coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मुख्य बजारको बाटोमा कमसल ढुंगाको प्रयोग !

भक्तपुरको मुख्य बजारको बाटोमा इटाको सटा ढुंगा छपाइका क्रममा कमसल ढुंगाको प्रयोग गरिएको आशंका गरिएको छ । आशंकापछि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बिहीबार त्यसको निरीक्षण गरेका छन् । नेपाल सरकारको बजेटअन्तर्गत ठेकेदारमार्फत नगरका विभिन्न ठाउँहरुमा भइरहेको ढुंगा छपाई कार्यमा कम गुणस्तरको ढुंगा प्रयोग भएको जनगुनासो सुनिएपछि नगर प्रमुख प्रजापतिले ती क्षेत्रहरुमा स्थलगत निरीक्षण गरेका हुन् ।  

ढुंगा छपाई गर्ने क्षेत्रमा कम्तीमा ४ इन्चको ढुंगा प्रयोग गर्नुपर्नेमा सम्बन्धित ठेकेदारले मापदण्डभन्दा कम साइजको ढुंगा प्रयोग गरिएको जनाइएको छ । कमसल ढुंगाा प्रयोग भएको पाइएको हुँदा नगर प्रमुख प्रजापतिले कमसल ढुंगााको प्रयोग नगर्न र मापदण्डअनुसारको ढुंगा प्रयोग गर्न निर्देशन दिएका थिए । नगरको बाराहीस्थानमा भइरहेको ढुंगा छपाई कार्य कम गुणस्तरको भएको हुँदा उनले ठेकेदारलाई भक्तपुर नपामा उपस्थित हुन पनि निर्देशन दिएको भक्तपुर नगरपालिकाले जनाएको छ ।

निरीक्षणका क्रममा उनले भक्तपुर नपा वडा नं. १ स्थित भक्तपुर अस्पतालको प्रांगणमा कोभिड–१९ को लागि बनाइएको आइसोलेसन वार्ड र आईसीयु कक्षको पनि अवलोकन गरेका थिए । सो अवसरमा भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सुमित्रा गौतमले छिनै नै आइसियु कक्ष सञ्चालनमा ल्याउने जानकारी दिइन् ।

प्रकाशित: ११ असार २०७७ १४:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App