१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

प्रदेश १ मा ३ सय ४८ जनामा कोरोना संक्रमित, ३ सय ८२ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३ सय ४८ जना कोरोना संक्रमित हुँदा ३ सय ८२ जना संक्रमण मुक्त भएका छन्। ९ सय २९ जनाको पिसिआर परीक्षण गर्दा २ सय ६५ र ४ सय ४० जनाको एन्टिजेन परीक्षण गर्दा ८३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा झापामा ९१, मोरङमा ८९, सुनसरीमा ५५, पाँचथरमा १८, इलाममा ६, तेह्रथुममा २, धनकुटामा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको हो। झापाको दमकमा ३२, विर्तामोडमा १९, शिवसताक्षीमा १०, कनकाईमा ७, कमल गाउँपालिकामा ६, मेचीनगर र अर्जुनधारामा ४–४, गौरादहमा ३, भद्रपुर र बुद्धशान्तिमा २–२, हल्दिबारी र झापा गाउँपालिकामा १–१, मोरङको विराटनगरमा ३९, सुन्दरहरैँचामा २३, पथरीशनिश्चरेमा १५, उर्लाबारीमा ५, कटहरीमा २, सुनबर्षी, ग्रामथान, बुढीगंगा, रतुवामाई र बेलबारीमा १–१, सुनसरीको इटहरीमा ४१, इनरुवा र बराहक्षेत्रमा ४–४, धरानमा ३, रामधुनीमा २, दुहबीमा १, पाँचथरको फिदिममा १४, फाल्गुनन्दमा २, हिलिहाङ र फालेलुङमा १–१, इलामको चुलाचुली र इलाम नगरपालिकामा २–२, सूर्योदय र माईमा १–१, तेह्रथुमको फेदापमा २, धनकुटाको पाख्रिबासमा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा आइतबार ३ सय ८२ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा १ सय ८९ महिला र १ सय ९३ पुरुष छन्। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ३ महिला र ३ पुरुष रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: १३ भाद्र २०७८ १२:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App