coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

नेप्से परिसूचकमा दोहोरो अंकको बृद्धि, कारोबार पनि बढ्यो

काठमाडौं– शेयरको दोस्रो बजारको अनलाईन कारोबारका लागि लगानीकर्तालाई युजर नेम र पासवर्ड दिनथाले पछि बढेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक आज पनि दोहोरो अंकले बढेको छ। 

आईतबार १०.८५ अंकले बढेको परिसूचक सोमबार १२.४९ अंकले बढेर ११सय ४४.४९ कायम भएको छ। परिसूचकसंगै कारोबार रकममा पनि राम्रो बृद्धि आएको छ। आज १६३ कम्पनीका १२ लाख ६४ हजार ३४० कित्ता शेयर कारोबार हुँदा ४३ करोड ६७ लाख ५२ हजार ८५५ रुपैयाँको किनबेच भएको नप्सेले जनाएको छ।

समूहगत करोबारतर्पm उत्पादनमूलक र अन्यबाहेक सबै समूहका सूचक बढेका छन्। जीवन बिमा समूहको सबैभन्दा धेरै ९८.६९ निर्जीवन बिमाको ७२.०५ अंकले बढेको छ। बैंकिङ समूह १३.४३ अंकले बढेको छ। होटल समूहमा १४.८ अंकको बृद्धि आएको छ।

आजको कारोबारमा सबैभन्दा धेरै नेपाल इन्भेष्ट बैंकका ५ करोड ४८ लाख रुपैयाँको शेयर किनबेच भएको छ। ग्लोबल आईएमई बैंकको ३ करोड ७५ लाख रुपैयाँको शेयर किनबेच भएको छ।

 

प्रकाशित: २४ मंसिर २०७५ ०९:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App