११ मंसिर २०८१ मंगलबार
image/svg+xml

प्रदेश १ मा ५ सय ७४ कोराना संक्रमित थपिए, १० जनाको मृत्यु

१ हजार २ सय ८१ जनाको पीसीआर परीक्षण गर्दा ४ सय १० र ७ सय ५८ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय ६४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

१० बुँदे सहमति कार्यान्वयन गर्न एमालेले तोक्यो प्रदेशमा जिम्मेवारी

आन्तरिक विवाद मिलाउन गत २७ असारमा गरेको १० बुँदे सहमति कार्यान्वयन गर्न नेकपा (एमाले)ले प्रदेशमा नेताहरुलाई जिम्मेवारी दिएको छ।

समृद्धिको पर्व गौराः भित्र्याइयो गौरा, खेलिँदै देउडा

सुदूरपश्चिम प्रदेशका गौरा घर तथा मन्दिरमा आज गौराको प्रतिमूर्ति भित्र्याइएको छ। भाद्र शुक्ल सप्तमी अर्थात् आजकै दिन गौरालाई खेतबाट गौराघरसम्म भित्र्याइएको छ। आज साउँ (एक प्रकारको वनस्पति) बाट पार्वतीको प्रतीकको रुपमा गौराको मूर्ति बनाई गौरा घरमा भित्र्याइएको हो। गौराको प्रतिमूर्तिलाई खेतबाट बाजागाजाका साथ महिलाले गौराघरसम्म ल्याएर भित्र्याइएका छन्।

मन्त्रीमाथि बलात्कार आरोप: बर्खास्त गर्न माग गर्दै मुख्यमन्त्री कार्यालय घेराउ

बलात्कार आरोपी कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीलाई बर्खास्त गर्न माग गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) र राष्ट्रिय युवा संघले मुख्यमन्त्री कार्यालय घेराउ गरेका छन्।

कोभिड अस्पतालको अनुगमन

कोभिड अस्पतालमा उपचाररत बिरामीको अवस्था, आइसियु, एडियु बेडलगायतका बारेमा अस्पतालका संयोजक वैद्यनाथ साह, चिकित्सक, स्वाथ्यकर्मीसँग जानकारी लिएका थिए।

प्रदेश १ मा ३ सय ४८ जनामा कोरोना संक्रमित, ३ सय ८२ जना संक्रमणमुक्त

मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा झापामा ९१, मोरङमा ८९, सुनसरीमा ५५, पाँचथरमा १८, इलाममा ६, तेह्रथुममा २, धनकुटामा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको हो।

प्रदेश २ सरकारका मन्त्रीको जिम्मेवारी हेरफेर

प्रदेश २ सरकारका दुई मन्त्रीलाई हेरफेर गरिएको छ। मुख्यमन्त्री लालबाबु राउतले आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवलाई भूमि व्यवस्था कृषि तथा सहाकारी मन्त्रीको जिम्मेवारी दिएका छ।

लुम्बिनी प्रदेश: भागबन्डा मिलाउन मन्त्रालय टुक्र्याइँदै

लुम्बिनी प्रदेश सरकारले भागबन्डा मिलाउन थप मन्त्रालय टुक्र्याउने तयारी गरेको छ। गठबन्धन सरकार भएकाले कानुनी र संवैधानिक परिधिभित्र रहेर मन्त्रालय टुक्र्याउन लागिएको प्रदेश सरकारले जनाएको छ।

प्रदेश १ मा एकीकृत समाजवादी र लोसपा दुबै कमजोर!

प्रदेश १ मा नेकपा (एमाले) फुटेर बनेको नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी फुटेर बनेको लोकतान्त्रिक समाजवादी पार्टी दुबै कमजोर देखिएका छन्। थोरै संख्यामा मात्रै नेता कार्यकर्ता मुल पार्टी छाडेर जाने भएपछि दुबै पार्टी प्रदेश १ मा कमजोर देखिएका हुन्।

मन्त्रीमाथि बलात्कार आरोपः सरकार र सत्ता साझेदार दल मौन

बलात्कार घटनामा प्रदेश सरकारको धारणा माग गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सरकारका प्रवक्ता सीता नेपालीलाई पटक–पटक फोन तथा एसएमएस गर्दा पनि सम्पर्कमा आउन चाहँदैनन्। सत्ता साझेदार दल माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीको धारणा पनि घटना सार्वजनिक भएको एक सातासम्म बाहिर आएको छैन।

प्रदेश १ मा नयाँ सरकार गठनको तयारी

प्रदेश १ मा नयाँ सरकार गठनको तयारी सुरू भएको छ। एमाले नेता भीम आचार्यको नेतृत्वमा गठन भएको सरकारले पूर्णता नपाउँदै प्रदेश १ को प्रतिपक्षी गठबन्धनले नयाँ सरकार गठनको तयारी थालेको हो।

ताप्लेजुङबाट प्रत्यक्ष निर्वाचित सबै सांसद मन्त्री

प्रतिनिधिसमा निर्वाचित एमाले सचिवसमेत रहेका प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईले संघीय सरकारको पर्यटन मन्त्रीको जिम्मेवारी त्यागेको केही समयपछि नै प्रदेश १ सरकारको आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी टंक आङबुहाङले पाए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्