२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

वर्षाले कर्णालीका ठाउँ ठाउँमा पहिरो सडक अवरुद्ध

छिन्चु जाजरकोट सडकको पोखरेमा खहरे खोलामा लेदोसहितको आएको पहिरो

दुई दिनदेखि परेको वर्षाले कर्णालीका ठाउँ ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ। पहिरोले आइतबार बिहानदेखि कर्णाली राजमार्ग, सुर्खेत–दैलेख खण्ड, सुर्खेत–जाजरकोट खण्ड अवरुद्ध भएको हो।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका –१४ लादेमा पहिरो जाँदा सुर्खेत–दैलेख सडक खण्ड अवरुद्ध भएको छ। प्रहरी र सडक डिभिजन कार्यालयको डोजरले सडक खुलाउने प्रयास भईरहेको छ। त्यस्तै सुर्खेतको गुर्भाकोट नगरपालिका –९ पोखरेमा पहिरो जाँदा छिन्चु–जाजरकोट सडक खण्ड अवरुद्ध भएको छ। दुवै स्थानमा प्रहरी र सडक डिभिजन कार्यालयले खुलाउन प्रयास गरिरहेको छ। कर्णाली राजमार्गमा पनि ठाउँ ठाउँमा पहिरो गएको छ। यस्तै भेरीगंगा नगरपालिका –२ पैसठीमा पहिरो आएको हाल एकतर्फी सडक सुचारु रहेको छ। 

कर्णाली राजमार्गको बड्डीचौर–तल्लोडुंगेश्वर सडक खण्डको सुर्खेतको बराहताल गाउँपालिकाको १० कल्यानकाँधमा पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता लक्ष्मणबहादुर शाहीले जानकारी दिए ।

प्रकाशित: २८ श्रावण २०८० ०७:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App