४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कैलाली–१ मा गठबन्धनको अवस्था बलियो

स्थानीय तह निर्वाचनको मत परिणाम हेर्दा कैलाली क्षेत्र नं. १ मा गठबन्धनको अवस्था बलियो देखिएको छ। क्षेत्र नं. १ अन्तरगतका वडाध्यक्षहरुले प्राप्त गरेको मत परिणाम अनुसार गठबन्धनको पक्षमा २० हजार २४८ मत देखिन्छ। क्षेत्र नं. १ माविभिन्न चार पालिकाका २३ वटा वडा रहेका छन्।

नेपाली काँग्रेसबाट उम्मेदवार रहेका वडाध्यक्षहरुले प्राप्त गरेको मत १३ हजार ५३० र नेकपा माओवादीका वडाध्यक्षहरुले प्राप्त गरेको मत ६ हजार ७१८ रहेको छ। यसमा नेकपा एकीकृत समाजवादीका वडाध्यक्षले प्राप्त गरेको मत समेत जोडिएको छ।

मत परिणाम अनुसार दोस्रो स्थानमा नागरिक उन्मुक्ति पार्टी रहेको छ। सो पार्टीका वडाध्यक्षहरुले प्राप्त गरेको मत १७ हजार १९३ रहेको छ। तेस्रो स्थानमा रहेको नेकपा एमालेका वडाध्यक्षको मत ९ हजार ८८२ रहेको छ। क्षेत्र नं. १ अन्तरगत टीकापुर नगरपालिकाका नौ वडामा प्राप्त मत अनुसार सबैभन्दा धेरै नागरिक उन्मुक्तिले ७ हजार १३९ मत प्राप्त गरेको छ। उसले दुई वटा वडामा जितेको छ।

गठनबन्धनमा आवद्ध नेपाली काँग्रेस र नेकपा  माओवादीले तीन/तीन वडाध्यक्ष जितेका छन्। उनीहरु मध्ये काँग्रेसले ६ हजार ९६७ र माओवादीले ३ हजार ७१२ मत पाएको छ। सबैभन्दा धेरै मतदाता रहेको वडा नं. १ मामात्रै जित हात पारेको एमालेले ४ हजार ६०४ मत प्राप्त गरेको छ।

जोशीपुर गाउँपालिकाका ४ वडामा जित हात पारेको नागरिक उन्मुक्तिले ४ हजार ६२८ मत पाएको छ। बाँकी तीन वटा वडामा नेकपा एमाले, माओवादी र जसपाले एक/एक वडा जितेको छ। कुनैपनि वडा नजितेको काँग्रेसले ३ हजार ६४३ मत पाएको छ। त्यस्तै नेकपा एमालेले २ हजार ११७, माओवादीले १ हजार ३३९ मत प्राप्त गरेको छ।

जोशीपुरमा राप्रपाका वडाध्यक्षले १ हजार ५८८ र जसपाले ९४७ मत पाएको छ। क्षेत्र नं. १ मा ५ वटा वडा मात्रै रहेको जानकी गाउँपालिकामा समेत नागरिक उन्मुक्तिले नै सबैभन्दा धेरै मत पाएको छ। उसले ३ हजार ६१७ मत प्राप्त गरेको छ। यहाँ एमालेको मत दोस्रो स्थानमा छ। उसले २ हजार ७३५ मत पाएको छ। काँग्रेसले २ हजार ४७५ र माओवादीले ८३७ मत प्राप्त गरेको छ।

त्यस्तै भजनी नगरपालिकाका दुई वटा वडा समेत क्षेत्र नं. १ मा पर्छन्। जहाँ नागरिक उन्मुक्ति एक्लैले १ हजार ८०९ मत पाएको छ। जहाँ माओवादीले ८३०, जसपाले ६४६, राप्रपाले ६३२, काँग्रेसले ४४५ र एमालेले ४२६ मत पाएको छ। २०७४ को आमनिर्वाचनमा रेशमलाल चौधरीले प्राप्त गरेको मत भन्दा हालै सम्पन्न स्थानीय तह निर्वाचनमा उनी संरक्षित नागरिक उन्मुक्ति पार्टीले प्राप्त गरेको मत आधामात्रै छ। चौधरीले ३४ हजार ३४१ मत प्राप्त गरेका थिए। उनी तत्कालीन निर्वाचनमा राजपाबाट चुनाव लडेका थिए।

उनले प्राप्त गरेको मत अरु सबै उम्मेदवारले प्राप्त गरेको मत भन्दा धेरै थियो। स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टी गठन गरियो। सो पार्टीले कैलालीका चार पालिकाको प्रमुख जितेको छ। तर चौधरीले प्राप्त गरेको मत स्थानीय तह निर्वाचनमा आधा घटेको देखिन्छ। वडाध्यक्षले प्राप्त गरेको मतलाई मात्रै सुरक्षित गर्न सके गठनबन्धनले जित्ने आँकलन गर्न थालिएको छ।

गठनबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रामजनम चौधरीले आफ्नो जितनिश्चित रहेको दावी गरे। उनले नागरिक उन्मुक्तिको पछिल्लो क्रियाकलाप परिवारमुखी भएको जनगुनासो बढ्दै गएको बताए। उनले टीकापुर घटना कुनै एक व्यक्तिको मात्रै नभइ सो घटनासँग जोडिएका सबैको साझा मुद्दा भएको बताए। उनले टीकापुर घटनाको राजनीतिकअवतरण भएमात्रै आरोपी सबैले न्यायपाउने बताए।

प्रकाशित: १२ कार्तिक २०७९ ०८:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App