६ आश्विन २०८१ आइतबार
image/svg+xml

कोरोना संक्रमण भयावह बनेपछि नेपालगन्जमा दीप प्रज्वलन

नयाँ भेरियन्टसहितको कोरोना संक्रमण भयावह बनेपछि बाँकेमा दीप प्रज्वलन गरिएको छ। कोरोना संक्रमितको शिघ्र स्वास्थ्यलाभका साथै अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी लगायत सबैको मनोवल बढाउन तथा महामारीमा दिवंगतहरुको आत्माको शान्तिका लागि दीप प्रज्वलन गरिएको हो।

उदयपुरमा वैशाख मसान्तसम्म निषेधाज्ञा

जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डिसिसिएमसी) उदयपुरको बिहीबारको बैठकले २४ गते राति १२ः०० बजेदेखि आउँदो ३१ गतेसम्म एकसाता निषेधाज्ञा लागू गर्ने निर्णय गरेको हो।

मोरङमा जेठ १ गतेसम्म निषेधाज्ञा

बिहीबार बसेको जिल्ला कोरोना संक्रमण नियन्त्रण समितिको बैठकले जेठ १ गतेसम्म जिल्लाभर निषेधाज्ञा गर्न मोरङका प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरेको थियो।

कैलालीका प्रजिअलाई कोराना संक्रमण (अपडेट)

कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाललाई कोराना भाईरसको संक्रमण भएको छ । पिसिआर जाँच गर्दा रिजाललाई कोराना संक्रमणको पुष्टी भएको हो। रुघाखोकी र खोकी आउने लक्षण देखा परेपछि स्वाँव जाँचको लागी दिएको र बुधवार पिसिआर रिपोटको जाँच पोजेटिभ आएको उनले बताएका छन।

परिवारभित्रै संक्रमण तीव्र

दोस्रो लहरको कोरोना संक्रमणबाट एकैपटक परिवारका धेरै सदस्य संक्रमित भएको चिकित्सक बताउँछन्। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान कोभिड १९ उपचार संयोजक डा. विमल पाण्डे भन्छन्, ‘उपचारमा आएका सबैजसोमा परिवारभित्रैबाट संक्रमण भएको देखिन्छ।’

बाँकेमा २१ दिनभित्र १ सय १५ जनाको मृत्यु

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार कोरोना भाइरसको नयाँ भेरियन्ट सुरु भएयता बैशाख १ देखि २१ गतेभित्र मृत्यु भएका मध्ये ६९ पुरुष र ४६ जना महिला रहेका छन्।

गोरखामा पनि निषेधाज्ञा

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बुधबारको बैठकले गोरखामा कोरोना संक्रमण ब्यापक रुपमा बढेको भन्दै जिल्लाभर निषेधाज्ञा जारी गरेको हो।

कोरोना संक्रमणबाट बाँकेमा थप दुईको मृत्यु

कोरोना संक्रमणबाट बाँकेमा थप २ जनाको मृत्यु भएको छ। भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो।

एकै दिन ५५ को मृत्यु

विगत २४ घण्टामा कोरोना संक्रमणबाट ५५ जनाको मृत्यु भएको छ। नेपालमा कोरोना संक्रमणबाट एकै दिन यति धेरैको मृत्यु भएको यो पहिलोपटक हो। मंगलबारसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन हजार ४ सय १७ पुगेको छ।

प्रदेश २ मा कोरोना: तीन सय २३ संक्रमित थपिए

प्रदेश २ मा मंगलबार ३२३ नयाँ कोरोना संक्रमित थपिएका छन्। योसँगै सक्रिय संक्रमितको ३ हजार ४ सय ९५ पुगेको छ।

ट्राभल हिस्ट्रीसमेत नभएका दम्पत्तीलाई कोरोना संक्रमण

ज्वरोको समस्या भएपछि तीन दिनअघि जिल्ला अस्पतालमा भर्ना भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका एक दम्पत्तीलाई कोरोना संक्रमण पुष्टि भएको हो।

बाँकेमा कोरोना संक्रमण तीव्रः ६ सय ४ जना नयाँ संक्रमित, ६ को मृत्यु

बाँकेमा पछिल्लो २४ घण्टाभित्र ९ सय २४ जनाको पिसिआर परीक्षण गर्दा ६ सय ४ जनालाई कोरोना संक्रमण भएको छ। भेरी अस्पतालमा ६ सय २५ जनाको परीक्षण गर्दा मंगलबार ३ सय ९४ जनालाई कोरोना पुष्टी भएको छ।

सुनसरीमा एक साता निषेधाज्ञा थप

जिल्लामा कोरोना संक्रमणको दर तीव्ररुपमा वृद्धि हुँदै गएपछि सुनसरी जिल्लामा एक साताको लागि निषेधाज्ञा थप भएको छ।

पाणिनी गाउँपालिकाका अध्यक्षलाई कोरोना संक्रमण

अर्घाखाँचीको पाणिनी गाउँपालिकाका अध्यक्ष अच्युत गौतमलाई कोरोना संक्रमण पुष्टी भएको छ।

'क्षमता भन्दा बढी बिरामी राखे अक्सिजन सिस्टमले धान्नै सक्दैन'

बाँकेमा कोरोना भाईरसको संक्रमण दिनहुँ बढिरहेको छ । संक्रमितको चापले गर्दा भेरी अस्पतालका बेड भरिभराउ मात्र छैनन्, अस्पतालले थेग्नै गाह्रो भइरहेको छ । अस्पतालमा प्रायः गम्भिर अवस्थाका संक्रमित भर्ना भएका छन् । उनीहरुको उपचारका लागि विशेषज्ञ चिकित्सक(एनेस्थेसियोलोजिष्ट) को अहिले पनि अभाव छ । कोभिड वार्डमा अहिले चौबिसै घण्टा खटिरहने एक मात्र एनेस्थेसियोलोजिष्ट हुन्, डा. पारश पाण्डे । विगत दुई वर्षदेखि भेरी अस्पतालमा कार्यरत उनी नवौ तहका विशेषज्ञ चिकित्सक हुन् । भेन्टिलेटर, आईसियु कक्षमा खटिएर जटिल खालका बिरामीको विगत दुई वर्षदेखि सेवारत छन् । अस्पतालमा कोरोना संक्रमितको उपचार लगायत विविध विषयमा डा. पाण्डेसँग नागरिक संवाददाता अर्जुन ओलीले गरेको कुराकानी :

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्