७ वैशाख २०८१ शुक्रबार
pr. dr. kiran ragmi
प्रा.डा. किरण रेग्मी


प्रा.डा. किरण रेग्मीका लेखहरु :

‘लाई कल्यै पनि नसकिने प्रीति नौ लाख मेरा’

महाकाली ८६ वर्ष लागिसकिन्। पिताको विरासत धानेर बसेकी छन्। अनुहारमा कान्ति र जीवनमा शान्ति छ। गौरीले सुम्पेकी नासो बालिका शान्ति–कान्तिलाई स्वयं अबोध बालिका महाकालीले हुर्काई संगीतमा एक सरगम र चित्रकलामा अर्को चहकिलो रङ थपिन्। पिता–काव्यले सुम्पेका नासो वयस्क ‘ऋतम्भरा’ महाकाव्य महाकालीको अर्को परीक्षा हो।

सच्चिएलान् शेरबहादुर ?

एउटा श्री ५ महाराजधिराज र उनका केही भाइ भतिज थेग्न नसकेका नेपाली जनताको नियतिमा श्री ६ महाराजाधिराज र उनका अनगिन्ती भाइ भतिजहरूआइलागे।

पिताजीसँगको रमाइलो यात्रा

जुन वेला हामी यो यात्रा गर्दै थियौँ, त्यतिवेला नेपाली साहित्यमा पिताजीको उचाइ लगभग सगरमाथाको हाराहारी कायम भइसकेथ्यो। पिताजीलाई कसैले ढगाउन र हल्लाउन नसक्ने अवस्था बनिसकेथ्यो। घरपरिवारमा पनि आमाले सधैँ मानसम्मान गर्ने। हामीलाई समेत मानसम्मान गर्न लगाउने हुँदा पिताजीलाई हामीले वात्सल्य पिता होइन, एउटा सर्वमान्य व्यक्तिका रूपमा ग्रहण गर्‍यौँ।

प्रधानमन्त्रीको सपथ

आफैँले संसद्को विशेष अधिवेशन बोलाइ लिएको विश्वासको मतमा असफल हुँदाहुँदै राजीनामा दिने नैतिकता नदेखाइ लिएको सपथ ग्रहण हो यो।

प्राप्ति कि पलायनका उद्घाटनहरू?

यदि प्रधानमन्त्रीले अहिलेको समस्या बुझेका भए आज अक्सिजन प्लान्ट, सघन कक्ष, कोरोना बिरामीको सम्पर्कमा आएका मानिस बस्ने व्यवस्थित एकान्त कक्ष आदिको उद्घाटन भइरहेका हुन्थे होला।

पिताजीले प्रदान गर्ने विषेश उपहार

बडा दशैँको टीका अथवा यस्तै शुभ अवसरमा मान्यजनबाट ‘सन्तानले डाँडाकाँडा ढाकून्’ भन्ने आशीर्र्वाद दिने र लिने जमानाका मेरा पिताजी र दिलै खोलेर आशीर्वाद दिने मेरा हजुरबा। मेरा पिताजीका सन्तानले स्वदेशका डाँडाकाँडा मात्रै होइन, विश्व नै ढाक्नुमा केही आश्चर्य छैन।

पिताजीका जीवनका महत्वपूर्ण कोसेढुंगा

पिताजीको बाल्यावस्था र किशोरावस्थाको जीवनशैली रामकृष्ण परमहंससँग मिल्दोजुल्दो छ। यो मिल्नु एउटा संयोग मात्र हो। त्यतिबेला पिताजीसँग रामकृष्ण परमहंसलाई सुन्ने, पढ्ने र जान्ने माध्यम थिएन। तर, पिताजीको युवावस्थाको जीवनदर्शन रामकृष्ण परमहंससँग मिल्नु संयोग मात्र नभई आर्जित प्रभाव हुन सक्छ।

पिता गुरुकुलकी शिष्या पुत्री

उद्दालकका पुत्र श्वेतकेतुले न्यग्रोध रूखको फलभित्रको बीउ त देखे, तर बीउभित्रको सूक्ष्म सार देखेनन् रे। उद्दालकले पुत्र श्वेतकेतुले देख्न नसकेको बीउ भित्रको त्यो सूक्ष्म सार, जुन सारबाट त्यो महान् न्यग्रोध रूख अस्तित्वमा आएथ्यो, त्यही सारलाई जसरी देखाइदिएथे, त्यसैगरी मेरा पिताले मेरो अन्तरदृष्टि जागृत गराई मैले देख्न नसकेको मभित्रको ब्रह्मा, जुन सबै अस्तित्वलाई अन्तर्निहित गर्ने सर्वोच्च आध्यात्मिक वास्तविकता हो, तिनै ब्रह्मा देखाइदिएथे।

पिता र उनकी निजी चिकित्सक पुत्री

आहा, तिमी आयौ ल बस, बडो राम्रो ग-यौ। धन्नै ओझेल परेको, ऊ हेर त त्यसपारि हिमालको काखमा हाम्रो देश छ, मैले चाँडै त्यहीँ फर्कनु छ।’ पिताजीको त्यो भनाइमा कताकता अनुरोध लुकेथ्यो।

पिता पोसाकमा अल्झेका सम्झना

त्यस साँझ पिताजीले दुई सय रुपैयाँ जित्नुभएको थियो। जितको उल्लासले पिताजीको सम्पूर्ण अनुहार आलोकित बनेथ्यो। त्यो सय वर्षको बालककोे निधार हाँसेथ्यो, आँखीभौँ हाँसेथ्यो, परेला हाँसेथ्यो, आँखाको नानी हाँसेथ्यो, यही सम्पूर्ण हाँसो समेटी ओठले एक विशिष्ट व्यक्तित्व सिर्जना गरेथ्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्