१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

प्रदेश १ मा ४ सय ८३ जनामा कोरोना संक्रमण

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४ सय ८३ जनामा कोरोना भाइरस संक्रमण भएको छ। ७ सय ७९ जनाको पिसिआर परीक्षण गर्दा २ सय ७२ र १ हजार १ सय ३ जनाको एन्टिजेन परीक्षण गर्दा २ सय ११ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा सुनसरीमा १२०, मोरङमा ७५, झापामा ४०,  पाँचथरमा २१, इलाम र उदयपुरमा ४–४, संखुवासभामा २, धनकुटा, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको हो।  

सुनसरीको इटहरीमा ९३, धरानमा १९, बराहक्षेत्रमा ३, रामधुनीमा २, दुहबी, बर्जु र स्थानीय तह नखुलेका १–१, मोरङको विराटनगरमा ३८, बेलबारीमा १८, केराबारी र सुन्दरहरैँचामा ५–५, लेटाङमा ३, कानेपोखरी र पथरीशनिश्चरेमा २–२, बुढीगंगा र कटहरीमा १–१, झापाको दमक र भद्रपुरमा ९–९, गौरादहमा ७, मेचीनगरमा ४, हल्दिबारी र विर्तामोडमा ३–३, शिवसताक्षी र कमल गाउँपालिकामा २–२, बुद्धशान्तिमा १, पाँचथरको फिदिममा २०, हिलिहाङमा १, इलामको चुलाचुलीमा २, इलाम नगरपालिका र देउमाईमा १–१, उदयपुरको चौदण्डीगढीमा ३, बेलकामा १, संखुवासभाको चैनपुर र खाँदबारीमा १–१, धनकुटाको धनकुटा नगरपालिका, भोजपुरको भोजपुर नगरपालिका र खोटाङको दिक्तेल रूपाकोटा मझुवागढीमा १–१ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।  

प्रदेश १ मा शनिबार ४ सय ९७ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा २ सय ४३ महिला र २ सय ५४ पुरुष छन्। कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ४ महिला र ३ पुरुष रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: १२ भाद्र २०७८ १०:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App