८ वैशाख २०८१ शनिबार
अर्थ

दैलेखका स्थानीय तहमा ४६ करोड बेरुजु

दैलेखका ११ स्थानीय तहमा ४६ करोड बेरुजु देखिएको छ। यो आर्थिक वर्षमा महालेखाले सार्वजनिक गरेको तथ्यांकमा ४ नगरपालिका र ७ गाउँपालिकामा यति धेरै बेरुजु देखाएका हो।

सबैभन्दा बढी ठाटीकाँध गाउँपालिका १० करोड १३ लाख २५ हजार बेरुजु निस्किएको छ। दुल्लु नगरपालिकामा ४ करोड ४० लाख ७० हजार, नारायण नगरपालिकामा ४ करोड २७ लाख ३ हजार, नौमुले गाउँपालिकामा ३ करोड ४६ लाख १६ हजार, महावु गापामा ३ करोड २६ लाख ८५ हजार, भैरवी गापामा ३ करोड ९५ लाख २२ हजार, भगवतीमाई गापामा १ करोड ८३ लाख १७ हजार, गुराँस गापामा ५ करोड, ४४ लाख १९ हजार, आठविस नपामा २ करोड ६८ लाख ६७ हजार, चामुण्डाविन्द्रासैनी नपामा २ करोड ६८ लाख ६३ हजार तथा डुंगेश्वर गापामा २ करोड, ९१ लाख, ९३ हजार बेरुजु देखिएको छ।

११ पालिकाका लागि १ अर्व २५ करोड ७३ लाख ३८ हजार रुपैँयाको लेखापरीक्षण गरिएको थियो। लेखापरीक्षणमा जनप्रतिनिधिहरुले आफन्तलाई नियमविपरित तलबभत्ता खुवाएको तथा योजनाहरुमा रित नपुगेकाहरु बेरुजूमा देखाइएको छ।

प्रकाशित: १३ भाद्र २०७८ ०८:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App