रममा रहेकाले जोखिम बढेको छ। भारी वर्षाका कारण बर्दियाका तीन पालिका गुलरिया, मधुवन, ठाकुरबाबाका अधिकांश क्षेत्र जलमग्न छन्। यी पालिकामा दुई सय घर डुबानमा परेको प्रारम्भिक तथ्यांक छ। डुबान र बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि प्रहरी परिचालन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्यालले बताए। ‘उद्धार कार्य जारी राखेका छौं’, उनले भने।

बाढीको जोखिमबाट जोगिन बबईको तटीय क्षेत्रका बासिन्दालाई उच्च सर्तकता अपनाउन प्रशासनले आग्रह गरेको छ।

बबई नदीमा पानीको बहाव बढ्दो क्रममा रहेकाले जोखिम बढेको छ। भारी वर्षाका कारण बर्दियाका तीन पालिका गुलरिया, मधुवन, ठाकुरबाबाका अधिकांश क्षेत्र जलमग्न छन्।

२०७१ सालमा बबई नदीमा आएको बाढीले एक हजारभन्दा बढी परिवार विस्थापित भएका थिए। त्यतिबेला ६ जनाको ज्यान गएको थियो। बबईमा २०७४ सालमा आएको बाढीले जब्दी पुलमा क्षति पुर्‍याएको थियो। त्यसबेला पनि एक हजार परिवार विस्थापित भएका थिए। गत वर्ष पनि बबईमा आएको बाढीले जब्दी घाटको पुलको स्पान र पिलर बगाएको थियो।

कर्णालीमा यातायात सेवा अवरुद्ध

वीरेन्द्रनगरस्थित संवाददाता गोविन्द केसीका अनुसार आइतबार भेरी नदीमा खसेर एकजना बेपत्ता भएका छन्। भारतबाट घर फर्किंदै गरेका भेरी नगरपालिका ७ पुन्माका अन्दाजी ४७ वर्षका नरु चन्द भेरीमा खसेर बेपत्ता भएका हुन्। लगातारको वर्षाले भेरीको बहाब बढेको छ। यसैकारण बेपत्ता चन्दको खोजीमा समस्या भएको प्रहरीले जनाएको छ। उनी छेडागाड नगरपालिका–१३ गारातारास्थित सडकबाट भेरी नदीमा खसेका थिए।

दुई दिनदेखि लगातार परेको वर्षाले कर्णालीका ठाउँठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएका छन्। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १४ लादेमा आइतबार बिहान पहिरो गएपछि सुर्खेत–दैलेख सडक खण्ड अवरुद्ध भएको छ। त्यस्तै सुर्खेतको गुर्भाकोट नगरपालिका ९ पोखरेमा पहिरो जाँदा छिन्चु–जाजरकोट सडक खण्ड अवरुद्ध भएको छ।

वीरेन्द्रनगरस्थित संवाददाता गोविन्द केसीका अनुसार आइतबार भेरी नदीमा खसेर एकजना बेपत्ता भएका छन्। भारतबाट घर फर्किंदै गरेका भेरी नगरपालिका ७ पुन्माका अन्दाजी ४७ वर्षका नरु चन्द भेरीमा खसेर बेपत्ता भएका हुन्।

कर्णाली राजमार्गको ठाउँठाउँमा पहिरो गएको छ। कर्णाली राजमार्गको बड्डीचौर–तल्लोडुंगेश्वर सडक खण्डमा पर्ने सुर्खेतको बराहताल गाउँपालिकाको कल्यानकाँधमा पहिरो जाँदा सडक अवरुद्ध भएको जानकारी जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता लक्ष्मणबहादुर शाहीले दिए। पहिरोले रत्न राजमार्ग पनि अवरुद्ध भएको छ। पहिरो पन्छाएर आवागमन खुलाउने प्रयास भइरहेको छ।

पहाडी भेग र सदरमुकामको सम्बन्ध विच्छेद

उदयपुर संवाददाता महेश्वर चामलिङ राईका अनुसार जिल्लामा पछिल्लो ३ दिनयता निरन्तर वर्षा हुँदा पहाडी भेगका सडकमा सवारी आवागमन अवरुद्ध भएको छ। पहाडी भेगका सबै सडक कच्ची छन्। कच्ची सडक वर्षा र पहिरोका कारण हिलाम्मे हुँदा सवारी आवागमन अवरुद्ध भएको हो।

