२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

प्रधानन्यायाधीश राउतको शपथ ग्रहण आज

नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले आज शपथ ग्रहण तथा पदभार ग्रहण गर्दैछन्।

राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई आज प्रधानन्यायाधीशमा नियुक्त गर्ने र शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ।

प्रधानन्यायाधीशको शपथ ग्रहण कार्यक्रमका लागि दिउँसो १ः३० बजेको समय तय गरिएको छ।

यसअघिका प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ १८ असोजमा अवकास भएपछि राउत प्रधानन्यायाधीश बनेका हुन्। उनले २०८२ चैत १७ गतेसम्म न्यायालयको नेतृत्व सम्हाल्नेछन्।

संवैधानिक परिषदको बैठकले ३१ भदौमा राउतलाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो। त्यसपछि संसदीय सुनुवाइ समितिले सुनुवाइ गर्दै उनको नाम असोज १६ मा अनुमोदन गरेको थियो।

प्रकाशित: २० आश्विन २०८१ १०:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App