९ आश्विन २०८१ बुधबार
image/svg+xml

अस्पताल धाउँदाधाउँदै कोरोना संक्रमितको मृत्यु

विराटनगरस्थित कोसी अस्पतालको आइसोलेसनमा एक जना कोरोना पोजेटिभ भएकी महिलाको सोमबार मृत्यु भएको छ।

प्रदेश २ मा ५४ जना संक्रमित थपिए

प्रदेश २ मा ५४ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। यस प्रदेशको प्रादेश प्रयोगशाला जनकपुर, जिल्ला अस्पताल सिरहा प्रयोगशाला, गौर अस्पताल रौतहट प्रयोगशाला र नारायणी अस्पताल वीरगन्ज प्रयोगशालामा गरिएको १२१ नमूना परीक्षण गर्दा ५४ जनामा कोरोना संक्रमण पुष्टि भए प्रदेश स्वास्थ्य निर्देशनालाय जनकपुरधामले जनाएको छ। यससँगै यस प्रदेशमा सक्रिय संक्रमितको संख्या ४०७ पुगेको छ।

प्रदेश २ः कोरोना संक्रमित बढे, छैन अस्पताल तयार

भारतबाट फर्केका वीरगन्ज महानगरपालिका–३ प्रगतिनगरका ६२ वर्षीय वृद्धको मंगलबार बिहान मृत्यु भयो । उनी एक महिना भारतको नयाँ दिल्लीमा बसेर त्यहाँ कोरोना कहर मच्चाउन थालेपछि दश दिनअघि घर फर्केका थिए ।

एकैरातमा भेरीका ३ जना कोरोना संक्रमितको मृत्यु

भेरी अस्पतालमा उपचार गराइरहेका थप ३ जना कोरोना संक्रमितको एकैरातमा मृत्यु भएको छ। अस्पतालको कोभिड वार्डमा भर्ना भएका बाँके, बर्दिया र दैलेखका दुई महिला तथा एक पुरुषको शनिबार राती मृत्यु भएको हो।

अर्घाखाँचीमा कोरोना संक्रमित महिलाको मृत्यु

बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा अर्घाखाँचीकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।

प्रदेश १ मा शुक्रबार ३३ संक्रमित थपिए

प्रदेश १ मा शुक्रबार ३३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १८, झापामा ८, भोजपुरमा ३, सुनसरी,र उदयपुरमा २–२ जनामा संक्रमित देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

कोसी अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु

उपचारका क्रममा नोबेल अस्पतालमा रहेकी महिलाको पिसिआर परीक्षण गराउँदा पोजेटिभ रिपोर्ट आएको थियो। कोरोना पुष्टि भए बुधबार दिउँसो नोबेलले उपचारका लागि कोसी अस्पताल पठाएको अस्पतालका निमित्त संयोजक एपोलो भगतले जानकारी दिए।

प्रदेश १ मा थपिए २० जना कोरोना संक्रमित

प्रदेश १ मा बुधबार २० जना कोरोना संक्रमित थपिएका छन्। मोरङमा १६, सुनसरी र प्रदेश १ बाहिरका २–२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयकाअनुसार विराटनगरमा १५, पथरीशनिश्चरेमा १, सुनसरीको धरानमा २ र प्रदेश १ बाहिरका २ जनाको रिपोर्ट पोजेटिभ आएको हो।

भारतबाट फर्केका आठ जना कोरोना संक्रमित

सिमानाका झुलाघाटमा एन्टिजेन विधिबाट गरिएको कोरोना परिक्षणमा संक्रमित पुष्टि भएको हो। नयाँ वर्ष मनाउन भारतबाट फर्केका नागरिकका कोरोना संक्रमण देखिनथालेपछि स्थानीय त्रसित बनेका छन्।

नगरपालिकाले आइसोलेसन सेन्टर बनाउँदै

बैतडीको दशरथचन्द नगरपालिकाले कोरोना संक्रमितहरुको व्यवस्थापनका लागि आइसोलेसन सेन्टर बनाउने भएको छ। विरेन्द्र मावि शाहीलेकको खाली रहेको छात्रावास भवनमा आइसोलेसन सेन्टर बनाउने निर्णय भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।

कैटरीना कैफ पनि कोरोना संक्रमित

बलिउडकी प्रसिद्ध अभिनेत्री कैटरीना कैफ पनि कोरोना संक्रमित भएकी छिन्। उनले सामाजिक सञ्जाल इन्स्टाग्रामबाट आफूलाई कोरोना भाइसको संक्रमण भएको जानकारी दिएका हुन्।

कोरोना संक्रमित भएका अक्षय कुमार अस्पताल भर्ना

उनी संक्रमित भएको दोस्रो दिन स्वास्थ्य बिग्रिएपछि उनलाई अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। अंग्रेजी वेबसाइट टाइम्स अफ इंडियाको समाचारका अनुसार अक्षय कुमारलाई आइतबार साँझ अस्पतालमा भर्ना गरिएको छ।

८ लाख डोज खोप लिन जहाज चीन जाने

चीनले नेपालका लागि अनुदानमा दिएको कोभिडविरुद्धको ८ लाख डोज खोप लिन नेपाल एयरवेजको जहाज चीन जाने भएको छ। आइतबार चीन प्रस्थान गर्ने जहाजले सोमबार खोप ल्याइपुर्‍याउने स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले जनाएको छ।

अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या शून्य

अर्घाखाँची जिल्लामा कोरोना संक्रमितको संख्या शून्यमा झरेको छ। सन्धिखर्क नगरपालिकाका दुईजना निको भएर घर फर्किएसंगै सक्रिय संक्रमितको संख्या शून्य भएको हो। गत जेठ १२ गते पाणिनी गाउँपालिकाका दुई जनामा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको थियो। कोरोना संक्रमितको संख्या शून्यमा झर्दा हालसम्म अर्घाखाँचीका ८ सय एक जनामा संक्रमण पुष्टि भएको जिल्ला प्रशासन अर्घाखाँचीको तथ्याङ्कमा उल्लेख छ।

कोरोना संक्रमितको शव धार्मिक कर्म सकिएपछि बल्ल व्यवस्थापन

गण्डकी प्रदेशमा अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट १९२ जनाको मृत्यु भएको छ। तीमध्ये नेपाली सेनाले प्रदेशका १० जिल्ला (नवलपुरबाहेक) का १८० जना मृतकको शव व्यवस्थापन गरेको छ। बाँकी मृतकको शव व्यवस्थापन परिवारका सदस्यबाटै भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्