४ मंसिर २०८१ मंगलबार
image/svg+xml
समाज

उपचारका क्रममा कैदीको मृत्यु

जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएपछि मोरङ कारागारमा कैद सजाय भुक्तान गरिरहेका डिकबहादुर विकको मृत्यु भएको छ। केराबारी गाउँपालिका–१ का ५० वर्षीय विक विराटनगरस्थित कारागारमा कैद भुक्तान गरिरहेका थिए।

कारागारका निमित्त जेलर तुलसीराम भगतका अनुसार मुटु तथा पेटको समस्या देखिएपछि नोबेल शिक्षण अस्पतालमा उपचारकै क्रममा बिहीबार साँझमा उनको मृत्यु भएको हो। उच्च रक्तचापको पुरानै समस्या रहेका विक अचानक बिरामी परेपछि कोसी अस्पताल भर्ना गरिए पनि कोसीले थप उपचारका लागि नोबेल पठाएको थियो।

मोरङ जिल्ला अदालतले जबरजस्ती करणी मुद्दामा विकलाई २०७४ चैत ८ गते १० वर्ष कैद सजाय तोकेको थियो। मृतक विकको शव परिवारको जिम्मा लगाइसकिएको कारागार प्रशासनले जनाएको छ। मोरङ कारागारमा हाल १ हजार ७४ जना कैदी बन्दी रहेका छन्।

प्रकाशित: ४ कार्तिक २०७९ १३:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App