२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

बबई नदीमा बाढीपछि विपद् व्यवस्थापनको आकस्मिक बैठक

लगातार वर्षात्का कारण बबई नदीलगायत अन्य क्षेत्रमा बाढी आएर क्षति पुर्‍याएपछि बर्दियाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले संघीय सांसद गीता बस्नेतसहित पालिका प्रमुखको सहभागितामा जिल्ला विपद् व्यवस्थापन समिति (डिडिएमसी)को आकस्मिक बैठक डाकेर बाढीपिडित परिवारका लागि राहात, पुनस्र्थापना र अस्थायी आवासका विषयमा छलफल गरेका छन्।

बारबर्दियाका नगर प्रमुख छविलाल थारू र बाँसगपालिका नगर प्रमुख खड्क बहादुर खड्काले दुई दिनमा घटेका सम्पूर्ण घटना डिडिएमसीले सम्बोधन गर्न पर्ने माग गरे। तर, गुलरिया नगर प्रमुख मुक्तिनाथ यादव, राजापुर नगर प्रमुख दिपेश थारू गेरुवा गाउँपालिका अध्यक्ष जमान सिंह केसी र मधुवन नगरपालिकाका प्रवक्ता मेघबहादुर गुरुङले वास्तविक पीडितलाई राहत वा पुनस्र्थापन गर्न जनप्रतिनिधिले मात्र संकलन गरेको विवरणले मात्र नभई जनप्रतिनिधिसहित संयूक्त प्रहरी र रेडक्रसको प्रतिनिधिले संकलन गरेको विवरणले मात्र पीडितको घाउमा मल्हम लाग्ने धारणा राखे। चार पालिका प्रमुखले विपद्को खतरा अझै नटरेको बताए।

बारबर्दियाका नगर प्रमुख छविलाल थारू र बाँसगपालिका नगर प्रमुख खड्क बहादुर खड्काले दुई दिनमा घटेका सम्पूर्ण घटना डिडिएमसीले सम्बोधन गर्न पर्ने माग गरे।

यता २८ गते सम्पर्कविहीन भएका तीनजना र मृत अवस्थामा भेटिएका दुईवटा शव प्रहरीको अनुसन्धान क्रममा रहेको एसपी सुधिरराज शाहीले खुलाएपछि बाँसगढीका नगर प्रमुख खड्क बहादुर खड्का प्रहरी प्रमुखसँग बैठकमा रिसाएका थिए।

नगर प्रमुख खड्काले २८ गतेको भारी वर्षाकै कारण पूर्वपश्चिम राजमार्गको नालामा बाँसगढीका-८ का तुल बहादुर दमाईले ज्यान गुमाउनुपरेको दाबी गरेका थिए। मृत अवस्थामा भेटिएको शव अपराध अनुसन्धान गर्ने काममा प्रहरी खटिएको एसपी शाहीले जानकारी दिए। अर्को शव बढैयातालमा भेटिएको छ।

अनुसन्धानपछि नै सम्पूर्ण कुरा विपद् हो वा कसैले घटाएको अपराधका कारण ज्यान गएको हो भन्ने खुल्ने एसपी शाहीले बैठकमा बताएका थिए। २७ र २८ गते परेको अविरल वर्षाले जिल्लामा रहेका आठ पालिकामध्ये बाँसगढी र बारबर्दियामा बढी क्षति पुगेको छ।

गुलरिया र मधुवन नगरपालिकाका सर्वसाधारण डुबानबाट केहि परिवार विस्थापित छन्। यसअघि आएको २३ गते ठाकुरबाबा नगरपालिकामा भारी बर्षाले डुवान गरेको छ।

२७ र २८ गते परेको अविरल बर्षाका कारण जिल्ला डुवान र बाढीबाट प्रभावितको विवरण जनप्रतिनिधिले संकलन गरेको संख्या अलि बढी छ। बाढीले बर्दियामा ३६ घर धुरीका १७४ घर परिवार विस्थापित भएका छन्। डुबानबाट आंशिक क्षति भएर ४ सय ५० परिवार प्रभावित छन्।

अनुसन्धानपछि नै सम्पूर्ण कुरा विपद् हो वा कसैले घटाएको अपराधका कारण ज्यान गएको हो भन्ने खुल्ने एसपी शाहीले बैठकमा बताएका थिए।

स्थानीय विद्यालय र टेन्ट गाडेर सडकमा बसेका छन्। बबई नदीमा आएको बाढीमा दाउरा बटुल्न नदीमा होमिएका तीनजना गुलरिया नगरपालिका-८ का अक्षय चौधरी, वडा नं २ का महेश चौधरी र वडानं. १२ वालकृष्ण थारुको अवस्था अज्ञात छ। प्रहरीले सम्र्पक बिहिन भनेका तीन जना अवस्था अझै अज्ञात रहेको डिएसपि हिक्मत बहादुर बोहराले बताए।

बबई नदीमा बाढी आए पनि नदीको भेलले तटबन्ध फुटाएर क्षति गरेको छैन। अग्लो बाँध जस्ता भौतिक पूर्वाधार निर्माणका कारण अधिकांस गाउँ डुबानमा परेको देखिएको छ।

डिडिएमसीले अस्थायी आवास टेन्ट दिने, प्रारम्भिक राहात स्थानीय तहले वितरण गर्ने पर्ने, सम्र्पकविहीनलाई खोज तलास गर्ने, रोग फैलिन नदिन किटनाशक औषधि जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा खरिद गर्नेलगायतका १२ बुँदे निर्णय गरेको छ। 

प्रकाशित: ३१ श्रावण २०८० ०३:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App