१६ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

प्रदेश १ मा १४ जना डिस्चार्ज

प्रदेश १ बाट कोरोना जितेर १४ जना डिस्चार्ज भएका छन् । प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार सोमबार कोरोना संक्रमण मुक्त भएर १४ जना डिस्चार्ज भएका हुन् ।

सोमबार १२१ डिस्चार्ज, डिस्चार्ज हुनेको संख्या ३१३४

कोरोना भाइरसको संक्रमणबाट शनिबार एक सय २१ जना डिस्चार्ज भएका छन् । यो संगै डिस्चार्ज हुनेको संख्या तीन हजार एक सय ३४ जना पुगेकाे छ । जसमा दुई सय ६८ महिला र दुई हजार आठ सय ६६ पुरुष छन् ।

कोरोनाबाट थप एकजनाको मृत्यु, मृतकको संख्या २९

कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा रौतहटका ३० वर्षीय पुरुष रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले जानकारी दिएका छन् ।

ललितपुरमा एक जना कोरोना संक्रमित पुरूषको मृत्यु

ललितपुरस्थित स्टार हस्पिटलमा उपचाररत २९ वर्षीय एक पुरुषको मृत्यु भएको छ। गएराति उपचारकै क्रममा मृत्यु भएका उनको स्वाव परीक्षण गर्दा कोरोना पोजिटिभ भेटिएको हो । उनलाई श्वास–प्रश्वासमा समस्या भएपछि स्टार हस्पिटलको आईसियूमा भर्ना गरिएको थियो ।

कोरोना नियन्त्रण जिल्ला समिति भन्छ : मन्त्रालयले ढाँट्यो, मन्त्रालय भन्छ : ७७ जिल्लै संक्रमित

कोरोना नियन्त्रण तथा व्यवस्थापन समिति ताप्लेजुङले आईतवार बिहानै एक बिज्ञप्तीमार्फत ‘ताप्लेजुङमा अहिले सम्म कोरोना संक्रमित फेला नपरेको भन्दै कोरोना संक्रमण नभएको जिल्लाको रुपमा रहन पाएकोमा खुसी छौं’ भनेको छ ।

थपिएकाे संक्रमितकाे संख्या ५५४ कि ५७४ ? मन्त्रालय नै छैन स्पष्ट

मन्त्रालयले शनिबार नियमित पत्रकार सम्मेलन गर्दै पछिल्लाे २४ घण्टामा ५५४ जनामा थप संक्रमण पुष्टि भएकाे जनाएकाे हाे । याेसँगै नेपालमा कुल संक्रमितकाे संख्या १२ हजार तीन सय ९जना पुगेकाे छ । तर, मन्त्रालयले सोही पत्रकार सम्मेलन मार्फत पछिल्लो २४ घण्टामा जिल्ला गत संक्रमितको संख्या भने कुल संख्या भन्दा बढि हुन आएको छ । मन्त्रालयले पत्रकार सम्मेलनमा दिएको जिल्लागत विवरण अनुसार पछिल्लो २४ घण्टामा संक्रमितको कुल संख्या ५७४ हुन आउँछ ।

रसुवामा पहिलो पटक कोरोना देखियो

रसुवामा शनिबार पहिलो पटक कोरोना संक्रमित भेटिएका छन् । शनिबार आठ जना महिला र एक जना पुरुष गरी नौ जनामा कोरोना देखिएसँगै कोरोना ७७ जिल्लामा नै फैलिएको छ । कुवेत तथा भारतबाट आएर क्वारेन्टिनमा बसिरहेका उनीहरूलाई कोरोना पोजेटिभ अर्थात कोरोना भएको रिर्पोट आएको हो । जिल्लाको नौकुण्ड गाउँपालिकाका २२, २७, २३, २८, २२, २८, २२, २२, २३ वर्षीया महिला र १९ वर्षीय पुरुषमा कोरोना देखिएको स्वास्थ्य कार्यालय रसुवाका प्रमुख किरण श्रेष्ठले बताए ।

