२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

रसुवामा पहिलो पटक कोरोना देखियो

रसुवामा शनिबार पहिलो पटक कोरोना संक्रमित भेटिएका छन् । शनिबार आठ जना महिला र एक जना पुरुष गरी नौ जनामा कोरोना देखिएसँगै कोरोना ७७ जिल्लामा नै फैलिएको छ । कुवेत तथा भारतबाट आएर क्वारेन्टिनमा बसिरहेका उनीहरूलाई कोरोना पोजेटिभ अर्थात कोरोना भएको रिर्पोट आएको हो । जिल्लाको नौकुण्ड गाउँपालिकाका २२, २७, २३, २८, २२, २८, २२, २२, २३ वर्षीया महिला र १९ वर्षीय पुरुषमा कोरोना देखिएको स्वास्थ्य कार्यालय रसुवाका प्रमुख किरण श्रेष्ठले बताए ।  

रसुवा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अनिलकुमार खरेलले पिसिआर पोजेटिभ आएका नौ जनामा कुनै पनि लक्षण नदेखिएकोले त्रसित नहुन र सतर्क रहन सुझाव दिए । उनीहरूको बिहीबार १४ दिन पुगेको भएपनि रिर्पोट नआएपछि क्वारेन्टिनमा नै राखिएको थियो ।

नौकुण्ड गाउँपालिकाकी उपाध्यक्ष सिर्जना लामाले आइतबार बैठक बसेर आवश्यक निर्णय गरिने बताइन् । विमानस्थलबाट सिधै आएर क्वारेन्टिनमा बसेकाले नआत्तिन उनले सुझाव दिइन् । एक हप्तापछि स्वाब संकलन पठाउने उपाध्यक्ष लामाको भनाइ छ ।

जिल्लामा हालसम्म ५७ जनाको आरटी–पिसिआर गरिएकोमा ९ जनाको कोरोना रिर्पोट पोजेटिभ अर्थात कोरोना भएको आएको हो ।

प्रकाशित: १३ असार २०७७ १२:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App