२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

कागखोला बाढी: स्थानीय भन्छन्, ‘ज्यान त बच्यो, हेर्दा हेर्दै घरबारविहीन भयौं’

तस्वीर: रासस

मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिका-४ कागबेनीमा रहेको जनशान्ति माविका शिक्षक मनविर किसान आइतबार राति ८ बजे खाना खाने तयारी गर्दै थिए।

कालीगण्डकी र कागखोलाको दोभान नजिकैको विद्यालयको छात्रावासमा बस्ने शिक्षक, विद्यार्थी र स्थानीयवासीको बाढी आएको सूचना पाएपछि भागदौड भएको थियो।

‘खाना खाने तयारी गर्दै थियौं। बाढी आएको थाहा पाएपछि ज्यान बचाउन पकाएको खाना छाडेर अन्यत्र गएर बस्यौं’, उनले भने, ‘यहाँका बूढापाका हिजो र अस्ति अहिलेसम्मकै ठूलो बर्सात भएको अनुभव सुनाउँछन्।’

कागखोलाको सहायक तिरिखोला पहिरोले थुनिएर आएको बाढी प्रसिद्ध तीर्थस्थल र पर्यटकीयस्थल कागबेनीको बस्तीमा पसेर वितण्डा मच्चाएको हो। मुक्तिनाथबाट सुरु हुने कागखोला कागबेनीमा आएर कालीगण्डकीमा मिसिन्छ।

कागबेनीकी कल्पना मगर बाढी आएको पहिल्यै थाहा पाएर भागेर ज्यान बचाउन सफल भए पनि घरवासविहीन हुनुपरेकोमा दुखित छिन्।

‘कागबेनीमा सबैको ज्यान बचेकोमा सुखी मान्नुपर्छ’, उनले भनिन्, ‘ज्यान त बँच्यो तर हाम्रो घरवास केही रहेन।’

कागखोलाको सहायक तिरिखोला पहिरोले थुनिएर आएको बाढी प्रसिद्ध तीर्थस्थल र पर्यटकीयस्थल कागबेनीको बस्तीमा पसेर वितण्डा मच्चाएको हो। मुक्तिनाथबाट सुरु हुने कागखोला कागबेनीमा आएर कालीगण्डकीमा मिसिन्छ।

गाउँपालिकाको केन्द्र समेत रहेको कागबेनीमा बाढी पसेर भौतिक संरचनामा ठूलो क्षति पुर्‍याएको छ। बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले बाढीले खोला  छेउछाउका २० भन्दा बढी घर/होटल बाढीले भत्काएको बताए।

‘कागबेनीका धेरैजसो घरभित्र बाढी पसेको छ। क्षतिको विवरण संकलन भइरहेको छ’, उनले भने, ‘रातभर विस्थापितको व्यवस्थापनमा लाग्यौं। बिहानदेखि क्षतिको विवरण संकलन र थप क्षति हुन नदिन बाढी नियन्त्रणको काम भइरहेको छ।’

कागबेनीको प्रहरी चौकीमा बाढीले क्षति पुर्‍याएपछि सुरक्षाकर्मीलाई गाउँपालिकाको कार्यालयमा राखिएको छ। प्रहरी चौकीका हतियार र सामग्री भने सुरक्षित छन्। कागबेनीको बीच भाग भएर कागखोला बग्छ।

बस्तीभित्र कागखोला वारपार गर्न बनाइएका तीन पक्की पुल बाढीले बगाएको छ। जोमसोम-कोरला सडकअन्तर्गत कागबेनीमा निर्माणको अन्तिम चरणमा रहेको मोटरेबल पुल बगाएको छ।

पुलको सल्याब बाढीले बगाएर केही तल पु¥याएको छ। पुलसँग जोड्ने पहुँचमार्ग बगाएको छ। कागबेनी हुँदै उपल्लो मुस्ताङ जाने सडक अवरुद्ध छ। लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाको सदरमुकाम जोमसोमसँग यातायात सम्पर्कविच्छेद भएको हो।

‘कागबेनीका धेरैजसो घरभित्र बाढी पसेको छ। क्षतिको विवरण संकलन भइरहेको छ’, उनले भने, ‘रातभर विस्थापितको व्यवस्थापनमा लाग्यौं। बिहानदेखि क्षतिको विवरण संकलन र थप क्षति हुन नदिन बाढी नियन्त्रणको काम भइरहेको छ।’

विद्युतका पोल पनि बाढीले बगाएकाले विद्युत् सुविधा अवरुद्ध भएको छ। पार्किङ गरेर राखेका गाडी पनि बाढीले बगाएको र पुरिएको बताइएको छ। कागबेनीमा हिन्दूले पितृलाई तर्पण दिने ठाउँ बगाएको छ। भक्तजनले आवासका रूपमा प्रयोग गर्ने तीर्थयात्री निवासमा बाढी पसेको छ।

