२३ आश्विन २०८१ बुधबार
image/svg+xml

नदीजन्य सामग्री संकलन तथा निकासीमा प्रतिबन्ध

खोटाङको साकेला गाउँपालिकाले स्थानीय खोलाबाट मनोमानी ढंगले ढुंगा, गिटी र बालुवाजस्ता नदीजन्य सामग्री संकलन तथा निकासीमा प्रतिबन्ध लगाएको छ।

छोराको ढुंगा प्रहारबाट बुवाको हत्या

सुनवर्षी नगरपालिका–४ का ४० वर्षीय दयालु ताजपुरियाले ढुंगा प्रहार गरी बुवाको हत्या गरेको मोरङ प्रहरीका निमित्त प्रमुख डिएसपी मञ्जील मुकारुङले जानकारी दिए।

कास्कीमा रासायनिक मल पर्याप्त

बर्खा सुरु भइसकेको छ। किसान खेत ओर्लिसकेका छन्। असारे चटारोसँगै किसानलाई रासायनिक मलको चिन्ता भने छैन। विभिन्न जिल्लामा रासायनिक मल पर्याप्त नहुँदा किसान आन्दोलन गर्न सडकमै उत्रिएका थिए। कास्कीमा भने रासायनिक मलको अभाव नभएको पोखरा महानगरपालिका कृषि महाशाखाले जनाएको छ।

स्थानीय तहमा ‘ह्वाइट गोल्ड’: कतै नदीमै, कतै खोसाखोस

‘स्थानीय तहका लागि ह्वाइट गोल्ड मानिएको ढुंगा गिटी, बालुवालाई निश्चित मात्रामा उत्खनन गर्नु ठीक हो तर अहिले जथाभावी भइरहेको छ । जथाभावी होइन, सन्तुलन मिलाएर निकाल्नुपर्छ । ५० औं वर्षदेखि नदीखोलामा जम्मा भएको सामग्री केही वर्षमै निकाले निमिट्यान्न पार्ने हो भने यसले दीर्घकालीन असर निम्त्याउँछ : दीपकबावु कँडेल, प्रमुख, पालुङटार नगरपालिका

जरिवाना शुल्क बढाउँदा पनि रोकिएन उत्खनन्

गोरखामा नदीजन्य सामाग्री ढुंगा, गिट्टी, बालुवाको अवैध उत्खनन रोक्न स्थानीय तहले जरिवाना रकम बढाएपनि चोरी निकासी भने रोकिएको छैन ।

गिट्टी –बालुवा : बगेरै आएको हो, नझिक्दा पनि बग्दै जान्छ

वर्षाको बाढीले बगाएर ल्याउँदा यहाँ थुप्रिएको हो, यहाँबाट बगेरै तलतिर जान्छ । वर्षेनी ननिकाल्दा पनि केही असर परेको छैन ।

ढुंगा, गिट्टी, बालुवालाई ‘ह्वाइट गोल्ड’ ठान्छन् स्थानीय सरकार

नदीजन्य निर्माण सामाग्र उत्खनन गर्न स्थानीय तहले हरेक वर्ष ठेक्का लगाउँछन् । वर्षा अघि सम्म गोरखाका ठुला घाटमा रातदिन उत्खनन् हुन्छन् । यसवर्षको उत्खनन दुई साता अघि रोकिएको थियो ।

स्थानीयलाई खोलाको, सरकारलाई राजस्वको चिन्ता

‘यतिसम्मको सेटिङ हुन्छ कि प्रशासनको अनुगमन आउने बेला सबैतिर सुनसान हुन्छ, तर, भोलिपल्टदेखि पुनः निकाल्न थालिन्छ,’ खनालले भने। खनालका अनुसार सेती उत्खनन गर्दा पृथ्वी राजमार्ग पनि जोखिममा पर्छ। राजमार्ग नै जोखिममा पर्ने भन्दै आवाज उठाउँदा पनि वास्ता नगर्ने उनले सुनाए।

