४ मंसिर २०८१ मंगलबार
image/svg+xml

गोल्डी मृत्यु प्रकरण: श्रीमानविरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी

गोल्डीका पिता पेशकार बर्माले ज्वाई निराजनले नै छोरीको हत्या गरेको आशंकामा कर्तव्य ज्यानमा किटानी जाहेरी दिएका हुन्।

चट्याङ लागेर सुनसरीमा दुईको मृत्यु

मृत्यु हुनेमा देवानगञ्ज गाउँपालिका–१ का ४५ वर्षीया रीतादेवी यादव र वडा नं २ का उदितचन्द्र यादव रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए।

डिलासैनी गाउँपालिकामा तीन वटा भवन निर्माणका लागि जग्गादान

गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि २० रोपनी, १० शैंयाको अस्पताल भवन लागि १० रोपनी र प्रहरीचौकी भवन निर्माणका लागि ५ रोपनी जग्गादान गरेका हुन्।

३७ जना परिवारको एउटै भान्सा

एकै पटक ३७ जनालाई खाना पकाउन नसक्दा हरेक छाकमा दुई पटक पाक्छ। 'बिहान बच्चाले खाना खाएर स्कुल जान्छन् पछि हामीहरुले खाने खाना पकाउँछाँ', साइला छोरा समसुल खाले भने, 'एकै ठाउँमा कोचाकोच गरेर भए पनि बसेका छाैँ ठूलो परिवारमा बस्ने बानी पर्‍यो अब छुटिएर एक्लै बस्न सक्दैनौँ।'

आफ्नै भूगोल प्रयोग गरेर बन्यो पक्की पुल

‘पुल मात्र बनेको छैन, यसले जिल्लाको समग्र यातायात कठिनाइलाई समेत हल गरेको छ’ पुल उद्घाटन समारोहलाई सम्बोधन गर्दै हाङ्गामले भने।

खोला एकातिर, पुल अर्कोतिर

'पुल बनेपछि स्थानीयबासीको आवतजावत गर्ने तथा पिपरा बजारमा चहलपहल बढ्ने सपना चकनाचुर भएको छ।' खोला नभएको ठाउँमा बनेको ७ सय मिटर लामो पुल हेर्दै डुंगामा चढेर खोला तर्नुपर्ने अवस्था सिर्जना भएको झा बताउँछन्।

वर्षाले सडक भत्काएपछि दशैँ तिहार यात्रा कष्टकर

यो वर्ष ३/४ दिन र बढीमा सातादिन बिराएर मुसलधारे वर्षा भइरहेको छ। छिटो–छिटो वर्षा हुने भएकाले बिग्रे भत्केको सडक मर्मत गर्न नभ्याइने समस्याले सवारी आउ–जाउ गर्न धेरै कठिनाइ पर्ने गरेको छ। खासगरी सदरमुकाम गाईघाटदेखि विकट पहाडी लिमचुङबुङ, ताप्ली र रौतामाई गाउँपालिका आउ–जाउ गर्न धेरै कठिनाइ भइरहेको छ।

पहिरो पीडितलाई राहत वितरण

पहिरोले सोही ठाउँमा अन्य पाँच घर उच्च जोखिममा परेका छन्। स्थानीय मानसिंह महरा, राइसिंह महरा, ध्वज महरा, गणेश महरा र ज्ञानेन्द्र महराको घर पहिरोको उच्च जोखिममा परेका हुन्।

हेलम्बु ककनीमा खेर गइरहेको जमिनबाट आम्दानी

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–३ ककनीमा पाँच युवा कृषक मिलेर सात करोड लगानी गरी कृषि फार्म सञ्चालन गरेका छन्।

गाउँपालिका अध्यक्ष यादवमाथि हमला

पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव माथि हमला भएको छ। घट्नामा अध्यक्ष यादव जोगिए पनि उनीसंग गाडिमा सवार २ जना घाइते भएका छन्।

उपयुक्त पर्यटकीय रुट बन्दै डोल्पा

वर्षायाम सकिनै लाग्दा उपल्लो डोल्पामा घुम्न आउनेको सङ्ख्यासमेत बढ्दै गएको छ। दुई वर्ष पहिलेसम्म यहाँ सञ्चारको सुविधा थिएन, अहिले यहाँ सञ्चारको सुविधासँगै इन्टरनेट सेवा समेत पुगेको छ। पत्रकार तथा अन्य उपल्लो डोल्पा आउन चाहने व्यक्तिले दोर्जेलाई त्यहाँको मौसमदेखि पर्यटकीय क्षेत्रका विषयमा जानकारी फोन, इन्टरनेटमार्फत लिने गर्दछन्। धो आफैँमा सुन्दर फाँट छ।

बन्दीपुरमा ‘एक विद्यालय,एक कम्प्युटर’ अभियान

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न गाउँपालिकाले ती विद्यालयलाई कम्प्युटर प्रदान गरेको हो।

पहिलो पटक गिडिदह पुगेर फर्कियो सरकारी टोली

जुम्लाकै ठूलो ताल तर पूर्वाधार अभावले पहिचान हुन नसकेको गिडिदहको वास्तविक अवस्था र पर्यटकीय प्रवर्द्धन गर्न तातोपानी गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, इञ्जिनियरहरु, स्थानीय तथा पत्रकारहरुको टोली पुगेको हो।

कार्यपालिका बैठकमा हुलहुज्जत गर्न खोज्ने प्रहरी नियन्त्रणमा

मदिरा सेवन गरी जनप्रतिनिधि तथा कर्मचारीलाई गालीगलौज गर्दै बैठक नै बिथोलिने वातावरण बनाएपछि इलाका प्रहरी कार्यालय केशरगंजको प्रहरी टोलीले स्थानीय हरिनायण महतो सुडी, संजित यादव लगायतलाई नियन्त्रणमा लिएको हो।

कर्मचारी अभावको कारण देखाउँदै आठराइ त्रिबेणीद्वारा काजमा खटिएका कर्मचारी फिर्ताको माग

पालिकाका कर्मचारी काजमा खटाइएका कारण कर्मचारी अभाव भइ दैनिक सेवा प्रवाह गर्न कठिनाइ भएको भन्दै गाउँ कार्यपालिकाको बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्रमार्फत काजमा खटिएका कर्मचारीलाई फिर्ता बोलाउने कार्यमा संघीय सरकारको ध्यानाकृष्ट गर्ने निर्णय गरेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्