सवारी आवागमन ठप्प हुँदा पहाडी गाउँ र सदरमुकामबीचको यातायात सम्बन्ध विच्छेद भएको छ। सदरमुकाम त्रियुगा , चौदण्डीगढी र बेलका नगरपालिका तथा उदयपुरगढी र रौतामाई गाउँपालिकालाई मदन भण्डारी लोकमार्गले छोएको छ। लोकमार्गले छोएको ठाउँसम्म यातायात आउजाउ सहज भए पनि लोकमार्गसँग जोडिएका पहाडी भेगका कच्ची सडकहरू अवरुद्ध हुन पुगेको यातायात व्यवसायीले बताए।

लोकमार्गले नछोएका ताप्ली र लिम्चुङबुङ गाउँपालिकामा पनि यातायात सेवा अवरुद्ध भएकाले सदरमुकाम आउन सक्ने अवस्था छैन। मदन भण्डारी लोकमार्गले छोएका कारण गाईघाटदेखि चौदण्डीगढी केन्द्र बेलटार र बेलका केन्द्र रामपुर हुँदै सुनसरी आउजाउ गर्न सहज छ। तर सोही मार्गसँग जोडिएका पहाडी भेगका सडकको अवस्था वर्षाले बिगारेपछि पालिका केन्द्रबाट वडासम्म आउजाउ गर्न पनि समस्या भएको छ।

उदयपुर संवाददाता महेश्वर चामलिङ राईका अनुसार जिल्लामा पछिल्लो ३ दिनयता निरन्तर वर्षा हुँदा पहाडी भेगका सडकमा सवारी आवागमन अवरुद्ध भएको छ। पहाडी भेगका सबै सडक कच्ची छन्। कच्ची सडक वर्षा र पहिरोका कारण हिलाम्मे हुँदा सवारी आवागमन अवरुद्ध भएको हो।

बेलटारबाट सिद्धिपुर, ब्वाँजरघाट, धाब्लाङ, साउने जोड्ने सडक ठाउँठाउँमा भत्केर यातायातका साधन चल्न नसक्ने अवस्थामा पुगेको छ। समथर भूभागमै पर्ने सुन्दरपुर, शिवाई, हडिया र जोगीदह आउजाउ गर्न पनि मुस्किल भइरहेको छ। समथर भूभागहरू भागलपुर, श्रीलंका टापु, जगन्ना, बान्डाँडातर्फ जाने सडकको अवस्था पनि बिग्रिएको छ।

रौतामाई ७ का वडाध्यक्ष मनोज राना मगरका अनुसार वर्षाले मुर्कुची–पुँवारे–भुट्टार सडक ठाउँठाउँमा भत्काइदिएकाले गाउँपालिका केन्द्र भुट्टार पुग्न नसक्ने अवस्था सिर्जना भएको छ। गाईघादेखि फोक्सिन्टारसम्मको निर्माणाधीन सडकमा यातायातका साधान चले भए पनि फोक्सिन्टारदेखि लिम्चुङबङका जाँते, बलम्ता, ताम्लीछा र बाँसबोटे जोड्ने कच्ची सडकहरू सबै ध्वस्त भएका कारण आउजाउ गर्न नसक्ने स्थिति छ।

लिम्चुङबङ ५ का अध्यक्ष कविचन्द्र राईका अनुसार गाईघाटदेखि लिम्चुङबङ जोड्ने ३ वटै सडक आवश्यक मर्मत र स्तरोन्नति नगरिएका कारण जनतालाई बर्खामा समस्या भएको हो। पूर्वाधार विकास कार्यालय उदयपुरका प्रमुख (डिई) गंगासागर यादवले इन्जिनियरिङ मापदण्ड पूरा नगरी बनाइएका सडकमा सामान्य वर्षाले पनि क्षति पुग्ने गरेको बताए।

