३० वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

सिडिओ रिजाल धरौटीमा छुटे

फाइल तस्बिर

काठमाडौं – विशेष अदालतले भ्रष्टाचार मुद्दा लागेका जिल्ला प्रशासन कार्यालय दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) खगेन्द्रप्रसाद रिजाललाई ३ लाख ८५ हजार रुपैयाँ धरौटीमा बस्न आदेश गरेको छ। विशेष अदालतका अध्यक्ष एवं न्यायाधीश शिवराज अधिकारी, न्यायाधीश चन्द्रबहादुर सारुको इजलासले मंगलबार थुनछेक बहसपछि धरौटीमा बस्न आदेश गरेको हो।

रिजालले आफ्नो क्षेत्राधिकारभित्र पर्ने मुद्दाका अभियुक्तलाई धरौटीमा रिहा गर्न सेवाग्राहीबाट घुस लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार छुट्टाछुट्टै ५ वटा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो। अख्तियारले भ्रष्टाचारजन्य काम गरेको भन्दै अनुसन्धानको लागि नियन्त्रणमा लिएको थियो। अख्तियारले ५ वटा मुद्दामा ६ लाख ५२ हजार रुपैयाँ माग दाबीसहित मुद्दा दर्ता गरेको थियो। विशेषले मागेको धरौटी रकम मंगलबार नै अदालतमा नगद बुझाएका थिए। कारागारमा रहेका व्यक्तिलाई पैसा नदिए ५ वर्ष थुनिदिन्छु भनी धम्काएर रकम लिएको अख्तियारको दाबी छ।

त्यसैगरी रिजालले भ्रमण खर्च नियमावली २०६४ बमोजिम भ्रमण अभिलेख खातामा दर्ता नगरी खाता नबनाई, प्रतिवेदन पेस नगरी, कतिपय भ्रमण आदेश, दैनिक तथा भ्रमण भत्ता बुझेको अख्तियारको दाबी छ।

प्रकाशित: २२ माघ २०७६ ०२:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App