४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

कोसी अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु

विराटनगरस्थित कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचारका क्रममा एक जना महिलाको मृत्यु भएको छ। कोरोना भाइरस संक्रमित विराटनगर–४ की ४६ वर्षीय महिलाको बिहीबार बिहान साढे ४ बजेतिर उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।

उपचारका क्रममा नोबेल अस्पतालमा रहेकी महिलाको पिसिआर परीक्षण गराउँदा पोजेटिभ रिपोर्ट आएको थियो। कोरोना पुष्टि भए बुधबार दिउँसो नोबेलले उपचारका लागि कोसी अस्पताल पठाएको अस्पतालका निमित्त संयोजक एपोलो भगतले जानकारी दिए । कोसी अस्पताल ल्याउँदा महिलाको अवस्था चिन्ताजनक रहेको भगतले बताए।  

मृतक महिलाका श्रीमानलाई समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको र उनको समेत उपचार कोसीमै भइरहेको अस्पतालले जनाएको छ। प्रदेश १ मा बुधबार २० जना कोरोना संक्रमित थपिएका थिए। मोरङको  विराटनगरमा १५, पथरीशनिश्चरेमा १, सुनसरीको धरानमा २ र प्रदेश १ बाहिरका २ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा सक्रिय संक्रमितको संख्या १ सय ७९ पुगेको छ। 

प्रकाशित: २ वैशाख २०७८ ०४:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App