२९ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

वडाध्यक्ष लुइँटेल ६० हजार धरौटीमा छुटे

ओखलढुंगा– ओखलढुंगाको चम्पादेवी गाउँपालिका–८ का वडा अध्यक्ष अजय लुइँटेल धरौटीमा रिहा भएका छन्। वडा नम्बर ७ का अध्यक्ष कुटेको आरोपमा पक्राउ परेका लुइँटेल ६० हजार धरौटी बुझाएर रिहा भएका हुन्। 

सार्वजनिक शान्ति विरुद्धको कसुरमा हिरासतमा रहेका लुइँटेललाई धरौटीमा छाड्न आदेश भएसँगै ६० हजार धरौटी बुझाएपछि हिरासत मुक्त गराईएको प्रहरी निरीक्षक राजिब श्रेष्ठले जानकारी दिए। लुइँटेलले मादक पदार्थ सेवन गरेर चम्पादेवी गाउँपालिकाको कार्यालय ताप्केडाँडामा सोही गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सुरेश थापालाई २०७६ असार ३० गते कुटपिट गरेको आरोप लागेको थियो। 

थापाले गाउँपालिकामा काम गरिरहेको अवस्थामा दिउँसो ३ बजे मादक पदार्थ सेवन गरेर आएका लुइँटेलले निहुँ खोज्दै कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा गत साउन १ गते उजुरी दिएका थिए। प्रहरीको सम्पर्कमा समेत नरहेको भनिएका लुइँटेललाई अघिल्लो आइबार साँझ जिल्ला सदरमुकामबाटै प्रहरीले पक्राउ गरेको थियो।

प्रकाशित: २ आश्विन २०७६ १०:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App