१६ वैशाख २०८१ आइतबार
image/svg+xml

खयर फँडानी काण्ड : मुद्धा दायर गरिएकाहरु धरौटीमा रिहा

प्रतिवन्धित बहुमूल्य काठ खयर फँडानीमा संलग्न रहेको आरोपमा मुद्धा चलाइएका धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ३ का चार जनालाई धरौटीमा छाड्न जिल्ला अदालत धादिङले आदेश दिएको छ । अदालतको आदेशसंगै तीन जनाले धरौटी बुझाएर रिहा भएका छन् भने एक जनाले धरौटी बुझाउन नसक्दा कारागार चलान भएका छन् ।

कालोबजारी आरोपमा पक्राउ परेका धरौटीमा रिहा

लकडाउनको समयमा मसुरोको दाल बढी मूल्यमा बिक्री बितरण गरेको आरोपमा पक्राउ परेका वीरगन्ज–पथलैया औद्योगिक करिरोडका तीन अद्योगका सन्चालक तथा प्रतिनिधीहरुलाई जिल्ला प्रशासन कार्यालय बाराले आईतबार धरौटीमा छोडेको छ।

८ लाख तिर्न नसकेपछि थुनामा

कृषि विकास बैंक शाखाका तत्कालीन ऋण शाखा प्रमुख गोपाल गिरीले विशेष अदालत काठमाडौंले तोकेको धरौटी तिर्न नसकेपछि थुनामा गएका छन्।

सात वर्ष कैद दाबी गरिएका अभियुक्त धरौटीमा रिहा

निरन्तर दुई आर्थिक वर्ष करचुक्तासम्बन्धी नक्कली प्रमाण–पत्र पेस गरेर तीन करोड रूपैयाँभन्दा बढीको औषधि बिक्री गर्ने अमित मेडिसिन डिस्ट्रिब्युटर्सका सञ्चालक दुष्यन्त बस्नेत धरौटीमारिहा भएका छन्।

सिडिओ रिजाल धरौटीमा छुटे

विशेष अदालतले भ्रष्टाचार मुद्दा लागेका जिल्ला प्रशासन कार्यालय दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) खगेन्द्रप्रसाद रिजाललाई ३ लाख ८५ हजार रुपैयाँ धरौटीमा बस्न आदेश गरेको छ।

आस्था राउत धरौटीमा रिहा

गायिका आस्था राउत ४ हजार धरौटीमा रिहा भएकी छन्। काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको आदेशमा उनी रिहा भएकी हुन्।

भारती १४ करोड धरौटीमा रिहा

दोषी ठहर शम्भु भारतीले मुद्दामा फैसला गरेको नमिलेको भन्दै पुनः सुनुवाइका लागि अनुमति मागेका थिए। उनको मागअनुसार नै सर्वोच्चले अनुमति दिएको छ।

विप्लवका चार नेता रिहाई लगत्तै अदालतबाटै पुनः पक्राउ

धरौटि बुझाएर रिहा भएका सरकारद्वारा प्रतिवन्धित नेत्रविक्रम चन्द विप्लव समूहका ४ नेतालाई प्रहरीले अदालत परिसर भित्रै धरपकड गरि नियन्त्रणमा लिएको छ। बुधबार दाङ देउखुरी जिल्ला अदालतमा धरौटी बुझाएर रिहा हुन लागेका कुलवहादुर ओली, धनवहादुर बुढा, तिलकपुन, एकराज चौधरीलाई अदालत परिसरभित्रैबाट पुनः नियन्त्रणमा लिएको हो।

एक/एक करोड धरौटीमा छाड्ने आदेश

सर्वोच्च अदालतले बैंकिङ कसुर मुद्दामा बैक अफ काठमाण्डूका पूर्व प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठसहित एक पूर्वकर्मचारीलाई किरणकुमार बोहरालाई जनही एक करोड रुपैयाँ धरौटीमा छोड्ने आदेश दिएको छ।

धरौटी तिर्न नसक्दा थुनामा

मालपोत कार्यालय पर्सामा उठेको रकम हिनामिनाको आरोपमा पक्राउ परेका कर्मचारी मदनप्रसाद गुप्ता विशेष अदालतले तोकेको धरौटी तिर्न नसक्दा थुनामा गएका छन्।

नागरिकता कसुरका आरोपी धरौटीमा रिहा

झुट्टा विवरण पेश गरी नागरिकता दिलाएको मुद्दामा पक्राउ परेका प्रतिवादीहरु जनही तीन लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्।

यौनधन्दा र मानव बेचबिखन : दुई जना जेल, दुई जना धरौटीमा रिहा

एक महिनाअघि १४ वर्षीया बालिकालाई होटलमा काम लगाइदिने वहानामा जबरजस्ती यौनधन्दा गर्न लगाएकोमा दुई जनालाई वेश्यावृत्तिमा संलग्न गराएको आरोपमा पुर्पक्षका लागि कारागार चलान गरिएको छ । दुई जनाविरुद्ध मानव बेचबिखन मुद्दा चलाएकोमा धरौटीमा छुटेका छन् ।

वडाध्यक्ष ६० हजार धरौटीमा छुटे

चम्पादेवी गाउँपालिका–८ का वडाध्यक्ष अजय लुइँटेल धरौटीमा रिहा भएका छन् । वडा नम्बर ७ का वडाध्यक्षलाई कुटेको आरोपमा पक्राउ परेका लुइँटेल ६० हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन् ।

वडाध्यक्ष लुइँटेल ६० हजार धरौटीमा छुटे

ओखलढुंगाको चम्पादेवी गाउँपालिका–८ का वडाध्यक्ष अजय लुइँटेल धरौटीमा रिहा भएका छन्। वडा नम्बर ७ का अध्यक्ष कुटेको आरोपमा पक्राउ परेका लुइँटेल ६० हजार धलौटी बुझाएर रिहा भएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्