ढुंगा, गिट्टी, बालुवा उत्खनन्ः स्थानीयलाई खोलाको चिन्ता, सरकारलाई राजश्वको

तनहुँको कोत्रेखण्डमा सेतीनदिको विभिन्न सातवटा घाटबाट ढुंगा, गिट्टी, बालुवा उत्खनन् गर्न दिएर शुक्लागण्डकी नगरपालिकाले वर्षमा झन्डै ११ करोड रुपैयाँ आम्दानी गर्छ । यो खण्डमा नदीबाट जथाभावि ढुंगा, गिट्टी, बालुवा निकालेको भन्दै विरोध पनि भईरहन्छ । नदीबाट जथाभावि सामाग्री निकालेको भन्दै स्थानीयले व्यापक विरोध जनाइरहँदा उनीहरुको आवाज भने सुनुवाई हुँदैन ।

मुख्यमन्त्री पोखरेलले गरे ढुंगा, गिट्टी, बालुवा निकासीको बचाउ

प्रदेशले यसबारे केन्द्र सरकारलाई पहिलेदेखि नै ध्यानाकर्षण गराएको भन्दै उनले चुरे संरक्षण भई तराईको खेतीयोग्य जमिनको सुरक्षा हुने र नेपालको व्यापार घाटा पनि कम हुने उल्लेख गरेका छन्।

नागढुंगा सुरुङमार्गमा आधा कामदारले साइट छाडे

निर्माणाधीन नागढुंगा सुरुङमार्गमा कार्यरत केही कामदारमा कोभिड–१९ देखिएसँगै कार्यरत आधा कामदार साइट छाडेर घर फर्किएका छन् । सुरुङमार्गमा कार्यरत ठेकेदार कम्पनीका प्रोजेक्ट म्यानेजरसहित ३३ जना कामदारमा कोरोना संक्रमण पुष्टि भएको छ ।

नागढुंगा–नौबिसे सुरुङमार्गले समृद्धिको आशा जगाउँदै

सुरुङमार्ग कुल २.६८ किलोमिटर लम्बाइ हुनेछ। साढे ९ र चार मिटरका दुईवटा सुरुङ सन् २०२३ को अप्रिल महिनासम्म सम्पन्न गर्ने लक्ष्य राखेको छ । धादिङ र काठमाडौंतर्फ पाँच/पाँच सय मिटर सडक तथा दुई फ्लाइओभर र सुरुङमार्ग तथा मुआब्जासहित उक्त आयोजनामा करिब साढे २२ अर्ब लागत लाग्नेछ।

जगदम्बा स्टिलमा स्थानीयको ढुंगामुढा

जितपुर सिमरा उपमहानगरपालिका–२ स्थित जगदम्बा स्टिल उद्योगमा स्थानीयको एक समूहले बुधबार दिउँसो ढुंगामुढा गरेको छ। ढुंगामुढाबाट उद्योग भवनको झ्याल, पार्किङ गरिएको गाडीको सिसा फुट्नुको साथै कर्मचारी र सुरक्षा गार्ड घाइते भएको बारा प्रहरीले जनाएको छ।

नागढुंगा–सिस्नेखोला सुरुङमार्गको प्रगति नौ प्रतिशत

तीन खण्डबाट निर्माण थालेसँगै नागढुंगा–सिस्नेखोला सुरुङमार्गको कामले गति लिन थालेको छ। आयोजनाको सुरुङ गत पुस ८ गते खन्न थालिएको थियो। सुरुआती चरणमा स्थानीयको केही अवरोध आए पनि अहिले २४ घन्टा काम भइरहेको छ।

पिताजीका जीवनका महत्वपूर्ण कोसेढुंगा

पिताजीको बाल्यावस्था र किशोरावस्थाको जीवनशैली रामकृष्ण परमहंससँग मिल्दोजुल्दो छ। यो मिल्नु एउटा संयोग मात्र हो। त्यतिबेला पिताजीसँग रामकृष्ण परमहंसलाई सुन्ने, पढ्ने र जान्ने माध्यम थिएन। तर, पिताजीको युवावस्थाको जीवनदर्शन रामकृष्ण परमहंससँग मिल्नु संयोग मात्र नभई आर्जित प्रभाव हुन सक्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्