१२ मंसिर २०८१ बुधबार
image/svg+xml

धाराबाट फोहोर लेदो आएर विराटनगरवासी हैरान

देश संघीय भयो भने विकास र राज्यबाट प्राप्त हुने सेवासुविधा तुरुन्तै पाइन्छ भन्ने जनतालाई लागेको थियो।

मुस्ताङमा ढुवानी नभए मौज्दात चामलले माग धान्न सकिन्न : संस्थान

हिमालपारीको जिल्ला मुस्ताङमा खाद्यान्न(चामल) सकिदैं गएको छ । केही दिनभित्र ढुवानी नभए खाद्य समस्याको विकराल हुने अवस्था छ । झण्डै डेढ महिनादेखि ढुवानी हुन सकेको छैन् । ढुवानी नहुदाँ व्यापारीले खाद्यान्न आयात गर्न नसक्दा मुस्ताङस्थित खाद्य संस्थानमा मौज्दात चामलले माग धान्न सक्ने अवस्था छैन् । गत आर्थिक वर्षमा गहुँको ढुवानी नहुदाँ चामलको खपत बढेको खाद्य संस्थानले जनाएको छ ।

प्रज्ञा–प्रतिष्ठान र सांस्कृतिक संस्थानको संयुक्त भेटघाट तथा अन्तरक्रिया सम्पन्न

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको संयोजनमा तीनओटै प्रज्ञा–प्रतिष्ठान र सांस्कृतिक संस्थानका पदाधिकारीहरूबिच संयुक्त भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको आयोजना भएको छ । आइतबार नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका साथै सांस्कृतिक संस्थानका पदाधिकारीहरूबिच संयुक्त भेटघाट तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।

गोरखापत्रको निर्णयविरुद्ध अन्तरिम आदेश

सर्वोच्च अदालतले गोरखापत्र संस्थानको सञ्चालक समितिले गरेको निर्णय कार्यान्वयन नगर्न/नगराउन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशहरू दीपककुमार कार्की र तेजबहादुर केसीको संयुक्त इजलासले सञ्चालक समितिले कानुनविपरीत निर्णय गरेको भन्दै कार्यान्वयन नगराउन अन्तरिम आदेश गरेको हो।

उत्पादन भएको चीज बिक्री भएन: १३ वर्षपछि डिडिसी पठाउन सुरु

नेपालको पहिलो चीज उत्पादन केन्द्रले गत वर्ष उत्पादन भएको चीज बिक्री नभएपछि खच्चडमा बोकाएर दुग्ध विकास संस्थान (डिडिसी) मा लैजाने कार्य अघि बढाएको छ। विगत १३ वर्षदेखि केन्द्रले उत्पादन भएको चीज स्थानीय स्तरमा नै बिक्री गर्दै आएको थियो। त्यो भन्दा पहिले डिडिसीमा नै लगिन्थ्यो।

लगानी अनुसार प्रतिफल आएन

सरकारले हरेक वर्ष लगानी बढाउँदै लगे पनि सरकारी स्वामित्वका संस्थानले प्रतिफल दिन सकेका छैनन् । सरकारले लगानी गरेका ४१ संस्थानमध्ये १३ वटा घाटामा छन् । २६ वटामात्र नाफामा छन् । पाँच संस्थानको कारोबार शून्य छ ।

खाद्य संस्थानको सहुलियत पसल

कोरोना भाइरस (कोभिड–१९) को त्रास रहेका बेला बजारमा खाद्यान्नमा कालोबजारी हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै नेपाल खाद्य संस्थानले सहुलियत पसल सञ्चालन गरेको छ।

खानेपानी माग्दै आन्दोलनमा उत्रिए उपभोक्तासँगै जनप्रतिनिधि

खाने पानीको हाहाकार सुुरु भएपछि धरानका सर्वसाधारण र जनप्रतिनिधि खानेपानी संस्थानविरुद्ध आन्दोलनमा उत्रिएका छन्। आफ्नो वडामा खानेपानी आउन छोडेपछि वडा नं ९ का वडा अध्यक्षसहित उपभोक्ताहरु संस्थानविरुद्ध आन्दोलित भएका हुन्।

धानको मूल्य निर्धारण

खाद्यसंस्थान, राजापुरले धान खरिद प्रक्रिया सुरु गर्न बुधबार धानको मूल्य निर्धारण गरेको छ। खाद्य मूल्य निर्धारण समितिले धान खरिद गर्न धानको मूल्य निर्धारण गरेको हो।

बिचाैलियासँग धान किन्छ खाद्य संस्थान

पहिले दलालले किसानबाट सस्तोमा धान खरिद गर्ने र पछि त्यही धान संस्थानले महँगोमा खरिद गर्ने गरेको पाइएको छ। यसमा दलाल र खाद्य संस्थानका कर्मचारीको मिलेमतो रहेको राष्ट्रिय सतर्कता केन्द्रको अध्ययनले देखाएको छ।

सरकारले नै तिरेन गुठी संस्थानको १६ अर्ब ७२ करोड बहाल

सरकार आफैंले गुठी संस्थानको भोगचलन गरेका जग्गाको अर्वौं रकम नतिरेको खुलासा भएको छ।

बिहान-बेलुकी संकलन नहुँदा दूधमा पानी मिसाउन बाध्य

काभ्रेका दूध संकलकहरुले दैनिक दुई पटक (बिहान–बेलुकी) दूध नलिइदिँदा किसान बाध्य भएर पानी मिसाउने गरेको अनुगमन प्रतिवेदनले देखाएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काभ्रेको समन्वयमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र एफएओको सहकार्यमा हालै काभ्रेमा गरिएको अनुगमनले यस्तो तथ्य देखाएको हो।

खुलामञ्चको दुईमाजु मन्दिरमा गैरकानुनी रुपमा पसल सञ्चालन

गुठी संस्थानको मिति २०७५ पुस ४ गतेको कार्यदेशले संस्थानको पूर्ण स्वामित्वमा रहेको दुईमाजु मन्दिर परिसरको खाली जग्गामा साधारण व्यवसाय सञ्चालन गर्न अमृता भट्टराईलाई सहमति दिएको देखिन्छ।

डीडीसीका तत्कालिन महाप्रबन्धकसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धक गङ्गा तिमल्सिनालगायत १० जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्