२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

मिर्गौला प्रत्यारोपणमा वीर अस्पतालको लापरवाही

वीर अस्पतालमा डाक्टरले दाताबाट निकालिएको मिर्गौला प्रत्यारोपण गर्ने समयमा योग्य भएन भनेपछि बिरामीका आफन्तहरु चिकित्सकीय लापरवाही भएकाे भन्दै आक्रोशित बनेका छन्।

धादिङको गल्छी गाउँपालिका-२ कल्लेरीकी महिला सदस्य चमेली गैरेले करिब ६ महिनादेखि डायलासिस गराइरहेकी थिइन्। मिर्गौला प्रत्यारोपण गरी सहज जीवन चलाउन परिवारजनले निर्णय गरेपछि चमेलीकी सासू जुठी सार्की मृर्गौला दिन राजी भएकी थिइन्। प्रत्यारोपणका लागि ३ महिनायता निरन्तर दाता र बिरामी दुवैको विभिन्न परीक्षण भइरहेको थियो।

गत मंगलबार चिकित्सकहरूले अपरेसन थिएटरमा लगेर सासूको मिर्गौला निकालेका थिए। स्वास्थ्य परीक्षण गरेर झिकिएको मिर्गौला बुहारीलाई प्रत्यारोपण गर्ने बेला ‘मिर्गौला मिलेन’ भन्दै प्रत्यारोपण नगरेको परिवारका सदस्यले बताएका छन् भने चमेलीका पति जीतबहादुरले अस्पताल र डाक्टरको गम्भीर लापरबाही भएको गुनासो गरेका छन्।

मंगलबार बिहान १० बजेबाट चमेलीमा मिर्गौला प्रत्यारोपणको कार्य सुरू भएको थियो। आफूहरूलाई दिउँसो तीन बजेमात्रै प्रत्यारोपण हुन नसक्ने जानकारी गराएको आफन्तले बताए। बिरामीका आफन्तले घटनाको जानकारी नदिएको भन्दै चिकित्सकले लापरवाही गरेको आरोप लगाउँदै उक्त घटनामा संलग्न चिकित्सकलाई कारबाहीको माग गरेका छन्।

अस्पतालले यो घटनाको विषयमा छानविन गर्न सर्जरी विभागका चिकित्सक डा. प्रविण श्रेष्ठको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको छ। आज शल्यक्रियामा संलग्न चिकित्सक, बिरामीका आफन्त, अस्पतालका प्रशासनबीच छलफल भइरहेको छ।

आर्थिक अवस्था कमजोर रहेका कारण चमेलीको उपचारमा यसअघि गाउँपालिकाले पनि सहयोग गरेको थियो। गल्छी गाउँपालिका २ की महिला सदस्य रहेकी चमेली २०७४ को स्थानीय निर्वाचनमा पनि सोही वडाको महिला सदस्यमा निर्वाचित भएकी थिइन्।

प्रकाशित: ३ कार्तिक २०७९ ०९:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App