१२ मंसिर २०८१ बुधबार
image/svg+xml

अधिक तरलताले ऋणपत्र निष्कासनमा अन्योल

राष्ट्र बैंकले गत आर्थिक वर्ष बैंक तथा वित्तीय संस्थाले चुक्ता पुँजीको २५ प्रतिशत बराबर ऋणपत्र जारी गरिसक्नु व्यवस्था गरेको थियो। जसअनुसार १७ वटा वाणिज्य बैंक र २ वटा फाइनान्स कम्पनीले ४५ अर्ब २५ करोड रूपैयाँको ऋणपत्र निष्कासन गर्न अनुमति पाएका थिए।

सहुलियत कर्जामा नयाँ व्यवस्था: ऋणीको विवरण सार्वजनिक गर्नुपर्ने

सहुलियतपूर्ण कर्जा लिनेलाई सरकारले ब्याजमा अनुदान दिने गर्छ। सहुलियत कर्जा लिनेलाई बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो आधार दरमा बढीमा पाँच प्रतिशतसम्म ब्याज थप गर्न पाउँछन्। सोही ब्याजमा सरकारले पाँच प्रतिशत अनुदान दिने व्यवस्था छ।

सहुलियतपूर्ण ऋण उपलब्ध गराउन एआइआइबी लचिलो हुनुपर्छ : अर्थमन्त्री

अर्थमन्त्री डा युवराज खतिवडाले नेपाल जस्तो कम आय भएका देशलाई भौतिक पूर्वाधार निर्माणका निम्ति एशियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) लचिलो हुनुपर्ने बताएका छन्।

मनकारी डाक्टर, जसले तिरिदिए किसानको दुई लाख ऋण

आर्थिक वर्षको अन्तिम दिन । वीरेन्द्रनगर–२ का कृष्ण खत्री सहकारी संस्थाबाट लिएको चार लाख ऋण तिर्न नसकेर भौतारिरहेका थिए । सहकारीले पटक–पटक ताकेता गरिरहेपछि उनले आफूसँग रहेका तीन मध्ये एक भैंसी बिक्री गरे ।

ऋण पास गरिदिने भन्दै ठगी गर्ने पक्राउ

आफूहरुलाई रु दश लाख दिएमा साढे तीन करोड रुपैयाँको ऋण पास गरिदिने भन्दै सर्वसाधारणलाई ठगी गरेको आरोपमा डोटीबाट दुई जना पक्राउ परेका छन् ।

लघुवित्तको ऋण नै गलपासो

सुरुमा जुन क्षेत्रमा लगानी गर्ने योजनाले ऋण लिएपनि किस्ता तिर्ने बेला त्यसबाट आम्दानी नहुँदा आफूहरू डुब्नुपरेको पीडित बताउँछन्।

सिटिजन्स बैँकको ऋणपत्र नेप्सेमा सूचिकृत

सिटिजन्स बैँक इन्टरनेसनलले निष्काशन गरेको २ अर्ब ५० करोड बराबरको ऋणपत्र ‘१०.२५% सिटिजन्स बैँक ऋणपत्र २०८६’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत गर्न समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।

ऋण चुक्ताका लागि मानसिक दबाब नदिन आग्रह

कोभिड–१९ को महामारीसँगै नेपालमा जारी बन्दाबन्दीका कारण पर्यटन क्षेत्र प्रभावित भएको अवस्थामा पश्चिमाञ्चल होटल सङ्घ पोखराले कर्जाको साँवा र ब्याज भुक्तानीका लागि ताकेता नगर्न बैंक तथा वित्तीय संस्थाहरुसँग आग्रह गरेको छ।

लघुवित्तीय संस्थाको ऋणले उठीबास

इलाम नगरपालिका–५, बरबोटेका एक द्वन्द्वपीडित युवककी पत्नीले घर–परिवारमा आर्थिक समस्या पर्न थालेपछि स्थानीय लघुवित्तीय संस्थाबाट ऋण लिइन् । सुरुमा उनले सुनेकी थिइन्, न कुनै धितो चाहिने, न ऋण लगानीपछि अनुगमन नै हुने । ‘सस्तो ब्याज’मा पाउने भएपछि उनी ऋण लिन राजी भइन् ।

ऋण काढेर कति दिन घ्यू खाने ?

यही असार १ गते देशभरिका सातवटै प्रदेशले आफ्नो बजेट प्रदेश सभामा प्रस्तुत गरेका छन् । सातवटै प्रदेशले प्रस्तावित गरेको बजेट कुल २ खर्ब ६४ अर्व २० करोड रहेको छ ।यो रकम संघीय सरकारले प्रस्तुत गरेको बजेटको झण्डै १७ प्रतिशत जति हुन आउँछ ।

साना किसानलाई निर्ब्याजी ऋण

सरकारले वितरण गर्ने अनुदान तथा सहुलियत ऋण टाठाबाठाले मात्र उपभोग गरेको गुनासो आइरहेका बेला बागमती प्रदेश सरकारले साना किसानलाई निर्ब्याजी ऋण दिने भएको छ । किसानलाई ब्याज नै नलाग्ने गरी ऋण दिन लागेको सम्भवतः मुलुकमा यो पहिलोपटक हो ।

दुग्ध उद्योगलाई पाँच वर्षका लागि सहुलियत दरको ऋण माग

नेपाल डेरी एशोसिएशनले दुग्ध क्षेत्रमा परेको गम्भीर समस्यालाई समेटेर आगामी आर्थिक वर्ष २०७७/०७८ बजेट तथा कार्यक्रममा समावेश गरी राहत प्याकेज घोषणाको माग राखेको छ।

एक करोड मध्ये २३ लाख मात्रै खर्च, पाँच जनालाई रकम फिर्ता गर्न पत्राचार

बारपाक सुलिकोट गाउँपालिकाले यूवाहरुलाई गाउँमै रोजगारी दिन ‘गाउँपालिका अध्यक्ष गरिबी निवारण कार्यक्रम’ गत वर्षदेखि सुरु ग-यो। उक्त कार्यक्रम अन्र्तगत ब्यवशाय गर्न चाहने युवालाई बिना ब्याज गाउँपालिकाले दुई लाख रुपैयाँ दिने कार्यविधि बन्यो।

ऋण नतिरेपछि भैरवकुण्ड हाइड्रोपावर लिलामीमा

सिन्धुपाल्चोकमा आयोजना स्थल रहेको एक जलविद्युत आयोजना लिलामीमा पर्ने भएको छ। आयोजनाका लागि लिइएको ऋण तिर्न अटेर गरेको भन्दै बैंकले लिलामीको सूचना निकालेको हो।

सेतो सुनको कालो कथा

भट्टेडाँडाका किसान ऊर्जामा लगानी गरेकामा अझै पछुतो मान्दै छन्। गुरूप्रसाद गौतम खानीखोलामा लगानी गर्न बैंकबाट लिएको ऋणको ब्याज तिर्दा–तिर्दा हैरान छन्। खानीखोलाबाट पाठ सिकेको सुनाउँदै उनी भन्छन्, ‘अबदेखि हामी खोलामा पैसा फाल्दैनौं।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्