४ वैशाख २०८१ मंगलबार
समाज

थपिएकाे संक्रमितकाे संख्या ५५४ कि ५७४ ? मन्त्रालय नै छैन स्पष्ट

स्वास्थ्य मन्त्रालयको तथ्यांक नै दुई थरी

नेपालको ७७ जिल्लामै फैलियो संक्रमण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लाे २४ घण्टामा नेपालमा ५५४ जनामा थप काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे जनाएकाे छ । मन्त्रालयले शनिबार नियमित पत्रकार सम्मेलन गर्दै पछिल्लाे २४ घण्टामा ५५४ जनामा थप संक्रमण पुष्टि भएकाे जनाएकाे हाे । याेसँगै नेपालमा कुल संक्रमितकाे संख्या १२ हजार तीन सय ९ जना पुगेकाे छ ।

तर, मन्त्रालयले सोही पत्रकार सम्मेलन मार्फत पछिल्लो २४ घण्टामा जिल्ला गत संक्रमितको संख्या भने कुल संख्या भन्दा बढि हुन आएको छ । मन्त्रालयले पत्रकार सम्मेलनमा दिएको जिल्लागत विवरण अनुसार पछिल्लो २४ घण्टामा संक्रमितको कुल संख्या ५७४ हुन आउँछ । 

मन्त्रालयले कुल संक्रमितकाे संख्या र जिल्लागत विवरणकाे कुल संख्या नै फरक पर्नुले उससँग एकिन तथ्यांक नभएकाे स्पष्ट हुन्छ । मन्त्रालयले उपलब्ध गराएकाे विवरण नै फरक पर्दा जनमानसमा संक्रमितकाे एकीन तथ्यांक कति हाे भन्ने दुविधा खडा भएकाे छ ।

मन्त्रालयले पत्रकार सम्मेलनमार्फत शनिबार उपलब्ध गराएकाे जिल्लागत विवरण अनुसार  बाजुराका ८६, डोटीका ७३, प्युठानका ४९, रौतहटका ३४, दाङका ३१, महोत्तरीका ३०, पाल्पा, स्याङ्जा र बैतडीका २६/२६, अर्घाखाँचीमा १८, कैलालीमा १४, अछाम र सल्याानमा १३/१३ र बारामा १२ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै रसुवामा नौ, कपिलवस्तु, बझाङ, डडेलधुरा, बागलुङ र रुपन्देहीमा आठ/आठ, सुर्खेत, उदयपुर र गुल्मीमा सात/सात जना, नुवाकोट र सर्लाहीमा ६/६ जना, इलाम, र कञ्चनपुरमा पाँच/पाँच जना, बर्दिया र काठमाडौंका चार/चार, पर्सा, धनुषा र धादिङका तीन/तीन जना, मोरङ, नवलपुर, बाँके, चितवन र मकवापुरका दुई/दुई, भक्तपुर, जाजरकोट, पाँचथर र रोल्पामा एक/एक जना गरी ५७४ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार नेपालका ७७ जिल्लामा नै संक्रमित भेटिएका छन् । पछिल्लो पटक रसुवामा क्वारेन्टिनमा बसेका नौ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । कुवेत र भारतबाट आएका नेपालीमा कोरोना पुष्टि भएको हो । शनिबार मात्र १३६ जना डिस्चार्ज भएका छन्। यो संगै नेपालमा डिस्चार्ज भएको संख्या दुई हजार आठ सय ३४ पुगेको छ । नेपालमा अहिलेसम्म कोरोनाबाट २८ जनाको मृत्यु भएको छ ।

साथै मन्त्रालयको तथ्यांक र प्रदेश सरकारको तथ्याङ समेत नमिलेको सम्बन्धित प्रदेशका सामाजिक विकास मन्त्रालयको तथ्यांकले जनाएको छ । कहाँ कसरी तथ्यांकमा फरक परेको भन्ने कोहीसंग उत्तर छैन् ।

प्रकाशित: १३ असार २०७७ १८:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App