१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

दुई पटक राजनीतिको सिकार हुँदा पनि उत्साहित

सन् २०१० मा बंगलादेशमा हुने ११औं दक्षिण एसियाली खेलकुद (साग) का लागि करातेकी चञ्चला दनुवार महिला एकल कातातर्पmबाट तीन महिनादेखि राष्ट्रिय टोलीमा प्रशिक्षणरत थिइन् ।

एसइईको अनावश्यक उत्साह

एसइई परीक्षाफल प्रकाशन भयो। यो परीक्षाको परिणाम सहर बजारमा पढ्नेहरूमा ‘ए प्लस’ आउँछ कि आउँदैन भन्ने चिन्तन देखिन्छ। ए आउनु अब सामान्य हो रे ! त्यसभन्दा तलकाले धेरै फूर्ति लगाउने ठाउँ रहेनछ। यो नजिताबारे लेख्ने सोचेर किबोर्ड हेर्दै गर्दा एसइईको पूरा रूप के हो ? सम्झन खोजेँ। आएन। कोसिस गरेँ– स्कुल एक्जामिनेसन इभ्यालुएसन हुनुपर्ला भन्ने लाग्यो। विश्वास लागेन। गुगलको सहारा लिएँ– सेकेन्डरी एडुकेसन एक्जामिनेसन रहेछ। नेपाली अर्थ लगाउन खोजेँ– माध्यमिक शिक्षा परीक्षा। कक्षा ११ र १२ लाई उच्च माध्यमिक भनेपछि माध्यमिक परीक्षा ठीकै होला भन्ने लाग्यो। मेरो दिमागमा आज पनि यो एसएलसी परीक्षा नै हो।

भारतीय तरकारी रोकिएपछि किसान उत्साहित

विषादी परीक्षणबिना आयात हुने तरकारी तथा फलफूलका कारण मानव स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरेको भन्दै भन्सार विभागले असार २ गते तरकारी फलफूल आयात बन्द गर्न भन्सार कार्यालयहरूलाई निर्देशन दिएको थियो ।

विमानस्थल स्तरोन्नतिले जगायो उत्साह

‘त्रि–धार्मिकस्थल हलेसी आउने जाने पर्यटकले बाह्रैमास लामीडाँडा विमानस्थल प्रयोग गर्न सक्ने भएका छन्। लामीडाँडा ओर्लेर सोलुखुम्बुसम्म पैदल यात्रा गर्ने र फर्केर यहींबाट काठमाडौं जाने पर्यटकका लागि पनि उपयोगी रुट खुलेको छ।’ यो भनाइ खोटाङ, रावाबेंसी गाउँपालिका–३ लामीडाँडाका फटिक श्रेष्ठको हो। झन्डै दुई वर्ष सात महिना लगाएर कालोपत्रे गरिएको लामीडाँडा विमानस्थलमा मंगलबार समिट एयरलाइन्सको जहाजले परीक्षण उडान भरेपछि आयोजित कार्यक्रममा श्रेष्ठले सो कुरा बताएका हुन्। कांग्रेस नेता श्रेष्ठले विमानस्थल स्तरोन्नतिका कारण नयाँ सम्भावनाको ढोका खुलेकाले रावाबेंसी गाउँपालिकाका स्थानीयको भविष्य उज्वल रहेको उल्लेख गरे।

‘सरकारको बजेट उत्साहजनक’

अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार संसद्मा पेश गरेको बजेटमा फिल्मसँग सम्बन्धित तीन विषय समेटिएपछि सरोकारवाला निकायले बजेटलाई ‘उत्साहजनक’ भनेका छन्। सरकारले बजेटमा काठमाडौंमा अत्याधुनिक स्टुडियो बनाउने, श्रमजीवी चलचित्रकर्मीलाई सामाजिक सुरक्षा भत्ता दिने र आगामी वर्ष फिल्म छायांकनका लागि नेपाल कार्यक्रम सञ्चालन गर्ने एजेन्डा समेटेपछि उनीहरूले ‘उत्साहजनक’ भनेका हुन्।

