११ मंसिर २०८१ मंगलबार
image/svg+xml
समाज

छोराको ढुंगा प्रहारबाट बुवाको हत्या

सामान्य विवाद हुँदा मोरङको सुनवर्षीमा छोराको ढुंगा प्रहारबाट बुवाको मृत्यु भएको छ। सुनवर्षी नगरपालिका–४ का ४० वर्षीय दयालु ताजपुरियाले ढुंगा प्रहार गरी बुवाको हत्या गरेको मोरङ प्रहरीका निमित्त प्रमुख डिएसपी मञ्जील मुकारुङले जानकारी दिए।  

छोरा दयालुले मादक पदार्थ सेवन गरेको विषयमा ६८ वर्षीय बुवा टिनताल ताजपुरियासँग सामान्य विवाद भएको प्रहरीले जनाएको छ । शनिबार बिहान ६ बजेतिर सुतिरहेका बुवाको टाउकोमा ढुंगाप्रहार गरेपछि गम्भीर घाइते भएपछि उपचारका लागि विराटनगरस्थित कोसी अस्पताल ल्याइएको थियो।  

अस्पतालले यहाँ उपचार सम्भव नहुने हुँदा सुविधा सम्पन्न अस्पताल लैजान रेफर गरेपछि गम्भीर अवस्थामै घर ल्याइएको थियो । भारतको सिलिगुडी वा अन्य कुनै सुविधा सम्पन्न अस्पताल रेफर गरे पनि आर्थिक अवस्था कमजोर भएका कारण लैजान नसक्दा आइतबारबिहान साढे ५ बजेतिर घरमै मृत्यु भएको डिएसपी मुकारुङले बताए।  

छोराले मादक पदार्थ सेवन गरेर राति होहल्ला गर्न थालेको र बुवाले हल्ला नगर्न सम्झाउँदा विवाद भई हत्यासम्म हुन पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । बाबुको हत्या आरोपमा पक्राउ परेका दयालुविरुद्ध कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेर घटनाको अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ।

प्रकाशित: १३ असार २०७८ ०६:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App