नदी कटान नियन्त्रण गर्न बनाइएको पक्की संरचना र ग्याबियन पर्खाल बाढीले बगाएको छ। कागबेनीभन्दा माथिको तिरिखोला थुनिएर बाढी आएको सूचना पाएपछि घर खाली गराएकाले मानवीय क्षति हुनबाट जोगिएको गाउँपालिकाका अध्यक्ष गुरुङले बताए।

बस्तीभित्र बाढी पसेर हिलाम्मे बनेको छ। जोमसोमबाट गएको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली उद्धारमा खटिएका छन्।

पाण्डा खोलाको बाढीले सुरक्षाकर्मीलाई जोमसोमदेखि कागबेनी पुग्न समस्या भएको छ।

प्रमुख जिल्ला अधिकारी अनुप केसीले कागबेनीमा विपद् व्यवस्थापन समितिको आकस्मिक बैठक बसिरहेको बताए। क्षतिको विवरण संकलन, थप क्षति हुन नदिन गर्नुपर्ने काम, अवरुद्ध सडक, विद्युत् सुविधा आपूर्ति गराउने विषयमा बैठकमा छलफल भइरहेको उनले बताए।

मुस्ताङमा दुई दिनदेखि पानी परिरहेको छ। स्थानीयवासीका अनुसार यसअघिको वर्ष मुस्ताङमा यसपालिजस्तो धेरै र ठूलो वर्षा भएको थिएन्। बर्सातका कारण मुस्ताङका अन्य खोलामा पनि बाढीको सतह बढेको छ। मुस्ताङको जोमसोम विमानस्थलस्थित मौसम मापन केन्द्र पछिल्लो २४ घण्टामा २५ दशमलव आठ मिलिमिटर वर्षा मापन गरिएको छ।

प्रमुख जिल्ला अधिकारी अनुप केसीले कागबेनीमा विपद् व्यवस्थापन समितिको आकस्मिक बैठक बसिरहेको बताए।

मुस्ताङको बाढीका कारण म्याग्दीको अन्नपूर्ण, रघुगंगा गाउँपालिका र बेनी नगरपालिका भएर बग्ने कालीगण्डकी नदीमा बाढीको सतह बढेको छ। जल तथा मौसम विज्ञान विभागले सोमबार बिहान म्याग्दीको कालीपुलमा कालीगण्डकीमा बाढीको सतह चार दशमलव ३१ मिटर पुगेको जनाएको छ।

कालीगण्डकी पर्वत, बागलुङ, स्याङ्जा, गुल्मी, पाल्पा हुँदै देवघाटमा पुगेर त्रिवेणी नदीमा मिसिने नदी हो। भारी बर्सातका कारण कालीगण्डकी र सहायक नदीमा बाढी आएकाले म्याग्दीका तटीय क्षेत्रमा सतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले बताए।

‘तटीय क्षेत्रमा प्रहरी खटाएर अनुगमन गरिरहेका छौं’, उनले भने, ‘म्याग्दीमा क्षति गरिसकेको छैन। जोखिमयुक्त ठाउँमा सतर्कता अपनाउन र नदी किनारमा नजान अनुरोध गरेका छौं।’

अन्नपूर्ण गाउँपालिका-४ कोप्नेपानीको पाखोबाट कालीगण्डकीमा पहिरो खसेको छ। पानीको सतह बढ्दो क्रममा रहेकाले सम्भावित खतरालाई मध्यनजर गरेर जिल्लाका सबै सुरक्षा संयन्त्रलाई तयारीमा अवस्थामा राखिएको प्रजिअ पौडेलले बताए।

म्याग्दीको रघुगंगा गाउँपालिका २ र ३ को सिमानामा पर्ने अँधेरीखोलामा पहिरोका कारण मुस्ताङ जोड्ने बेनी-जोमसोम सडक एक हप्तायता अवरुद्ध छ।

अन्नपूर्ण गाउँपालिका-४ कोप्नेपानीको पाखोबाट कालीगण्डकीमा पहिरो खसेको छ। पानीको सतह बढ्दो क्रममा रहेकाले सम्भावित खतरालाई मध्यनजर गरेर जिल्लाका सबै सुरक्षा संयन्त्रलाई तयारीमा अवस्थामा राखिएको प्रजिअ पौडेलले बताए।

हवाई र सडक मार्गबाट सम्पर्क टुटेको मुस्ताङको जनजीवन प्रभावित बनेको गण्डकी प्रदेशसभा सदस्य विकल शेरचनले बताए।

मुस्ताङमा पेट्रोल डिजेल लगायत इन्धनको अभाव हुन थालेको विषयमा प्रदेश र संघीय सरकारसँग ध्यानाकर्षण गराएको उनले बताए।

रासस  

प्रकाशित: २९ श्रावण २०८० ०७:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App