२९ वैशाख २०८१ शनिबार
image/svg+xml

अब म्यानपावर आठ सय ४८

वैदेशिक रोजगार विभागले धरौटी वृद्धि गर्न तोकेको अन्तिम दिन बुधबारसम्म धरौटी बढाएर दर्ता गर्ने म्यानपावरको संख्या आठ सय ४८ पुगेको छ। पहिले दर्ता भएका म्यानपावर १३ सय २३ थिए।

म्यानपावरको संख्या उस्तै

सरकारले वैदेशिक रोजगार व्यवसायीलाई धरौटी बढाउन दिएको अन्तिम समय बुधबार (आज) सकिँदैछ । अन्तिम एक कार्य दिन बाँकी रहँदासम्म अधिकांश म्यानपावर व्यवसायी सरकारले भने अनुसार धरौटी बढाउन सफल भएका छन्।

बैंकको सुन ठगीका आरोपीसँग २५ लाख धरौटी माग

सुन धितो काण्डमा बैंकका प्रबन्धकसहित सात जनासँग जनही रु २५ लाख धरौटी माग गरिएको छ। उच्च अदालत तलसीपुर–नेपालगञ्जले सात जनाउपर जनही रु २५ लाखका दरले धरौटी माग गरेको हो।

युवती कुट्ने ‘धर्ती माता’ धराैटीमा रिहा

युवतीमाथि निर्घात कुटपीट गरेको अभियोगमा पक्राउ परेकी ‘धर्ती माता’ भनिने विष्णु कुँवर रिहा भएकी छिन्। जिल्ला अदालत काठमाडौंबाट २० हजार धरौटीमा रिहा भएकी कुँवरलाई जिल्ला प्रशासन कार्यालयले १० हजार धरौटीमा रिहा गरेको हो।

७८ लाख धरौटीमा छुटे राजनारायण पाठक

घुस प्रकरणमा परेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन आयुक्त राजनारायण पाठक धरौटीमा रिहा भएका छन्।

विदेशिने कामदारलाई थप आर्थिक भार

वैदेशिक रोजगार ऐनलाई संशोधन गर्दै सरकारले मेनपावर कम्पनीको धरौटी ३० लाखबाट बढाएर ६ करोड पुर्याएको छ। तर वैदेशिक रोजगारीका नाममा हुने ठगि न्यूनीकरण हुने विश्वासले गरिएको धरौटी वृद्धिको असर अन्तत विदेशिने कामदार माथि पर्ने व्यवसायीहरुले बताएका छन्।

डिएसपी जिसी पनि धरौटीमा रिहा

निर्मला हत्या प्रकरणमा प्रमाण नष्ट गरेको र यातना दिएको मुद्दाका अभियुक्त सिआइबीका प्रहरी नायव उपरीक्षक (डिएसपी) अंगुर जिसी नौ लाख धरौटी बुझाएर रिहा भएका छन्। कञ्चनपुर जिल्ला अदालतका न्यााजेन्द्रकुमार आचार्यको इजलासले बुधबार प्रमाण नष्ट गरेको मुद्दामा चार लाख र यातना दिएको मुद्दामा पाँच लाख रुपैयाँ धरौटी लिएर छाड्ने आदेश दिएको हो।

सिआइबीका निलम्बित डिएसपी जिसी ९ लाख धरौटीमा रिहा

जिल्ला अदालत कञ्चनपुरले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका निलम्बित डिएसपी अंगुर जिसीलाई ९ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतको आदेशसँगै जिसी धरौटी तिरेर रिहा भएका छन्।

६ प्रहरीलाई धरौटीमा छोड्न आदेश, एसपी विष्ट अझै फरार

निर्मला पन्तको बलात्कार पछि हत्यामा प्रमाण नष्ट गरेको आरोप लागेका प्रहरीलाई अदालतले धरौटीमा छोड्न आदेश गरेको छ।

पत्रकार दियाली आक्रमणका आरोपीलाई धरौटी

पत्रकार सोम दियालीमाथि भएको सांघातिक आक्रमणमा संलग्न भएको आरोपमा पक्राउ परेका एक अभियुक्तलाई जिल्ला अदालतबाट धरौटीमा छाड्ने आदेश भएको छ।

कार्कीले बुझाए एक करोड १० लाख धरौटी

सिक्टा सिँचाइको नहर निर्माणमा भ्रष्टाचार आरोपमा मुछिएका तत्कालीन आयोजना प्रमुख दिलीपबहादुर कार्कीसँग विशेष अदालतले एक करोड १० लाख रुपैयाँ धरौटी माग गरेको छ।

साह ६ लाख धरौटीमा साह रिहा

भ्रष्टाचार मुद्दामा मुछिएका बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन कार्यकारी निर्देशक सूर्यदेव साहले विशेष अदालत काठमाडौंमा ६ लाख रुपैयाँ धरौटी राखेर मुक्त भएका छन्।

मेडिकलको धरौटी कम गर्न अदालतको आदेश

उच्च अदालत पाटनले मलेसिया रोजगारीसम्बद्ध बायोमेडिकल सञ्चालकहरुको धरौटी रकम घटाइदिएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जेठ ५ गते दर्ता गरेको मुद्दामा जिल्ला अदालत काठमाडौं र ललितपुरले ती संस्थाका सञ्चालकलाई दाबी बिगोभन्दा निकै कम धरौटीमा रिहा गरेपछि मन्त्रालय उच्च अदालत पुगेको थियो।

रावल १० र यादव १८ लाख रुपैयाँ धरौटीमा छुटे

दस रुपैयाँ दरका पोलिमर नोट छपाइमा भ्रष्टाचार आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा खेपिरहेका नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर तिलक रावल १० लाख रुपैयाँ धरौटी बुझाएर तारेखमा छुटेका छन्। विशेष अदालत काठमाडौंका अध्यक्ष, न्यायाधीश बाबुराम रेग्मी, न्यायाधीशहरू रत्नबहादुर बागचन्द, प्रमोदकुमार श्रेष्ठ वैद्यको सोमबारको इजलासले रावललाई धरौटीमा छोड्न आदेश गरेको हो।

सुन तस्करी प्रकरणमा मुख्य न्यायाधीश भूर्तेल पनि तानिए

उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश कुलरत्न भूर्तेललाई न्यायपरिषद् सचिवालयमा तानिएको छ। सुन तस्करीका आरोपितबारे विवादास्पद थुनछेक आदेशका विषयलाई लिएर न्याय परिषद्ले भूर्तेललाई सचिवालयमा तान्ने निर्णय गरेको स्रोतले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्