४ मंसिर २०८१ मंगलबार
image/svg+xml

ऊनका कपडाको माग नेपालमा भन्दा विदेशमा बढी

ऊनबाट बन्ने कपडाको माग नेपाली बजारमाभन्दा विदेशमा बढी हुने गरेको उनीहरुको भनाइ छ। युवापुस्तामा ऊनबाट कपडा बुन्ने सीप नभए पनि बुढापाकाले भने निरन्तरता दिँदै आएका छन्।

बरेङ गाउँपालिकाका वडा सचिवविहीन

बागलुङको बरेङ गाउँपालिकाका सबै वडा कार्यालय वडा सचिवविहीन बनेका छन्। पाँच वडा रहेको बरेङ वडा सचिवविहीन पालिका बनेको छ।

सशस्त्र प्रहरी असई हत्याः तीन सदस्यीय छानवीन समिति गठन

अनुसन्धानका लागि नेपाल प्रहरीलाई सहयोग गर्न र सप्तरीमा के कसरी कमजोरी भएको हो भन्ने बारेमा छानवीन गर्न सो समिति गठन गरेको सशस्त्र मूख्यालयले जानकारी दिएको छ। असई सत्यनारायण यादवको हत्यापछि उनको शव भारतीय भूमिमा फालिएको थियो।

पुल नहुँदा जोखिम

दैलेखको भगवतीमाई गाउँपालिकास्थित बालतडा खोलामा पुल नहुँदा स्थानीयहरु जोखिम मोलेर खोला पार गर्नुपर्ने बाध्यता भएको हो।

उत्तरी गोरखामा ५० भन्दा बढी पर्यटक रोकिए, लोक्पा पहिरोमा एक जना फसे

लगातारको वर्षातका कारण चुमनुब्री गाउँपालिका ४ गप र वडा नम्बर ६ चुम्लिङमा विदेशी पर्यटक रोकिएका गाउँपालिका अध्यक्ष निमा लामाले बताए।

ज्याला नपाउँदा मजदुरले मनाउन पाएनन् दशैँ, ठेकेदार सम्पर्क बिहिन

कैलालीको चुरे गाउँपालिका क्षेत्रको सडकमा कामगर्ने मजदुर दुई वर्षदेखि पाउनुपर्ने ज्याला रकम नपाउँदा दशैँ कसरी मनाउने भन्ने चिन्तामा छन्।

राँगोको मार हान्न तीन लाख बढीको बोलकबोल !

भगवती कोत मन्दिरमा कालरात्रिको राति कोत मन्दिरमा सर्वसाधारणको बीचमा खुला बोलकबोल गर्ने परम्परागत चलन रहेको छ।

शेर्पा मनास्लु हिमपहिरोमा बेपत्ता, बिहानैदेखि खोजी

आइतबार दिउँसो करिब साँढे तीन बजे गएको हिमपहिरो चार जना परेका मध्ये दावा बेपत्ता भएका र अन्य तीन जना शकुसल रहेको प्रहरीले जनाएको छ।

नेटुवा समुदायलाई छैन दशैँको रौनक

उमेरले चालिस काटेका महेन्द्र नटुवाले बडादशैँ आफूहरूका लागि कुनै रौनकको पर्व नभएको बताउँछन्। सधैँ एक छाक कसरी खाने भन्ने पिरलोमा रहेका उनी भन्छन्, “एक छाक कसरी खाने चिन्ता यसैमा छ, के को दशैँ आउनु।”

तिब्बतसँग सिमा जोडिएको गोरखाको चुमनुब्रीलाई चीन सरकारको एक्साभेटर सहयोग

तिब्बत स्थित महाबाणिज्यदुतको कार्यालयले पालिकाहरूलाई रसुवागढी नाकामा एक्साभेटर हस्तान्तरण गरेको चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भिमसेन श्रेष्ठले बताए।

दसैंका मुखमा खाद्य डिपो रित्तै

खाद्य व्यवस्था तथा व्यापार कम्पनीका खाट र काउली डिपोमा चामल नहुँदा सर्वसाधारण खाली हात फर्कन बाध्य भएका छन्।

गाउँका खाद्य डिपो रित्तै

पचालझरना गाउँपालिकाका विक्रम बम सुपथ मूल्यको मसिनो चामल लिन सदरमुकाम मान्म आइपुगे। पाँच सय रूपैयाँ गाडी भाडा तिरेर आएका बम दिनभर लाइन बसे तर चामल पाएनन्।

दशैँको मौका छोपेर भारतबाट सामान तस्करी

सिमा सुरक्षामा खटिने सशस्त्र प्रहरी नै अवैध धन्दामा लाग्दा राज्यलाई कराडौं राजश्व नोक्सानी भइरहेको स्थानीय बताउँछन्। ‘यो नाकामा दिउँसो नै तस्करीका सामान खुलेआम रुपले भित्रिन्छ, रातको समयमा त झन् के हुन्छ होला तपाई आफैं कल्पना गर्नुस्,’ नाम नछाप्ने शर्तमा शिवपुरीकी एक महिलाले भनिन्। दशैँको मौका छोपेर यहाँबाट तस्करी झनै बढेको छ।

मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

दैलेख गुराँस गाउँपालिका–१ पातल खोलामा चामुण्डाविन्द्रासैनी नगरपालिका–८ बस्ने रितिक रोशन शाही, दिनेश शाही, विनोद शाही, सोही नगरपालिकाका–४ बस्ने आशिष शाही मोटरसाईकल चोरी गर्दा गर्दै पक्राउ परेका हुन्। उनीहरुले लु८०प १९३५, लु८०प २०१८, क.प्र.०२००१ प २०९ र भे४प ८५८३ नम्बरको मोटरसाइकल चोरी गरी भागीरहेको अवस्थामा पक्राउ परेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्