एकैदिन दुई सय १४ जना कोरोना संक्रमित डिस्चार्ज

सबैभन्दा धेरै दैलेखस्थित नौमुले आइसोलेसन सेन्टरबाट तीन महिलासहित एक सय ३२, डुंगेश्वर आइसोलेसन सेन्टरबाट सात महिलासहित ६३, दैलेख अस्पताल/नारायण आइसोलेसन सेन्टरबाट दुई महिलासहित नौजना र ठाँटीकाँध आइसोलेसन सेन्टरबाट एकजना कोरोना संक्रमित डिस्चार्ज भएका सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

सतहत्तरै जिल्लामा फैलियो कोरोना, संक्रमितको संख्या १२ हजार नाघ्यो

नेपालमा थप ५ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको कूल संख्या १२ हजार ३०९ पुगेको छ।

विश्वमा यी हुन् कोरोनाबाट सबैभन्दा पीडित १० देश, कहाँ कति संक्रमित?

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुने व्यक्तिको संख्या ९८ लाख पुगेको जोन हकिन्स विश्वविद्यालय, विज्ञान तथा इन्जिनियरिङ व्यवस्था केन्द्रले जनाएको छ ।

प्रहरी जवानमा कोरोना संक्रमण पूष्टि भएपछि समुदायमा त्रास

खोटाङबाट प्रहरी प्रधान कार्यालय काठमाडौं फर्किएका प्रहरी जवानलाई कोरोना संक्रमण भएको पूष्टी भएपछि त्रास फैलिएको छ । बिदामा घर आएको अवस्थामा दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ छितापोखरीस्थित अस्थायी प्रहरी चौकी छितापोखरीमा काजमा महिना दिन विताएर काठमाडौं फर्किएका प्रहरी जवानलाई कोरोना संक्रमण भएको पूष्टी भएपछि उनको गाउँ, अस्थायी प्रहरी चौकी र उनी पुगेका आफन्तको घरमा त्रास फैलिएको हो ।

‘सिल’ गर्ने भन्दै कोरोना संक्रमितका परिवारलाई घर भित्र थुनेर वडाध्यक्षले ताल्चा लगाए

सर्लाहीको बरहथवा नगरपालिकामा एक कोरोना संक्रमितका परिवारले आफूहरूलाई घरभित्रै थुनेर वडाध्यक्षले मुल गेटमा ताल्चा लगाईदिएको गुनासो गरेका छन् । बरहथवा नगरपालिका–५ निवासी शत्रुधन साहले आफूहरू घरभित्र बसेको बेला वडाध्यक्ष संजय गुप्ताले घरबाट बाहिर निस्कने गेटको सटर झारेर ताल्चा लगाइदिएको गुनासो गरे ।

सुनसरीमा १० जना कोरोना संक्रमित थपिए

सुनसरी जिल्लामा आज थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय सुनसरीका अनुसार संक्रमितहरू कोशी गाउँपालिका र देवानगञ्ज गाउँपालिकाको क्वारेन्टिनमा थिए । उनीहरू भारतबाट आएपछि क्वारेन्टिनमा रहेको जिल्ला जनस्वास्थ्य कार्यालयकी कोरोना फोकल पर्सन सृर्जना लिंथेपले जानकारी दिइन् ।

क्वारेन्टिनबाट भागे २१ जना कोरोना संक्रमित

दैलेखको नौमुले गाउँपालिकास्थित भैरव माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टिनमा बसेका कोरोना संक्रमितहरु विहीवार राति भागेका छन्। उनीहरु भागेर गाउँतिर लागेपनि नौमुलेमा रहेको ईलाका प्रहरी कार्यालयबाट प्रहरी टोली कोरोना संक्रमितहरु खोज्न परिचालित भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्