६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

कागबेनीमा पठनपाठन बन्द

बाढीले भवनलगायतका भौतिक संरचनामा क्षति पुर्याएपछि मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ कागबेनीमा रहेको जनशान्ति माविको पठनपाठन बन्द भएको छ।

भारतको हिमाञ्चल प्रदेशमा बाढी र पहिरोका कारण ६१ जनाको मृत्यु

भारतको उत्तरी पहाडी राज्य हिमाञ्चल प्रदेशमा भारी वर्षाका कारण आएको बाढी र पहिरोका कारण पछिल्लो दुई दिनमा मृत्यु हुनेको सङ्ख्या ६१ पुगेको छ।

बाढीग्रस्त कागबेनी तीन दिनदेखि अन्धकारमा

मुस्ताङको बाढीग्रस्त क्षेत्र बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा तीन दिनदेखि विद्युत् अवरुद्ध भएको छ। विद्युत् अवरुद्ध हुँदा स्थानीय अन्धकारमा रात बिताउन बाध्य भएका छन्

बबई नदीमा बाढीपछि विपद् व्यवस्थापनको आकस्मिक बैठक

बारबर्दियाका नगर प्रमुख छविलाल थारू र बाँसगपालिका नगर प्रमुख खड्क बहादुर खड्काले दुई दिनमा घटेका सम्पूर्ण घटना डिडिएमसीले सम्बोधन गर्न पर्ने माग गरे। त

किन आउँछ बाढी?

घर–घरबाट निस्कने फोहोर तथा अन्य ठोस पदार्थ नदी, खोलामा फाल्नाले खोलाको बहावमा अवरोध खडा भई वैकल्पिक मार्ग खोज्दै खोला सहर पस्न थालेको छ।

मेलम्ची खानेपानी मुहान जाने सडक बाढीले अवरुद्ध

मेलम्ची खानेपानी आयोजनाको मुहान अम्बाथान जाने बाटो बाढीले अवरुद्ध बनाएको छ। लगातारको वर्षाले हेलम्बु राजमार्गका विभिन्न स्थानमा सडकमा क्षति पुर्याएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए।

कागबेनी बाढी- 'मुक्तिनाथबाट आफन्तले बाढी आयो भाग भनेर फोन गरेकाले हामी बाँच्यौँ'

आइतबार साँझपख मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका स्थानीय सधैँझैँ कोही खाना पकाउन व्यस्त थिए, कोही खाना खाँदै। एक्कासी बजारमा बाढी आयो, बाढी आयो भन्दै हल्ला मच्चियो। एकैछिनमा बजारका सबै स्थानीय बजारभन्दा माथि सुरक्षित स्थानमा निस्किए।

सुर्खेत बाढीपीडितका नौ वर्षः राज्यको करोडौं सकियो, पीडित अझै त्रिपालमा

२०७१ साल साउनमा आएको बाढीपहिरोले सुर्खेतमा एक सय १५ जनाले ज्यान गुमाए भने एक हजार ४५ परिवार पूर्णरूपमा विस्थापित भए।

किन आयो मुस्ताङमा बाढी ?

वर्षाका लागि छाया क्षेत्र मानिने मुस्ताङ र मनाङमा एकपछि अर्को गर्दै भारी वर्षा र बाढी आउन थालेपछि यसको कारण खोजी हुन थालेको छ।

कागबेनीको बाढी: २९ घरमा पूर्ण क्षति

मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ कागबेनीको बाढीले पुर्‍याएको भौतिक संरचनाको आज प्रारम्भिक विवरण सङ्कलन र प्रभावितको व्यवस्थापन गरिएको छ।

कागबेनी बाढीः प्रभावितलाई राहत पठाउन मुख्यमन्त्रीको निर्देशन

मुस्ताङको वारागुँ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा भेलबाढीबाट बिस्थापित परिवारलाई गण्डकी प्रदेश सरकारले राहत सहयोग पठाउने निर्णय गरेको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रभावित नागरिकलाई तत्काल सहयोग पठाउने निर्णय गरेका छन्।

अपत्यारिलो बाढीसँगै बगेको कागबेनी

प्राकृतिक भूवनोटको अनुपम उपहार मुस्ताङ यतिबेला बाढीको चपेटामा छ। आइतबार मात्र आएको लेदो सहितको भेलबाढीले बगाउँदा वारागुँ मुक्तिक्षेत्र गाउँपालिका–४को कागबेनी तहसनहस भएको छ। मुक्तिनाथ मन्दिरपट्टिबाट झरेको झोङखोलाको बाढीले बगाउँदा कागबेनीमा ठूलो भौतिक क्षती पुर्याएको छ। कागबेनी आफै पनि धार्मिक क्षेत्र हो, जहाँ पितृलाई तर्पण दिने गरिन्छ।

कागखोला बाढी: स्थानीय भन्छन्, ‘ज्यान त बच्यो, हेर्दा हेर्दै घरबारविहीन भयौं’

मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिका-४ कागबेनीमा रहेको जनशान्ति माविका शिक्षक मनविर किसान आइतबार राति ८ बजे खाना खाने तयारी गर्दै थिए।

कागबेनीमा बाढीले पुर्याएको क्षतिको विवरण सङ्कलन सुरु (अपडेट)

हिमाल पारीको जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा बाढीले निम्त्याएको क्षतिको विवरण सङ्कलन गर्न सुरु गरिएको छ।

मुस्ताङमा बाढीले १० घर, प्रहरी चौकी र पुल बगायो

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा आइतबार साँझ बाढीले १० घर, प्रहरी चौकी र पुल बगाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्