२० वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

सच्चिएलान् शेरबहादुर ?

एकसय चार वर्षीय जहानिया राणा शासन र ३० वर्ष लामो एकतन्त्रीयनिर्दलीय पञ्चायती व्यवस्थाविरुद्ध नेपालमा विभिन्न चरणबद्ध जनआन्दोलन भए। जनआन्दोलनमा कैयौँआमाको कोख उजाडियो, कैयौँ महिलाका जीवन साथीबिछोडिए, कैयौँ बालबालिकाको भविष्य अन्धकार भयो, कैयौँआमा–बाबुको बुढेसकालको सहारा खोसियो। तरसकिएन खोस्न जनताको स्वतन्त्रताको सपना देख्ने अधिकार, किशोर–किशोरी, युवा–युवतीको संघीय गणतन्त्रात्मक लोकतन्त्रका लागि जीवन आहुति दिने अठोट रदेश संघीय गणतन्त्रात्मक लोकतन्त्र हुने अवसर।

लोकतान्त्रिकपद्धतिको आफ्नै अनेकौँ सुन्दर पक्ष छन्। लोकतन्त्रमा जनताको अधिकार र स्वतन्त्रता जनतामै निहित राखीविवेकपूर्ण मतदानद्वारा निर्वाचित अधिकारीहरूले सरकार चलाउँछन्। लोकतान्त्रिक शासन पद्धति संवैधानिक हुन्छ। राज्यका क्रियाकलाप संविधानको सिद्धान्तअनुरूप हुन्छ। राज्यका तीन विशिष्ट अंग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका शक्ति पृथकीकरणका सिद्धान्तअनुरूप एकअर्काका क्षेत्राधिकारको सम्मान गर्दै खबरदारी पनि गर्छन्।  

यति हुँदाहुँदै यस व्यवस्थामा उच्च भ्रष्टाचारले प्रश्रय पाउनेसम्भावना हुन्छ। वाइडबडी, ललिता निवास, ओम्नी जस्ता काण्ड यसका केही उदाहरणमात्र हुन्। शक्ति र सत्ता हत्याउनेहोडबाजीमा दलमात्रै होइन, गुट, उपगुटसमेत फुट्ने र फुटाउने अभ्यास फस्टाउँछन्। अहिले नेपालका प्रायः सबैजसो साना–ठूला दलको नियति यही छ। फुट्ने र फुटाउने अभ्यासमा एक अर्कालाईभित्तै पुर्‍याउने लाञ्छनाको अन्त्यहीन शृंखला, सदन, सडकमा मात्र सीमित नरही, घर परिसर र कोठा चोटाबाट समेत निरन्तरता पाइरहन्छ। यतिमा मात्र होइन,साइवर सेना जस्ता दस्ताको निर्माण तथा प्रशिक्षण गरेर शक्ति प्रदर्शन गरिन्छ।

जसको हातमा शक्ति र सत्ता पुग्यो उही श्री ६ महाराजाधिराज भइदिने। जो श्री ६ महाराजाधिराज भयो उही‘वादशाहको नया पोशाक’धारण गरदिने। हामीले केटाकेटी हुँदा निकै रुचिसाथ पढेको वादशाहको नयाँ पोशाकको वास्तविक अर्थ त्यतिबेला ती वादशाहलाई यथार्थ देखाउने त्यो बालकले जति बुझेथ्यो मैले पनि त्यति नै बुझे हुलाँ। तरत्यसको वास्तविक मर्म त अहिले पो छर्लंग भयो। ती वादशाहलाई यथार्थमा फर्काउने त्यो आँटिलो बालकको जन्म त नेपालमा भएकै रहेनछ। अब शायदै होला किनकि हामीले त नेपालमा राजाहरू मात्रै जन्मने व्यवस्था गरिसकेकाछौँ। नेपालमा संघीय गणतन्त्रात्मक लोकतन्त्र ल्याइसक्यौँ।  

एउटा श्री ५ महाराजधिराज र उनका केहीभाइ भतिज थेग्न नसकेका नेपाली जनताको नियतिमाश्री ६ महाराजाधिराज र उनका अनगिन्ती भाइ भतिजहरूआइलागे। देशलेएउटा नारायणहिटी दरवार धान्न मुस्किल परिरँहदा अरू७ वटा नारायणहिटी दरवार खडा भए। नेताहरूले जनतासँग भोट माग्दा गाउँगाउँमा सिंहदरवार पुर्‍याउने वाचा गरेर नारायणहिटी दरवार पो पुर्‍याइदिएछन्। 

