२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पहिरोमा पुरिएर बालकको मृत्यु

दोलखामा पहिरोमा पुरिएर एक बालकको मृत्यु भएको छ। बिगु गाउँपालिका-२ ओराङका १४ वर्षीय तिरिश तामाङको मृत्यु भएको हो।

तामाकोशी नदीमा माछा मार्न गएको तामाङको पहिरोमा पुरिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय सिङगटीले जनाएको छ। उनी गए राति  माछा मार्न तामाकोशी नदी जाँदै गर्दा बाटामा पहिरोले पुरिएका हुन्। तामाङसँगै गएका अन्य तीन जनाले भागेर ज्यान जोगाएको प्रहरीले जनाएको छ।

केही दिनअघि गौरीशंकर गाउँपालिका-७ मा पहिरोबाट दुई जनाको ज्यान गएको थियो। पहिरोमा परेर दुई जना अझै बेपत्ता छन्।

प्रकाशित: २४ श्रावण २०८० ०५:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App