४ मंसिर २०८१ मंगलबार
image/svg+xml

माछापुच्छ्रेको केन्द्र जोड्ने सडक अलपत्र

कास्कीको माछापुच्छ्रे गाउँपालिकाको केन्द्र जोड्ने गरी निर्माणाधीन सडकमा लामो समयदेखि काम ठप्प छ।

कैलाली–१ मा गठबन्धनको अवस्था बलियो

मत परिणाम अनुसार दोस्रो स्थानमा नागरिक उन्मुक्ति पार्टी रहेको छ। सो पार्टीका वडाध्यक्षहरुले प्राप्त गरेको मत १७ हजार १९३ रहेको छ। तेस्रो स्थानमा रहेको नेकपा एमालेका वडाध्यक्षको मत ९ हजार ८८२ रहेको छ। क्षेत्र नं. १ अन्तरगत टीकापुर नगरपालिकाका नौ वडामा प्राप्त मत अनुसार सबैभन्दा धेरै नागरिक उन्मुक्तिले ७ हजार १३९ मत प्राप्त गरेको छ। उसले दुई वटा वडामा जितेको छ।

उम्मेदवारलाई बाढी पीडितको प्रश्न- काम नगर्नेलाई किन भोट दिने?

बाढीले खेत र धान बगाएपछि निराश बनेका विकलाई अनुमगनमा पुगेका सांसद तथा मन्त्रीहरुले राहत उपलब्ध गराउने आश्वासन दिए। सांसद तथा मन्त्रीहरुबाट आश्वासन पाएपछि विकले केही राहतले श्वास फेरे।

खाद्य संकटको जोखिममा नरैनापुर

बाँकेको नरैनापुर गाउँपालिका–४ का असफाख खानले गत वर्ष २२ बिघामा लगाएको धान बेमौसमी वर्षाले सखाप पार्‍यो।

भारतीयले विस्फोट गरेको ढुंगा उछिट्टिएर नेपाली बालकको मृत्यु

भारत पिथौरागढ जिल्लाको धारचुला अन्तर्गतको तवाघाट–लिपुलेक सडक खण्डको लखिमपुरको चट्टानी भू–भागमा सडक निर्माण गरिरहेको गर्ग एण्ड गर्ग निर्माण कम्पनीले सीमा क्षेत्रमा कुनै जानकारी नदिइ विष्फोट गराउँदा घटना भएको उनले बताए। पवनसँगै हिडिरहेकी उनकी बहिनी समेत पारीबाट उछिट्टिएर आएको ढुंगा लागेर घाइते भएकी छिन्।

गाउँपालिका केन्द्रमा पुग्यो बिजुली

समाचारको सारांश नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रशारण लाइन गाउँपालिकाको केन्द्रमा विस्तार गरिएपछि गाउँपालिकाको केन्द्रमा विद्युत् पुगेको हो। विद्युत् नहुँदा यसअघि गाउँपालिकाले प्रवाह गर्ने सेवा प्रभावित हुँदै आएको थियो।

पर्यटकीय चहलपहल बढ्यो कञ्चनजङ्घा क्षेत्रमा

उनले भने, 'आज पनि १६ जनाको समुह आउँदै छ। चेक पोष्टमा आइपुगेर मात्र कुन–कुन देशको हो थाहा हुन्छ।' साउथ रुट हुँदै आन्तरिक पर्यटक पनि कञ्चनजङ्घा हिमाल क्षेत्रको अवलोकनमा जाने क्रम जारी रहेको राईले बताए।

उम्मेदवारलाई मतदाताको प्रश्नः बाँदर नियन्त्रण गर्ने योजना छन्?

'जनताको सेवा सुविधाका लागि मतदान गर्ने हो, यसपटक बलेवाबाट सङ्घीय र प्रदेशका लागि दुई जना उम्मेदवारले प्रतिनिधित्व गर्दै हुनुहुन्छ हामी खुसी छौँ तर हाम्रो अहिलेको मुख्य माग भनेको बाँदर नियन्त्रण हो',

उपचारका क्रममा कैदीको मृत्यु

कारागारका निमित्त जेलर तुलसीराम भगतका अनुसार मुटु तथा पेटको समस्या देखिएपछि नोबेल शिक्षण अस्पतालमा उपचारकै क्रममा बिहीबार साँझमा उनको मृत्यु भएको हो। उच्च रक्तचापको पुरानै समस्या रहेका विक अचानक बिरामी परेपछि कोसी अस्पताल भर्ना गरिए पनि कोसीले थप उपचारका लागि नोबेल पठाएको थियो।

दाम्रीगाडको पक्की पुल निर्माण कार्य अलपत्र

ठेकेदारले निर्माणाधीन पुल तीन वर्ष बितिसक्दा समेत पूर्ण रूपमा बनाउन नसक्दा पुलको निर्माण कार्य अलपत्र परेको हो।

मिर्गौला प्रत्यारोपणमा वीर अस्पतालको लापरवाही

धादिङको गल्छी गाउँपालिका-२ कल्लेरीकी महिला सदस्य चमेली गैरेले करिब ६ महिनादेखि डायलासिस गराइरहेकी थिइन्। मिर्गौला प्रत्यारोपण गरी सहज जीवन चलाउन परिवारजनले निर्णय गरेपछि चमेलीकी सासू जुठी सार्की मृर्गौला दिन राजी भएकी थिइन्। प्रत्यारोपणका लागि ३ महिनायता निरन्तर दाता र बिरामी दुवैको विभिन्न परीक्षण भइरहेको थियो।

छोराछोरीको पढाई सुधार्न आमा पनि ‘स्कूल’

कक्षा ८ मा पढ्ने बिपिन गुरुङकी आमा माईली गुरुङले एकदिन छोराकै कक्षामा बिताईन्। बिहान १० देखि बेलुकी ४ बजेसम्म विद्यालय गएको छोराले दिनभर त्यहाँ के–के गर्दो रहेछ भनेर उनले पहिलो पटक आफैँले देखिन्।

अन्धगल्छी, रुप्से झरना र बाजाढुङ्गा गुफा जोड्ने पदमार्ग निर्माण

अन्नपूर्ण गाउँपालिकाको अनुदान सहयोगमा अन्धगल्छी नजिकैको काभ्रे गाउँदेखि रुप्से झरना हुँदै बाजाढुङ्गासम्म जोड्ने रेलिङसहितको पदमार्ग निर्माण भएको हो।

इलामको सन्दकपुर गाउँपालिकामा रेबिज फैलिएपछि त्रास

‘रेबिज सम्भावित करिब ४ चार सय पशुमा खोप लगाउनु आवश्यक देखिएको छ,’ उनले भने, ‘अवस्था हेरी एउटै पशुलाई ३ डोजसम्म लगाउनुपर्ने हुनसक्छ।’

चुमनुब्री र आरुघाटमा राष्ट्रिय परिचय बनाउने टोली खटिए

जिल्ला प्रशासन कार्यालय गोरखाले १० दिनकालागि टोली पठाएको हो। ‘दुर्गम ठाउँ भएको र जाडो बढ्दै जाँदा हिमपात हुने भएकाले अहिले चुमनुब्रीमा अहिले नै पठाइएको हो’ गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले भने।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्