१९ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

कोरोना संक्रमित भएका अक्षय कुमार अस्पताल भर्ना

बलिउड अभिनेता अक्षय कुमार कोरोना भाइरससँगको युद्धमा लडिरहेका छन्। आइतबार बिहान उनले आफूलाई यो खतरनाक भाइरस संक्रमित भएको कुरा बताएका थिए।

उनी संक्रमित भएको दोस्रो दिन स्वास्थ्य बिग्रिएपछि उनलाई अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। अंग्रेजी वेबसाइट टाइम्स अफ इंडियाको समाचारका अनुसार अक्षय कुमारलाई आइतबार साँझ अस्पतालमा भर्ना गरिएको छ।

अभिनेतालाई मुम्बईको पवई स्थित हीरानंदानी अस्पतालमा भर्ना गरिएको छ। सामाजिक सञ्जालमा जानकारी गराउँदै अक्षयले लेखेका छन्, ‘मेरो स्वास्थ्य ठिक छ तर चिकित्सकको सल्लाहमा अस्पताल भर्ना भएको हुँ। आशा छ, छिट्टै घर फर्किनेछु।’  

एक दिन अघि अक्षय कुमारले  सामाजिक सञ्जाल मार्फत आफू कोरोना संक्रमित भएको र स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाएर घरमै क्वारेन्टाइनमा रहने जानकारी गराएका थिए। 

प्रकाशित: २३ चैत्र २०७७ ०६:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App