देशले एउटा नारायणहिटी दरवार धान्न मुस्किल परिरँहदा अरू७ वटा नारायणहिटी दरवार खडा भए। नेताहरूले जनतासँग भोट माग्दा गाउँगाउँमा सिंहदरवार पुर्‍याउने वाचा गरेर नारायणहिटी दरवार पो पुर्‍याइदिएछन्।  

 एउटा संसद् राम्ररी चलाउन नसकेर पटक पटक विघटन गरिदिने नेताहरूले अरू७ वटा संसद् थपेर संसद्को गरिमाको धज्जी उडाइदिए। तैपनि ननेताहरूजनतालाई झुटो सुख समृद्धिकोसपना देखाउन चुक्छन् न त जनता मतदान गर्न लस्कर लाग्ननै छाड्छन्।यहीत हो नि संघीय गणतन्त्रात्मक लोकतन्त्रकोसुन्दरता।

लोकतन्त्रको सुन्दरता सपनामासीमित रह्यो। यथाथर्मा जे भयो त्यो अत्यन्त दुर्भाग्यपूर्णछ। राज्यका विभिन्न स्वतन्त्र नियन्त्रणकारी निकायहरूक्रमशः बालुवाटार दरबारपुगे। सिंहदरवार बालुवाटार दरबारको छायाँमा पर्‍यो। विपक्षीदलका नेताको कुरा त परै रह्यो, आफ्नै दलका वरिष्ठनेतासमेत देशका गम्भीर समस्याको छलफलमा निषेधितभए। नेपालमा एकतन्त्रीय जहानिया शासनको पुनर्जन्मकोआभाष हुन थाल्यो। एकतन्त्रीय जहानिया शासनहोस् वा संघीय गणतन्त्रात्मक लोकतन्त्र नेपाली जनताको जीवन तदुःखमयनैरह्यो। फरक यतिमात्र रह्यो–त्यो एकतन्त्रीय जहानिया शासनमा हामी जन्मियाैं, हामीले जन्माएकोहोइन।वर्तमान व्यवस्था त हामीले जन्माएका हौँ नि,आफ्नै सन्तानबाट शोषित हुँदा चित्त कसरी बुझ्छ ?

विकृत संघीय गणतन्त्रात्मक लोकतन्त्रको छिटा जनजीवनमा मात्र होइन, नेताका जीवनमा समेत पर्‍यो। देशको राजनीति, दलगत, गुटगत, उपगुटगत हुँदै आज व्यक्तिगत भइसक्यो। अहिले नेपालको राजनीति शेरबहादुर देउवा, खड्गप्रसाद ओली, माधवकुमार नेपाल, पुष्पकमल दाहाल र उपेन्द्र यादवको सेरोफेरो घुम्दैछ। संसद् अधिवेशन चल्न नदिने,अनि अध्यादेशबाट देश चलाउने जस्ता असंवैधानिक कदमका साथै आफ्नो दुईतिहाइको सरकार ढाल्दासमेत सिंहासन बचाउन असफल ओलीले अन्ततः दुई पटकसम्म ससंद्विघटनको कलंकको टीका थापीपदचुत भइसके। आज मणि खोसिएका अवस्थामाजस्तै पराजय र प्रतिशोधको ज्वालामा छट्पटाइरहेकाछन्। त्यो प्रतिशोधको ज्वालालेमाधवकुमार नेपाल, पुष्पकमल दाहाल र शेरबहादुर देउवा वा आफैं भष्महुने हुन्समयले बताउला।  

माधवकुमार नेपाललाई एउटा शालीन र निष्ठावान नेताका रूपमा चित्रित गरिन्छ। आफ्नो यही चरित्रस्वरूप नैतिकताका आधारमा उनले पदबाट राजीनामा दिएको इतिहास साक्षी छ। कतिपयले उनको यस कदमलाई निर्णय लिन नसक्ने दुर्वल चरित्रको आवरणपनि भन्न छाडेनन्। ढोंगीसमेत भने। तर आज देश इतिहासकै सबैभन्दा अप्ठेरो मोडमा पुग्दा संसद् र संविधानको रक्षार्थ उनले जुन योगदान गरे अब उनको राजनीतिकनिष्ठाकाबारेमा थप प्रष्टाइरहनआवश्यक छैन।  

