८ वैशाख २०८१ शनिबार
समाज

एक करोड मध्ये २३ लाख मात्रै खर्च, पाँच जनालाई रकम फिर्ता गर्न पत्राचार

गोरखा - बारपाक सुलिकोट गाउँपालिकाले यूवाहरुलाई गाउँमै रोजगारी दिन ‘गाउँपालिका अध्यक्ष गरिबी निवारण कार्यक्रम’ गत वर्षदेखि सुरु ग-यो। उक्त कार्यक्रम अन्तरगत ब्यवशाय गर्न चाहने युवालाई बिना ब्याज गाउँपालिकाले दुई लाख रुपैयाँ दिने कार्यविधि बन्यो। गाउँपालिकाले इच्छुक ब्यक्तीमार्फत अवेदन संकलन ग-यो। ६० जनाले निवेदन दिएका मध्ये १४ जना मात्रै अनुदान पाउन योग्य भएर सिफारिसमा परे।

गाउँपालिकाले पहिलो किस्ता सबैलाई एक÷/लाख रुपैयाँ दियो। तर दोस्रो किस्ता लिने बेला ब्यवसाय अनुगमन गर्दा ९ जना मात्रै योग्य भेटिए। दोस्रो किस्ताको एक लाख नौ जनाले मात्रै लगेको गाउँपालिकाका प्रशासन शाखाका अधिकृत इश्वरी पनेरुले बताए। ‘पाँच जनाले दोस्रो किस्ता लिनुअघि जति काम गर्नुपर्ने थियो त्यती गरेको देखिएन’ उनले भने ‘छिटो काम गरेर दोस्रो किस्ता लिन, अन्यथा पहिलो किस्ता फिर्ता गर्न भनेका छौँ।’

सुलिकोट एनिमल फार्म प्रालि वडा नम्बर ६, कुसुनथली कृषि फार्म प्राली वडा नम्बर ३, जयन्ती उन्नत बाख्रा एवं कुखुर्रा फार्म वडा नम्बर ४, पुष्पा कुखुरा फार्म वडा नम्बर ८ र गुरुङ लोकल कुखुरा पोल्ट्री फार्म वडा नम्बर ८ ले दोस्रो किस्ता पाएका छैनन्। दोस्रो किस्ता पाउन पहिलो किस्ता पाएपछि पुरा गर्नुपर्ने मापदण्ड पुरा नगरेका कारण दिन नसकिएको गाउँपालिकाले जनाएको छ।  दोस्रो किस्ता पाउने योग्य रहेका मध्ये अधिकाशं बाख्रा फार्म छन् भने केही माछा र पोल्ट्री फार्महरु पनि छन्। यी सबै वडा नम्बर ४, ५ र ८ का छन्। गाउँपालिकाले गत वर्ष बजेट बिनियोजन गरेपनि चालु वर्षको साउन लागेपछि पहिलो किस्ता दिएको थियो। एक करोड बजेट बिनियोजन भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले बताए। २३ लाख मात्रै खर्च भएको छ।

यसरी लगेको रकम दुई वर्षसम्म निब्र्याजी चलाउन पाउने र त्यसपछि गाउँपालिकालाई फिर्ता गर्नुपर्ने प्रावधान बनाइएको प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताए। गाउँपालिकाले सिधै युवाहरुलाई लगानी गर्दा समस्या आउन सक्ने भएपछि अब भने बैंक सँगको सहकार्यमा लगानी गर्ने तयारी भएको छ। ‘बैंकको ब्याज हामीले तिरिदिने तर बैंकले किसानलाई लगानी गर्ने गरी योजना गरेका छौँ’ गाउँपालिका अध्यक्ष विष्णु भट्टले भने। कर्जा अनुदान दिने र ब्याज तिरिदिने गरी बैंक सँग छलफल भएको छ। कृषि बिकास बैंक मार्फत गर्दा सहज हुने तर बारपाक सुलिकोट गाउँपालिकामा उक्त बैंक नहुँदा समस्या भएको अध्यक्ष भट्टले बताए।

‘दोस्रो किस्ता लैजानेहरुले राम्रो गरिरहनुभएको छ’ अध्यक्ष भट्टले भने ‘गाउँमै रोजगारी दिएर युवाहरुलाई ब्यवशायीक बनाउने योजना हाम्रो हो।’ गाउँपालिकाको योजना अनुसार ऋण पाएकाहरुले भने फिर्ता गर्नु नपर्ने मानसिता बनाएका कारण पैसा उठाउन समस्या हुने डर गाउँपालिकालाई छ। गाउँपालिकाबाट सिधै बजेट दिँदा फिर्ता गर्न समस्या हुने, फिर्ता गर्नु नपर्ने अनुदानको रुपमा सर्वसाधारणले लिने भएपछि बैंक मार्फत अनुदान दिने योजना गाउँपालिकाले बनाएको हो।

प्रकाशित: ६ चैत्र २०७६ ०६:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App