११ मंसिर २०८१ मंगलबार
image/svg+xml
अर्थ

अधिक तरलताले ऋणपत्र निष्कासनमा अन्योल

कोरोना महामारीका कारण अधिक तरलता थुप्रिएपछि बैंक तथा वित्तीय संस्थाले यसअघि जारी गर्ने तयारी गरिएको ऋणपत्र निष्कासनमा अन्योल सिर्जना भइरहेको छ।

पुँजीको जोहो गर्न बैंक तथा वित्तीय संस्थाले ऋणपत्र जारी गर्नुपर्ने नियम छ। कोरोनाले महामारीको रूप लिनुअघि नै १७ बैंक र दुई फाइनान्स कम्पनीले  ४५ अर्ब रूपैयाँ बढीको ऋणपत्र निष्कासन गर्न नेपाल राष्ट्र बैंकसँग अनुमति लिएका छन्।  

राष्ट्र बैंकले गत आर्थिक वर्ष बैंक तथा वित्तीय संस्थाले चुक्ता पुँजीको २५ प्रतिशत बराबर ऋणपत्र जारी गरिसक्नु व्यवस्था गरेको थियो। जसअनुसार १७ वटा वाणिज्य बैंक र २ वटा फाइनान्स कम्पनीले ४५ अर्ब २५ करोड रूपैयाँको ऋणपत्र निष्कासन गर्न अनुमति पाएका थिए।  

तीमध्ये अहिलेसम्म थोरैले मात्र ऋणपत्र निष्कासन गरेका छन्। राष्ट्र बैंकले गत आर्थिक वर्षको मौद्रिक नीतिमा वित्तीय क्षेत्र सुदृढीकरणका लागि २०७७ असार मसान्तसम्म चुक्ता पुँजीको २५ प्रतिशत बराबर ऋणपत्र जारी गर्नुपर्ने व्यवस्था गरेको थियो। तर मर्जर तथा प्राप्तीमा सहभागी हुने बैंकले २०७८ असार मसान्तसम्म तोकिएको प्रतिशतमा ऋणपत्र जारी गर्न पाउने सहुलियत राष्ट्र बैंकले दिएको छ।

कोरोना महामारीपछि ऋणपत्र निष्कासनमा समस्या भइरहेको सम्बद्ध अधिकारी बताउँछन्। अहिलेको अवस्था नै अन्योल भएकाले ऋणपत्र निष्कासनले गति लिन नसकेको एक बैंकका प्रमुख कार्यकारी अधिकृतले बताए। ‘एकातिर सर्वसाधारणको हिँड्डुलमा समस्या छ भने अर्कोतिर ऋणपत्र बिक्री होला वा नहोला भन्ने अन्योल छ,’ उनले भने, ‘त्यसैले यतिखेर धेरैजसो बैंक पर्ख र हेरको अवस्थामा छन्।’ बैंकहरुले जारी गरेको ऋणपत्रको शतप्रतिशत रकम कर्जा प्रवाहका लागि उपयोग गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ।  

राष्ट्र बैंकले गत आर्थिक वर्ष बैंक तथा वित्तीय संस्थाले चुक्ता पुँजीको २५ प्रतिशत बराबर ऋणपत्र जारी गरिसक्नु व्यवस्था गरेको थियो। जसअनुसार १७ वटा वाणिज्य बैंक र २ वटा फाइनान्स कम्पनीले ४५ अर्ब २५ करोड रूपैयाँको ऋणपत्र निष्कासन गर्न अनुमति पाएका थिए। 

राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई ऋणपत्र जारी गरी वित्तीय साधन परिचालन गर्न प्रोत्साहन गर्दै आएका छ। तरलता अभाव खेप्ने वित्तीय संस्थालाई ऋणपत्रले सहयोग पु¥याउँदै आएको छ। तर यतिखेर बैंक तथा वित्तीय संस्थासँग अधिक तरलता छ।  

राष्ट्र बैंकका अनुसार हाल बैंकिङ च्यानलमा एक खर्ब ९३ अर्ब रूपैयाँ हाराहारी तरलता छ। केही दिनअघि बैंकिङ च्यानलमा दुई खर्ब १३ अर्ब रूपैयाँसम्म तरलता थुप्रन पुगेको थियो। एक सातायता बैंक तथा वित्तीय संस्थाको तरलता सहकारी लगायतका क्षेत्रमा विस्तार हुन थालेको अनुमान गरिएको छ।  

गत आर्थिक वर्ष राष्ट्र बैंकले १७ वटा वाणिज्य बैंकलाई ४४ अर्ब ८० करोड र दुई फाइनान्स कम्पनीलाई ४५ करोड रूपैयाँ बराबरको ऋणपत्र जारी गर्न अनुमति दिएको थियो। जसका लागि ८.५० देखि १०.२५ प्रतिशतसम्म ब्याजदरमा ऋणपत्र जारी गर्ने स्वीकृति दिइएको थियो।  

ऋणपत्र निष्कासनका लागि स्वीकृति पाएकामध्ये बैंक अफ काठमाडौंले १ अर्ब ६० करोड, सेञ्चुरी बैंकले २ अर्ब २० करोड, ग्लोबल आइएमई बैंकले ३ अर्ब रूपैयाको ऋणपत्र जारी गरिसकेका छन्। त्यस्तै कुमारी बैंकले ३ अर्ब, नेपाल बैंकले २ अर्ब ५० करोड, नेपाल इन्भेष्टमेन्ट बैंकले ४ अर्ब  र प्राइम कमर्सियल बैंकले ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गरेका छन्।

ऋणपत्र जारी गर्ने अन्य वित्तीय संस्थामा सनराइज बैंकले ३ अर्ब, एनसिसीले ३ अर्ब र एनएमबि बैंकले २ अर्ब रूपैयाँ बराबरको ऋणपत्र जारी गरिसकेका छन्। प्रभु बैंकले २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र भर्खर बिक्री गरेको छ। बैंक तथा वित्तीय संस्थाले जारी गर्ने ऋणपत्र ५ देखि १० वर्षसम्म परिपक्व हुन्छन्। कोरोनाका कारण अहिले बैंकिङ प्रणालीमा फालाफाल तरलता छ। ऋणपत्र जारी गर्दाको तुलनामा अहिले ब्याजदर निकै सस्तो भएको छ। 

प्रकाशित: २३ भाद्र २०७७ ०१:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App