२२ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

६ प्रहरीलाई धरौटीमा छोड्न आदेश, एसपी विष्ट अझै फरार

धनगढी- निर्मला पन्तको बलात्कार पछि हत्यामा प्रमाण नष्ट गरेको आरोप लागेका प्रहरीलाई अदालतले धरौटीमा छोड्न आदेश गरेको छ।

जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश डा. राजेन्द्र आचार्यको आदेशले निर्दोषलाई यताना दिएको र प्रमाण नष्ट गरेको अभियोग लागेका डीएसपी ज्ञानबहादुर सेठी र प्रहरी निरीक्षक एकेन्द्र खड्कासँग ९ लाख धरौटी मागेको छ।

यस्तै इन्सपेक्टर जगदीश भट्टसँग ४ लाख, सई हरिसिंह धामीसँग ३ लाख ५० हजार, सई रामसिंह धामीलाई ३ लाख र प्रहरी जवान चाँदनी साउदसँग २ लाख ५० हजार धरौटी रकम मागिएको छ।

निर्मला हत्या प्रकरणमा तत्कालिन कंचनपुर प्रहरीका प्रमुख एसपी डिल्ली बिष्ट सहित ८ जना बिरुद्ध अदालतमा मुद्दा दर्ता गरिएको थियो। एसपी बिष्ट र सिआईवीका डिएसपी अंगुर जिसी सम्पर्क बिहिन छन्।

उपस्थित हुन पत्र काटेपछि ६ जना आफै अदालतमा उपस्थित भएका थिए। निर्मलाका आमा दुर्गादेवी पन्त र दिलिप सिंह बिष्टका दाजु खडक बिष्टले दिएको उजुरीका आधारमा सरकारी वकिल कार्यालयले उनीहरु माथी फौजदारी अपराध संहिता अनुसार यातना दिएको र प्रमाण नष्ट गरेकोमा मुद्दा दर्ता गरेको थियो।

 

प्रकाशित: ३० फाल्गुन २०७५ १०:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App