२३ आश्विन २०८१ बुधबार
image/svg+xml

नागढुंगामा कार जाँच गर्दा डेढ करोड रुपैयाँसहित २ जना पक्राउ

काठमाडौंको नागढुंगामा आज बिहान कारमा आइरहेका चालकसहित २ जनालाई झन्डै डेढ करोड रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ।

नागढुंगा–सिस्नेखोला सुरुङमार्गमा चार प्रतिशत काम

सुरुङमार्गको दुवैतर्फको मुख्य द्वारमा विस्फोटक पदार्थ प्रयोग नगरीकनै २० मिटर जति खन्ने काम भइरहेको छ। सुरुङमार्गको दुवै मुखमा २०–२० मिटर खनेपछि विस्फोटक पदार्थ प्रयोग गरेर खन्ने काम हुन्छ।

रातिराति अवैध ढुंगा,गिटी झिक्ने आधादर्जन बढी ट्याक्टर नियन्त्रणमा

उदयपुरका विभिन्न खोला खहरेबाट ढुंगा, गिटी, बालुवा उत्खनन र बिक्री वितरण गर्ने आधादर्जन बढी ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ। सिराहा र सप्तरीसँग सीमाना जोडिएको उदयपुरको उदयपुरगढी गाउँपालिकाका खोला खहरेबाट नदीजन्य पदार्थ चोरी निकासी गर्दै गरेको अवस्थामा प्रहरीले सोमबार राति ७ वटा ट्याक्टर नियन्त्रणमा लिएको हो ।

तीन जिल्लाका लागि ओखलढुंगामा होल्डीङ सेन्टर स्थापना

प्रदेश नं. १ को तीन जिल्लाका लागि ओखलढुंगामा होल्डीङ सेन्टर स्थापना गरिएको छ । सोलुखुम्बु, खोटाङ्ग र ओखलढुंगाको तीन स्थानीय तहका लागि जिल्लाको मानेभञ्ज्याङ्ग–७ हर्कपुरमा होल्डीङ सेन्टर स्थापना गरिएको हो ।

नेपालयका नयाँ पुस्तक अब बजारमा

परित्यक्ता एकालाप शैलीमा लेखिएको कृति हो । यस पुस्तकमा एउटी महिलाको अन्तर चेतनाको परिदृश्यलाई उजागर गरिएको छ, जसले एउटी छोरी, प्रिया, पत्नी अनि आमाको बहुआयामिक भूमिकामा अभिनय गर्दै बाँचेकी हुन्छे र पनि निरन्तर एकाकीपनको भावमा ठोक्किँदै बगेको झरना जस्तै हुन्छे ।

मुख्य बजारको बाटोमा कमसल ढुंगाको प्रयोग !

भक्तपुरको मुख्य बजारको बाटोमा इटाको सटा ढुंगा छपाइका क्रममा कमसल ढुंगाको प्रयोग गरिएको आशंका गरिएको छ । आशंकापछि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बिहीबार त्यसको निरीक्षण गरेका छन् ।

ढुंगाले किच्दा एकको मृत्यु

माथिबाट खसेको ढुंगाले किच्दा खोटाङमा एकको मृत्यु भएको छ । कुलो सरसफाई गर्नेक्रममा माथिबाट खसेको ढुंगाले टाउकोमा किच्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा राम्चेका ५० वर्षीय गोबिन्द भट्टराईको मंगलबार मृत्यु भएको हो ।

नागढुंगामा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्ने एक जना पक्राउ

शनिबार उपत्यका प्रवेश गर्ने मुख्य नाका नागढुंगामा चिकित्सकलाई दुर्व्यवहार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। ड्युटीमा खटिएका बेला जथाभावी बोल्ने उत्तम कार्कीलाई काठमाडौं परिसरको प्रहरीले पक्राउ गरेको हो ।

कार्टुन : २७ वर्ष भो बोलिराखेको

आजको नागरिक दैनिकमा दास ढुंगा दुर्घटनाबारेको कार्टुन प्रकाशित छ। उक्त कार्टुन रविन सायमिले बनाएका हुन्। दास ढुंगा दुर्घटनामा तत्कालिन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रीतको निधन भएको थियो।

मदन–आश्रित स्मृति दिवस: मुलुकको मुहार बदल्ने सङ्कल्प

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनादेशबमोजिम मुलुकको मुहार बदल्न जस्तोसुकै प्रतिकूल परिस्थितिमा पनि सफल पार्न पार्टी दृढ सङ्कल्पित रहेको जनाएका छन् ।

मदन भण्डारीः नेपाली राजनीतिले सम्झिरहने एक पात्र

मदन जो विश्वमै प्रतिरक्षामा गएको कम्युनिस्ट आन्दोलनलाई नेपालबाट भिन्न तरिकाले सम्बोधन गर्दै थिए। सन १९९१ मे २७ मा न्युजविकले ‘नेपालमा कार्लमाक्र्स जीवित छन्’ शीर्षकमा मदनको अन्तर्वार्ता छापेको थियो।

ओखलढुंगाका ४ जनाको रिपोर्ट पनि नेगेटिभ

कोरोना परीक्षणका लागि ओखलढुंगाबाट धरान पठाइएको स्वाबको रिपोर्ट पनि नेगेटिभ आएको छ। जिल्ला अस्पताल रुम्जाटारको आइसोलेसनमा रहेका ४ जनाको नमुना परीक्षण रिपोर्ट नेगेटिभ आएको हो।

ओखलढुंगामा विदेशबाट फर्किएका १ सय ३३ जना भेटिए

ओखलढुंगामा विदेशबाट फर्किएका १ सय ३३ जना भेटिएका छन्। दुई साताको अवधिमा विदेशबाट आएका १ सय ३३ जना सम्पर्कमा आएका हुन्।

सुरुङमार्गमा मुआब्जा कार्यविधि पासो

सडकमार्गमा पहिलोपटक निर्माण भइरहेको नागढुंगा–सिस्नेखोला सुरुङमार्गको निर्माण सुरु भए पनि गृह मन्त्रालयको ढिलासुस्तीका कारण जुनसुकै बेला बन्द हुने भएको छ।

धादिङबाट पनि निर्माण सुरु

नागढुंगा सडक आयोजना अन्तर्गत धादिङ खण्डमा पनि निर्माण कार्य सुरु गरिएको छ। यसअघि मुआब्जा विवादले गर्दा धादिङतर्फ निर्माण कार्य अघि बढ्न सकेको थिएन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्