१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

एट्लेटिको सरुवामा लेमार उत्साही

मड्रिड – फ्रान्सका मिडफिल्डर थोमस लेमारले स्पेनिस ला लिगाको क्लब एट्लेटिको मड्रिडको सदस्य बन्न पाउदा खुशी भएको बताएका छन्।

लेमार फ्रान्सेली लिग वानको क्लब मोनाकोबाट एट्लेटिकोमा आबद्ध भएका हुन् । एट्लेटिकोले गत महिना नै नयाँ सिजनका लागि लेमारलाई भित्रयाउने सहमती भैसकेको घोषणा गरेको थियो । तर सोमबार मात्र उनलाई औपचारिक रुपमा सार्वजनिक गरिएको थियो । उनको अनुबन्धन रकम र अबधीका बारेमा केही बताइएको छैन। 

‘म एट्लेटिकोको प्रस्ताव स्विकार गर्ने निर्णयमा खुशी छु । मलाई यहाँ कडा मिहिनेत गर्नुपर्छ भन्ने थाहा छ र त्यसका लागि म तयार छु,’ लेमारले भने।

यसअघि लेमारलाई इङलिस प्रिमियर लिगका टोली लिभरपुल र आर्सनलले पनि अनुबन्ध गर्ने प्रयास गरेका थिए। लेमार तीन वर्षअघि स्टाडे माल्हार्वे सिएनबाट मोनाकोमा आबद्ध भएका थिए । उनी मोनाकोले २०१७ मा लिग वानको उपाधि जित्दा टोलीका महत्वपूर्ण सदस्य थिए।

 

प्रकाशित: १६ श्रावण २०७५ ०५:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App