२१ असार २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

सतहत्तरै जिल्लामा फैलियो कोरोना, संक्रमितको संख्या १२ हजार नाघ्यो

नेपालमा थप ५ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केहीबेरअघि दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा उल्लिखित संख्यामा कोरोना संक्रमित थपिएका हुन् ।  जसमा १ सय २० महिला र ४ सय ३४ पुरुष छन् ।

योसँगै नेपालमा कोरोना संक्रमण हुनेको कूल संख्या १२ हजार ३०९ पुगेको छ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार नेपालका ७७ वटै जिल्लामा संक्रमित भेटिएका छन् । रसुवामा पनि पहिलोपटक ८ महिला र एक पुरुष संक्रमित भेटिएपछि देशका सबै जिल्लामा कोरोना संक्रमण फैलिएको पुष्टि भएको हो । 

शनिबार कोरोना संक्रमणले  कैलालीका ५० वर्षीय पुरूषको मृत्यु भएको उनले बताए। असार ११ मा ती पुरूषमा कोरोना पोजेटिभ देखिएको थियो। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ।

प्रकाशित: १३ असार २०७७ १०:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App