२६ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

कोभिड अस्पतालको अनुगमन

प्रदेश १ का सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङले प्रदेश १ सरकारले सञ्चालन गरेको कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रको आइतबार अनुगमन गरेका छन्। मन्त्री साम्सोहाङले कोभिड अस्पतालमा उपचाररत बिरामीको अवस्था, आइसियु, एडियु बेडलगायतका बारेमा अस्पतालका संयोजक वैद्यनाथ साह, चिकित्सक, स्वाथ्यकर्मीसँग जानकारी लिएका थिए।

उनले कोरोना संक्रमितको उपचार प्रभावकारी र कुनै गुनासो नआउने गरी काम गर्न निर्देशन दिएका छन् । कोभिड संयोजक साहले अस्पतालमा अहिले बेडको अभाव नभएको मन्त्रीलाई जानकारी दिए। मन्त्री साम्सोहाङले कोभिड अस्पतालको प्रशासनिक कार्य उपचार केन्द्रको खाली भवनबाट गर्ने गरी व्यवस्थापन मिलाउन निर्देशन दिएका छन्। उनले भने,‘ टेन्टबाट भन्दा खाली भवन मर्मत गरेर सञ्चालन गर्नुहोस्।’

प्रदेश सरकारले सञ्चालन गरेको कोभिड अस्पताल आइसियु, एसडियु, भेन्टिलेटरसहित गरी ९६ बेडको रहेको छ। कोभिड अस्पतालको सामाजिक विकास मन्त्री साम्सोहाङ, मन्त्रालयका सचिव कमलप्रसाद भट्टराईलगायतले अनुगमन गरेका थिए। 

प्रकाशित: १३ भाद्र २०७८ १३:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App