१२ मंसिर २०८१ बुधबार
image/svg+xml

सहुलियत दरमा चामल बिक्री गर्न सुरु

नेपाल खाद्य संस्थान गोरखा शाखाले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी सहुलियत दरमा चामल बिक्री गर्न शुरु गरेको छ। गोरखा सदरमुकाम क्षेत्रका उपभोक्तालाई लक्षित गरी संस्थानको कार्यालय पाटेचौरबाट सहुलियदरमा चामल बिक्री गर्न शुरु गरेको हो।

समयमा निर्माण कार्य सम्पन्न नभए कालोसूचीमा राख्न सुझाव

चिकित्सा अध्ययन संस्थान महाराजगञ्ज परिसरमा निर्माणाधीन ‘सुरेश वाग्ले स्मृति केन्द्र’ भवनको बाँकी काम सुरु भएको छ । प्रतिनिधिसभा अन्तर्गतका शिक्षा तथा स्वास्थ्य समितिले भवनका बारेमा चासो लिई पटक–पटक स्थलगत अनुगमन र सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएपछि ठेकेदार कम्पनीले बल्ल बाँकी काम सुरु गरेको हो ।

गुठीको जग्गा कौडीको भाउमा भाडामा

गुठी संस्थानले नक्सालको नारायणचौरस्थित करिब ७ रोपनी जग्गा सत्य साई केन्द्र र हरिहर नारायण समाजलाई महिनाको तीनतीन हजार रुपैयाँ लिनेगरी भाडामा दिएको छ।

सर्वसाधारणलाई शेयर दिने तयारीमा प्राधिकरण

सरकारी स्वामित्वका संस्थान एकपछि अर्को गर्दै घाटामा गइरहेका र बन्द भइरहेका बेला नेपाल विद्युत् प्राधिकरणले भने उच्च प्रतिफल हासिल गरेको छ। एकाध व्यक्तिको प्रयत्न तथा राजनीतिक नेतृत्वको सही दृष्टिकोण भयो भने सफलता प्राप्त गर्न समय लाग्दैन भन्ने उदाहरण प्राधिकरणले पेश गरेको छ।

गुठी संस्थानमा स्थापनाकालदेखिको तथ्यांक माग

राष्ट्रिय पहिचान संरक्षण सयुक्त संघर्ष समितिले सूचना हकको प्रयोग गरी गुठी संस्थानमा रहेको स्थापना कालदेखिका जग्गाको सम्पूर्ण तथ्यांक माग गरेको छ । समितिले आइतबार त्रिपुरेश्वरस्थित संस्थानको प्रधान कार्यालयमा गई अध्यक्ष मिनराज चौधरीसमक्ष गुठी जग्गा अतिक्रमण बढिरहेको हुँदा सम्पूर्ण जग्गाको तथ्यांक माग गर्दै ज्ञापन बुझाएको हो ।

‘जिल्लामा निलम्बनको जानकारी छैन’

महोत्तरीको लक्ष्मीनारायण मठमटिहानीका मानमहन्त जगन्नाथ दास वैष्णवलाई मठमन्दिरको जग्गा बिक्री गरेको आरोपमा गुठी संस्थानले निलम्बन गरे पनि त्यसको जानकारी जिल्लामा पठाएको छैन। उनलाई निलम्बन गरिएको औपचारिक जानकारी मठमन्दिरमा नदिनुले संस्थानको नेतृत्वमाथि प्रश्न उठेको छ।

दुग्ध संस्थानको नाफा पौने पाँच करोड

सरकारी स्वामित्वका अधिकांश सार्वजनिक संस्थान घाटामा गइरहेका बेला दुग्ध विकास संस्थाले चालु आर्थिक वर्षको पहिलो नौ महिनामा पौने पाँच करोड रुपैयाँ नाफा कमाएको छ।

किसान र उपभोक्तालाई मारमा पार्ने काम गरे सैह्य नहुने मन्त्री खनालको चेतावनी

कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालले गुणस्तरीय उत्पादनमा केन्द्रित हुन दुग्ध विकास संस्थानलाई सचेत गराएका छन्।

गुठी संस्थानको औचित्य

गुठीको इतिहास केलाउने हो भने २०२२ सालभन्दा अघि अर्थ मन्त्रालय, मालपोत कार्यालय, कौसीतोषाखाना आदि इत्यादी सरकारी निकायबाट राजगुठी, अमानत गुठी र अन्य गुठी सञ्चालन भइरहेका थिए। अन्य गुठीजस्तै परिवार र दाता मिलेर बनेका निजी गुठी, समुदायका गुठी आआफ्नै ढंगबाट चलिरहेका थिए।

अनुदानको खाद्यान्न बाटोमै केही बिक्री, केही गोदाममा कुहिँदै

नेपाल खाद्य संस्थान सोरुकोट डिपोका लागि पठाएको चामल बाटोमै बिक्री भएको छ। नेपाल खाद्य संस्थान शाखा कार्यालय गमगढीबाट सोरुकोटका लागी पठाइएको चामल सोरु गाउँपालिका वडा नम्बर ८ बाटै विक्रि हुने गरेकोे खुलासा भएको हो।

दशकपछि आँगनमै चामल

कनकासुन्दरी–५ बडुवालबाडाका परेगराज बडुवाल २०४५ सालमा पहिलो पटक खाद्य संस्थानको चामल लिन खलंगा पुगे। उनले जाँदा एक दिन र आउँदा दुई दिन लगाए। तर उनले ३० केजी चामल मात्रै ल्याउन पाए। तत्कालिन गाविसबाट कुपन लिएर तीन दिन लगाएर संस्थानको चामल ल्याउनु परेको उनी अहिले पनि झलझली सम्झिन्छन्। उनले भने, ‘सडक नपुग्दासम्म सदरमुकाम खलंगा पुगेर भएपनि संस्थानको चामल ल्यायौँ। सडक पुगेपछि संस्थानको चामल कस्तो छ देख्न पनि पाएनौं। संस्थानको चामल बीचमा सर्बसाधारणको पहुँचसम्म पनि पुगेन्।’

गोदाममै सड्यो अनुदानको चामल, 'डिस्पोज' गर्ने तयारीमा खाद्य संस्थान

उपभोक्ताले उपयोग नगर्दा नेपाल खाद्य संस्थान शाखा कार्यालय खोटाङको १० क्विन्टल चामल सडेको छ।

प्रि–क्वार्टर समीकरण पूरा

नेपाल विज्ञापन संघ आनको आयोजनामा जारी दोस्रो ‘नेपाल आइस आन फुटसल टुर्नामेन्ट’ मा समूह ‘सी’ बाट शिलापत्र र जनता टिभी प्रि–क्वार्टरफाइनल पुगेका छन्। सानेपामा रहेको फिल्ड फुटसलमा बुधबार गोरखापत्र संस्थानले खेलाडी नपठाएपछि शिलापत्रले समूहविजेता बन्दै प्रि–क्वार्टरफाइनल स्थान सुरक्षित ग-यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्