कतै उत्साह, कतै निराशा

सुर्खेतको भेरीगंगा नगरपालिका–३ रामघाटकी नवीना विकले पहिलोपटक पार्टीका ‘ठूला नेता’सँग प्रत्यक्ष संवाद गर्ने मौका पाइन्। केही दिनअघि पूर्वी सुर्खेतको भेरीगंगा नगरपालिकामा आयोजित जनजागरण अभियान कार्यक्रममा उनले पार्टीले चुनाव हार्नुमा नेताहरूकै कमजोरी भएको औल्याइन्। ‘पार्टीका नेता र जनप्रतिनिधिहरू चुनाव र भोजमा मात्रै गाउँ आउन थाले’ उनले मञ्चमा रहेका नेताहरूलाई भनिन्, ‘जनताको पीडामा मल्हम लगाउने र सुख, दुःखको साथी नबन्दासम्म कांग्रेसले आफ्नो गति समात्न सक्दैन।’

क्यान इन्फोटेकमा घुइँचाे

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले आयोजना गरेको ‘क्यान इन्फोटेक २०१९’ मा उत्साहजनक सहभागिता बढेको छ। भृकुटीमण्डपमा मंगलबार सुरु भएको मेलामा विद्यार्थीदेखि युवा पुस्ता, स्वदेशी तथा विदेशी प्रतिनिधिसँगै उच्च सरकारी निकायका प्रतिनिधिको भीड लागेको छ।

नेप्से परिसूचकमा दोहोरो अंकको बृद्धि, कारोबार पनि बढ्यो

शेयरको दोस्रो बजारको अनलाईन कारोबारका लागि लगानीकर्तालाई युजर नेम र पासवर्ड दिनथाले पछि बढेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक आज पनि दोहोरो अंकले बढेको छ।

२५ लाख पर्यटक धान्न सकिन्छः व्यवसायी

सन् २०१८ को जनवरीदेखि अक्टोबरसम्म पर्यटकको आगमन उत्साहजनक देखिन्छ।सन् २०१९ सम्म निर्माणाधीन अधिकांश होटल बनिसक्ने छन्। हालको पर्यटकीय पूर्वाधारबाटै २५ लाख पर्यटकलाई सेवा दिन सकिने व्यवसायीको विश्वास छ।

भिआइपीको भ्रमणले लुम्बिनीमा उत्साह

लुम्बनीमा विभिन्न देशका विशिष्ट पाहुनाले भ्रमण गरेपछि पर्यटकीय हिसाबले उत्साह थपिएको छ । पछिल्लो समयमा यसै साता श्रीलंकाली राष्ट्रप्रमुख मैत्रीपाला सिरिसेना र म्यानमारका राष्ट्रपति विन मिन्ट बिम्स्टेक सम्मेलनका लागि काठमाडौं आएका बेला लुम्बिनी भ्रमण गरेका थिए।

बगैचामै स्याउको मूल्य प्रतिकेजी ६०, किसान उत्साहित

जुम्लाको अर्गानिक स्याउ अहिले बोटमै ६० रुपैयाँ केजीमा विक्री भइरहेको छ। पहिले सदरमुकाम खलंगा बजारसम्म ल्याउदा २० देखि २५ रुपैयाँमा विक्री गर्न बाध्य स्याउ किसान अहिले बोटमै ६० रुपैयाँ प्रतिकेजीमा विक्री गर्न थालेका हुन।

साउनको अन्तिम साता शेयरबजार उत्साहजनक

साउनको अन्तिम साता नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचकको बृद्धि र कुल कारोबारका हिसावले अगिल्ला साता भन्दा उत्साहजनक रहयो।

एट्लेटिको सरुवामा लेमार उत्साही

फ्रान्सका मिडफिल्डर थोमस लेमारले स्पेनिस ला लिगाको क्लब एट्लेटिको मड्रिडको सदस्य बन्न पाउदा खुशी भएको बताएका छन्।

नयाँ यात्रामा उत्साहजनक थालनीको अपेक्षा

बाउन्ड्री भित्र नेपाली क्रिकेटको उकाली यात्राले बुधबारबाट नयाँ उचाईको औपचारिकता पूरा गर्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट मान्यता पाएपछि नेपाली राष्ट्रिय टोलीले बुधबार पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दैछ।

कृषि तालिमले किसान उत्साहित

नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर १३ का धनवीर तामाङले परम्परागत रुपमा तरकारी खेती गर्दै आएका थिए। कुन तरकारी कुन मौसममा र कसरी लगाउने सामान्य ज्ञान समेत नभएका उनलाई गोलभेडा उत्पादन एवं तरकारी खेती  विषयक ७ दिने सिप विकास तालिमले आधुनिक तरकारी खेती प्रणालीमा लाग्न हौसला दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्