धरै वर्ष जंगलमा लुकिछिपी सशस्त्र जनयुद्ध गर्दै बाह्र बुँदे सम्झौताबाट शान्ति प्रक्रियामा आएर एक समय संसद्मा सब भन्दा ठूलो दल भएथ्यो माओवादी। क्रमशःदल टुक्रिएर क्षतविक्षतअवस्थामापुगी आफ्नो अस्तित्व जोगाउन देउवा र ओलीहुँदै पुनः शेरबहादुर देउवाकै दैलोमा पुगेका छन्पुष्पकमल दाहाल। ढुलमुले र अविश्वसनीय चरित्रका पुष्पकमल दाहाललाई यतिमात्रै भन्नु छ–अहिले संसद् र संविधान जोगाउन उनले गठबन्धनलाई जुन सहयोग गरे त्यो नित्तान्त निस्वार्थ र स्थायी सावित होस्। उपेन्द्र यादवले मधेसको राजनीतिमा त प्रभाव पारे, अब फराकिलो हुनुपर्छ। चित्रबहादुर केसी आफैँमा पूर्ण हुँदाहुँदै राष्ट्रिय राजनीतिका लागि अपूर्ण छन्।  

आफैँराजा ज्ञानेन्द्रलाई लोकतन्त्र बुझाउने लाञ्छना लागेका देउवाको सत्तारोहणराजतन्त्रको औचित्य नसिद्धिएको बहसले देश गर्माइरहेको बेलामा भएको छ। राजतन्त्रका पक्षधरहरू, कोही राजतन्त्रलाई हिन्दुत्वसँग जोडेर राजालाई विश्वको एकमात्र हिन्दु राजाका रूपमा पुज्छन्भने कोही राजतन्त्रलाई एकताकेन्द्रसँगजोडेर, राजालाई एउटा राष्ट्रप्रति वफादार राष्ट्रभक्त नेतापनि ठम्याउँछन्। यो वर्तमान राजनीतिका लागि एउटा कडा सांस्कृतिक चुनौतीहो।  

पछिल्लो चुनावमा आफ्नै नेतृत्वको सरकारमा समेत नराम्रो हारको जिम्मेवारी बोकेका र समयमा कांग्रेसको महाधिवेशनसमेत गराउन नसक्ने अवस्थामा पुगेका शेरबहादुर देउवा देशको नेतृत्व लिन मानसिकरूपमा तयार थिएनन्। यद्यपि सर्वसम्मतिबाट यो जिम्मा पाएकाशेरबहादुर देउवालाई जनता र सहयोगी गठबन्धनको विश्वासमा खरो उत्रनुपर्ने चुनौतीछ। यो उनलाईआफ्नो, कांग्रेसको र सिंगो देशको छवि सुधार्ने एउटा राम्रो अवसर पनि हो।

संसद्मा विश्वासको मत लिने क्रममा भर्खर सत्ताच्युुत भएको प्रतिपक्षको तिखा तिखा प्रश्नका प्रतिउत्तरमा ‘खोप, खोप, खोप‘, को वाचा गरेर त्यतिबेला त साम्य पारे तर वास्तविकता त्यति सजिलो छैन। देश दैवी, प्राकृतिक तथा राजनीतिक दल निर्मित प्रकोपले आक्रान्त छ। कोभिड–१९ ले पुर्‍याएको जनधनको अपूरणीय क्षति, बाढी पहिरोेमाथातथलो गुमेकाजनताको पीडा, यसमाथि स्थिरताका लागि जनताले दिएको दुईतिहाइमतसमेत लत्याएर देशमा उब्जिएकोे संवैधानिक संकटकोअग्नि परीक्षामा छन् देउवा।  

हामी सबैले चिनेका देउवा आफैँभित्र लुकेका, विपक्षीका लागिमात्रै होइन,आफ्नै सहयोगीका लागिसमेत अष्पस्ट, अरूको कुरा सुन्न नरुचाउने, अलि अप्ठ्यारा जस्ता हुँदाहुँदै विपक्षीका छलकपटलाई सजिलै पत्याइदिने, सहयोग माग्न आउनेलाई दिलै खोलेर दिने ‘बाबु साहेब’ हुन् उनी।  

यस पटकसोच्दै नसोचेको, अप्ठ्यारो परिस्थितिमा सत्तारोहण गरेका देउवासँग जनता र सहयोगी गठबन्धनको ठूलो अपेक्षा छ। सर्वमान्य नेताको ताज पहिराएका देउवाले संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनमा देखिएका विगतका विकृत रूपहरूलाई सच्याएर आफ्ना, उपगुट, गुट र दल भन्दा माथि उठेर विधिको शासन स्थापना गर्लान्त ?

प्रकाशित: १८ श्रावण २०७८ ०५:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App