३० वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

सशस्त्र प्रहरी असई हत्याः तीन सदस्यीय छानवीन समिति गठन

सशस्त्र प्रहरी बल सप्तरीमा कार्यरत एक प्रहरी सहायक निरीक्षकको हत्यामा सशस्त्र प्रहरीकै संलग्नता भेटिएपछि प्रहरी महानीरिक्षक राजु अर्यालले तीन सदस्यीय छानवीन समिति गठन गरेका छन्। सशस्त्र प्रहरी मूख्यालय स्रोतका अनुसार विहिबार साँझ एआइजी सीपी गौतमको संयोजकत्वमा तीन सदस्यीय छानवीन समिति गठन गरेका हुन्।

अनुसन्धानका लागि नेपाल प्रहरीलाई सहयोग गर्न र सप्तरीमा के कसरी कमजोरी भएको हो भन्ने बारेमा छानवीन गर्न सो समिति गठन गरेको सशस्त्र मूख्यालयले जानकारी दिएको छ। असई सत्यनारायण यादवको हत्यापछि उनको शव भारतीय भूमिमा फालिएको थियो। नागरिक दैनिककले उनको हत्या सम्बन्धी समाचार पहिलो पटक प्रकासित गरेपछि सशस्त्र प्रहरीले छानवीन शुरु गरेको थियो। छानवीनका लागि सशस्त्र प्रहरी बल सप्तरीका प्रमुख एसपी प्रदीप खड्कालाई मूख्यालय तानिएको छ।  

सशस्त्र प्रहरी बल गण नं. ६ हेडक्वार्टर राजविराजमा दरबन्दी भई बोर्डर आउट पोस्ट (बिओपी) छिन्नमस्तामा कार्यरत असई यादवको शव असोज २० गते बिहीबार सीमावर्ती बिहार राज्यको मधुवनी जिल्लाअन्तर्गत जिरोगा पुनर्वासस्थित घोडदह खोलामा फेला परेको थियो। यादवलाई हत्या गरी फालिएको स्थान नेपाल–भारत सीमाभन्दा तीन किलोमिटर दक्षिण भारतमा पर्छ।

सिरहाको भगवानपुर गाउँपालिका–२ नहरा घर भएका असई यादव असोज १८ देखि तीन दिन बिदा लिई घर गएको सशस्त्र प्रहरी बल गण नम्बर ६ हेडक्वार्टर राजविराजले जनाएको छ। उनी असोज २१ गते शुक्रबार कार्यालयमा हाजिर हुनुपर्ने थियो। तर बिहीबार दिउँसो उनको शव भारतीय क्षेत्रमा फेला परेपछि भारतीय प्रशासनले पहिचानका लागि स्थानीयमाझ तस्बिर सार्वजनिक गरेको थियो। नेपालको बोर्डरमा रहेको सशस्त्र प्रहरीको बिओपीमा कार्यरत रहेकाले स्थानीयले उनी नेपाली सुरक्षाकर्मी रहेको भन्दै भारतीय प्रशासनलाई जानकारी दिएका थिए। भारतीय प्रशासनले आवश्यक प्रक्रिया पूरा गरी शव नेपाली सुरक्षाकर्मीको जिम्मा लगाएको थियो। असई यादवको शव निर्वस्त्र अवस्थामा फेला  परेको थियो।

प्रकाशित: २७ आश्विन २०७९ १३:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App