एक सातासम्म पनि खुलेन भीमदत्त राजमार्ग

सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्ला जोड्ने राजमार्ग अवरुद्ध भएको एक साता बित्दा पनि यातायात सेवा सञ्चालन हुन सकेको छैन। गएको सोमबार राति भीमदत्त पन्त राजमार्गअन्तर्गत पर्ने गोदावरी नगरपालिका–४ बुढीतोलामा पहिरो जाँदा सडक भासिएको थियो।

वर्षाले पहिरो जाने क्रम नरोकिँदा अवरुद्ध सडक सञ्चालनमा आउन सकेको हो। राजमार्गको अन्य ठाउँमा पनि पहिरो गएको छ। डोजर र मान्छे लगाएर सडक खुलाउन ढुंगा तथा जाली हाल्नेलगायतका काम भइरहे पनि पहिरो जाने र सडक भासिने क्रम नरोकिएकाले यातायात सेवा सञ्चालनमा बाधा परेको हो।

पहिरो गएको ठाउँको भौगोलिक बनावट जटिल भएको र वर्षा नरोकिएका कारण राजमार्ग अझै खुल्न नसकेको राजमार्ग तथा सुरक्षा व्यवस्थापन कार्यालय अत्तरियाका प्रहरी उपरीक्षक नेत्रमणि गिरीले बताए। ‘पहिरोले अवरुद्ध सडक खुलाउन निरन्तर काम भइरहेको छ,’ उनले भने, ‘तर वर्षा नरोकिएसम्म सडक सञ्चालन हुन गाह्रो हुने देखिन्छ।’

राजमार्ग अवरुद्ध हुँदा यात्रुलाई सास्ती भएको छ। पहिरो गएको १ किलोमिटर हिँडेर पार गर्नुपर्ने बाध्यता छ। ‘पहिरोले सडक बन्द हुँदा एक किटोमिटर अप्ठेरो बाटो हिँड्नुर्‍यो,’ धनगढी आएका डडेल्धुराका तेजबहादुर बोहराले भने।

सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्ला जोड्ने राजमार्ग अवरुद्ध भएको एक साता बित्दा पनि यातायात सेवा सञ्चालन हुन सकेको छैन। गएको सोमबार राति भीमदत्त पन्त राजमार्गअन्तर्गत पर्ने गोदावरी नगरपालिका-४ बुढीतोलामा पहिरो जाँदा सडक भासिएको थियो।

सडक अवरुद्ध भएका कारण तराईबाट पहाडी जिल्लामा खाद्यान, औषधिलगायतका सामग्री लैजान सकिएको छैन। खाद्यान बोकेका गाडी जान नसक्दा पहाडी जिल्लामा खाद्यान अभाव हुन थालेको त्यहाँका स्थानीयले बताएका छन।

त्यस्तै डडेल्धुरा लगायतका जिल्लाबाट तराईका जिल्लामा तरकारी ल्याउन सकिएको छैन। किसानले बिक्रीका लागि टिपेको तरकारी बजारसम्म पुर्‍याउन नसक्दा कुहिएको बताएका छन्। ‘सडक बन्द भएर बीचमै गाडी रोकिँदा धनगढी ल्याउन लागेको डेढ क्विन्टर हरियो साग, ५० केजी धनियाँ, ढाई क्विन्टल मुला र ७५ केजी न्युरो कुहिएयो,’ तरकारी व्यवसायी धीरेन्द्र झाले भने, ‘सडक अवरुद्ध हुँदा ठूलो परिमाणमा तरकारी नोक्सान भएको छ।’

पहाडी जिल्लाबाट रेफर गरिएका बिरामीलाई तराईका अस्पतालमा आउन समस्या परेको छ।  सुदूरपश्चिम प्रदेशका सातवटा पहाडि जिल्ला डडेल्धुरा, दार्चुला, बैतडी, बझाङ, बाजुरा, अछाम र डोटीलाई प्रदेश राजधानी कैलालीलगायत तराईका जिल्लासँग जोड्ने एक मात्र भीमदत्त पन्त राजमार्ग एक सातासम्म अवरुद्ध हुँदा पनि राज्यका निकायले खुलाउन चासो नदिएको यात्रुको गुनासो छ। 

प्रकाशित: २९ श्रावण २०८० ०१:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App